×

NMB BANK
NIC ASIA

कर्णाली प्रदेश सभाको बर्खे अधिवेशन सम्पन्न, नेकपाकै नेताद्वारा सरकारको आलोचना

कात्तिक १८, २०७५

NTC
Sarbottam
फाइल तस्बिर
Premier Steels
Marvel

सुर्खेत– कर्णाली प्रदेशसभाको दोश्रो अधिवेशन अर्थात बर्खे अधिवेशन आइतबार सम्पन्न भएको छ । बर्खे अधिवेशमा प्रदेशसभाका ४१ ओटा बैठक बसे । 

Muktinath Bank

आइतवार सभामुख राजबहादुर शाहीले प्रदेश प्रमुख दुर्गाकेशर खनालले पठाएको पत्र पढेर संसद सत्र समापन भएको घोषणा गरेका हुन । त्यसअघि आइतवारै बसेको प्रदेश सभाको वैठकले प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरु र सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरुको सेवा सुविधा सम्वन्धभी व्यवस्थापन गर्न बनेका दुई विधेयकहरुलाई सर्वसम्मत पारित गरेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपाकै सांसदद्वारा सरकारको चर्को आलोचना


Advertisment
Nabil box
Kumari

प्रदेशसभाको अधिवेशनको अन्तिम बैठकमा तत्कालीन एमालेका संसदीय दलका नेता रहेका नेकपाका सांसद यामलाल कंडेल प्रतिपक्ष जस्ता देखिए । उनले आइतवारको वैठकमा सरकारको चर्को आलोचनासमेत गरे ।

Vianet communication
Laxmi Bank

सरकारविरुद्ध कडा रुपमा प्रस्तुत भएका नेता यामलाल कंडेलले सरकारका काम कारबाही गतिलो नभएको आरोप लगाए । ‘सरकारले बारम्बार आफ्नै कारणले अभिव्यक्ति बदलिरहनु पर्ने वा स्पष्टिकरण दिइरहनुपर्ने परम्परा बसालेको छ,’ उनले भने, ‘सरकारमा रहेका मन्त्रीहरुले यो शैली बदल्न जरुरी छ । यस्तो संस्कारले आगामी समृद्धिको यात्रामा गम्भीर धक्का लगाउने पक्का छ ।’

नेकपाको संसदीय दलका लागि उच्च दावेदार नेता कंडेलले आइतवार प्रदेश सभा बैठकमा पनि आफ्ना त्यस्तै इच्छा प्रकट गरे ।  ‘विगतमा काठमाडौंको इतिहास हेर्दा यहाँ एकै व्यीक्त मुख्यमन्त्री र संसदीय दलको नेता हुनैपर्छ भन्ने केही छैन,’ संसदीय दलको नेताको रुपमा घुमाउरो पारामा आफुलाई उभ्याउँदै उनले भने, ‘विगतको मान्यतालाई अंगिकार गर्दै संसदीय दल अघि बढनेछ ।’ 

उनले बाहिर संसदीय दलको नेताको बारेमा विभिन्न प्रचारवाजी गरिएको बताउँदै संसदीय दलमा हुने छलफलले मात्रै अर्थ राख्ने बताए । ‘मिडियामा संसदीय नेता चयनको विषयबारे व्यापक चर्चा गरिएको छ,’ उनले भने, ‘संसदीय दलको नेता चयन नभएका कारण मात्रै संसदले गति नपाएको होइन । सरकारले नै संसदलाई आवश्यक काम दिनुपर्छ ।’

उनले सरकारमा रहेकाहरुले मनलाग्दी गरिरहेको आरोप समेत लगाए । ‘कोही राजीनामा दिन्छु भन्दै बजारमा हिँड्ने गरेको मैले सुनें,’ उनले भने, ‘राजीनामा किन दिनुपर्ने भयो ? के समस्या भयो ? हामी आपसमा बसेर छलफल गर्न सक्छौं ।’  

सरकारको चर्को आलोचना गरेका कंडेलले आफूमा मुख्यमन्त्री हुने लालसा नभएको पनि बताउन भ्याए । ‘म मुख्यमन्त्री हुन खोजेको होइन,’ उनले भने, ‘हामीलाई जनताको चाहना कमोजिमको काम गर्नै पर्ने जिम्मा छ । केही व्यीक्तको  चाहना पूरा गर्नका लागि संसद बाध्य छैन ।’

स्रोतका अनुसार नेता कंडेल सरकारले ल्याएको सेवा सुविधा सम्वन्धी विधेयकमा रुष्ट देखिएका छन् । सरकारले संसद र मुख्यमन्त्री तथा मन्त्रीहरुको सेवा सुविधा तय गरेका कारण उनी रुष्ट बनेको स्रोतले बतायो । तर उनले यसअघि नै सरकारबाट गाडी लगायतका सुविधा भने लिइरहेका छन् ।

प्रदेश बलियो बनाऔंः नेता शाही

संसदमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता जीवन बहादुर शाहीले कर्णाली प्रदेश बलियो भएमात्रै संसद, प्रतिपक्ष र सत्तापक्ष बलियो हुने धारणा राखे । उनले नेपाली काँग्रेसले सरकारलाई सजग बनाउन, सचेत बनाउन र क्रियाशील बनाई जनचाहना अनुरुप अघि बढ्न सदन अवरुद्ध गरेको बताए । ‘हामीले केही दिन सदन अवरुद्ध गरेका थियौं,’ उनले भने, ‘त्यो सदन अवरुद्ध गर्नुको कारण सरकारलाई निकम्मा बनाउन या असफल बनाउन होइन । त्यो हाम्रो कदम सरकारलाई सहयोग गर्ने गरी भएको हो । जनताका चाहना बमोजिम सरकार अघि बढोस कर्णालीको समृद्धिमा लागि परोस भन्नका लागि हामीले सदन अवरुद्ध गरेका हौं ।’

नेता शाहीले सरकारले संसदलाई महत्वपूर्ण रुपमा नलिएको आरोप लगाए । ‘सरकारले आजको जस्तो महत्वपूर्ण दिनको वेवास्ता गरेको छ ।’ मुख्यमन्त्री शाही सदनमा उपस्थित नभएको कुरालाई इंगित गर्दै कांग्रेस सांसद शाहीले भने, ‘सरकारले सदनलाई आमाको रुपमा लिनुपर्छ ।’ उनले कर्णाली प्रदेश बनाउन सबैमा मेलमिलाप हुन जरुरी रहेको बताए । ‘सबैको मेलमिलाप बिना कर्णालीको रुपान्तरण सम्भव नै छैन,’ नेता शाहीले भने, ‘शीरमा समझदारी, काँधमा जिम्मेवारी र हृदयमा इमान्दारी राखेर अघि बढौं हामीले चाहेको, हामीले देखेको जस्तो विकास सम्भव छ ।’

संसदमा राप्रपाका सांसद शोसीला शाहीले सबैले मिलेर मात्रै कर्णाली बन्ने बताइन् । ‘कर्णालीको विकासका लागि बैको सहकार्य जरुरी छ ।’ उनले भनिन, ‘राप्रपा त्यसका लागि तयार छ ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x