×

NMB BANK
NIC ASIA

वडाध्यक्षको मिलेमतोमा भारतीयका नाममा नागरिकता सिफारिस : १६ जनाविरुद्ध मुद्दा दर्ता

कात्तिक १८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर– विराटनगर महानगरपालिकाका वडा अध्यक्ष सहित १६ जना बिरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको छ ।  भारतीय नगरिकलाई सिफारिस दिने विराटनगर १ नम्बर वडाका अध्यक्ष उद्धब अर्याल सहित १६ जनालाई मुद्दा बिरुद्ध मुद्दा दायर भएको हो ।

Muktinath Bank

झुठो विवरणमा सिफारिस गर्ने वडा अध्यक्ष अर्याल वडा सदस्य रमेश शाह र वडा सचिव पुष्पा तिम्सिनासहित आफ्ना छोराहरु हुन् भनी झुठा विवरण पेश गर्ने मोरङ कटहरी गाउँपालिका १ का ५५ बर्षिय सत्यनारायण पोद्दार सहित नागरिकता लिने सात जना भारतीय नागरिक र झुठो विवरणमा सर्जिमिन गर्ने पाँच जना नेपाली नागरिकलाई जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत मोरङमा आज अभियोग पत्र दर्ता गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनीहरु सबैलाई अलग–अलग ६ वटा अभियोग तयार गरी झुठा विवरण पेश गरेर नेपाली नागरिकता लिएको कसुर अपराधमा अभियोग पत्र अदालतमा दर्ता गरिएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

यसरी सार्वजनिक भयाे घटना

Vianet communication
Laxmi Bank

किर्ते गरी नागरिकता लिने पक्राउ परे पनि सिफारिस दिने वडा अध्यक्षलाई अहिलेसम्म प्रहरीले पक्राउ गरेको छैन । नागरिकताको लागि झुटो बिवरण पेश गरेका व्यक्तिलाई सिफारिस दिने विराटनगर महानगरपालिका १ नम्बर वडा अध्यक्ष उद्धब अर्याललाई जोगाउन मेयर मीम पराजुली लागिपरेका अाराेप लाग्दै अाएकाे छ । करिब १५ दिन अगाडि पोद्दारले आफ्नो छोरा भन्दै २ जनाको नागरिकताको लागि झुटा बिवरण पेश गरेका थिए । पोद्दारले पेश गरेको बिवरण अनुसार वडा अध्यक्ष अर्याल, सदस्य साह र सचिब तिम्सिनाले नागरिताको लागि सिफारिस गरिदिएको जिल्ला प्रशासन बताएको छ । 

झुटा बिवरण पेश गरी पोद्धारले आफ्नो छोरा भन्दै जिल्ला प्रशासनमा नागरिकता बनाउन गएपछि जिल्ला प्रशासन कार्यालयले छानविनको लागि जिल्ला प्रहरीलाई १५ दिन अघि नै पठाईएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए  । 

जनप्रतिनिधि निर्वाचित भएर आए लगतै २०७४ मा एक जनाको नागरिकता बनाइदिएका पोद्दारले २०७५ पनि अर्का एकजनाको नागरिकता सिफारिस गराउन सफल भएका थिए । करिब १५ दिन पहिला जिल्ला प्रशासन कार्यालयले सिफारिसप्रति आशंका गरेपछि प्रहरीले गोप्य अनुसन्धान थालेको थियो । यस अघि विभिन्न मितिमा गैर नागरिक भारतका पाँच जना व्यक्तिलाई नागरिकता बनाइएको खुलेको छ । उनले मोटो रकम लिदै गैर नागरिकलाई नागरिकता बनाइदिने गरेको स्रोतको दावी छ  । 

भगत पक्राउ परेपछि नागरिकता प्रमाणपत्र सिफारिस गर्ने वडा अध्यक्ष अर्याल, साक्षी बस्ने वडा सदस्य साह र वडा सचिव तिम्सिना सम्पर्कविहीन छन् । प्रहरीले उनीहरु तीनै जनालाई पक्राउ गर्ने प्रयास गरे पनि अर्याल र साह भारतीय भूमिमा रहेका कारण पक्राउ पर्न सकेका छैनन् । तिम्सिना भने मोवाइल अफ गरेर फरार भएकी छन् ।


जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक मनोजकुमार केसीका अनुसार एक जना मोद्दारलार्ई पक्राउ गरिएको भएपनि अन्य ब्यक्तिहरु फरार रहेको बताए । कसुरमा संलग्न नागरिकताको सनाखत, सिफारिस, सर्जिमिन लगायतको कार्यमा संलग्न रहेकाहरु सबै प्रतिवादीको रुमपा आएको उनको भनाइ छ । 

यता वडा अध्यक्ष अर्यालसँग बुझन खोज्दा उनी सम्पर्क विहीन भएका छन् । त्यस्तै वडा सदस्य साहसमेत गायब छन् । स्थानियबासीको अनुसार वडा अध्यक्ष अर्याल उपचारको बहानामा सम्पर्क बिहिन भएको बुझिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x