साउथह्याम्पटनमाथि म्यानचेस्टरको गोल वर्षा

कात्तिक १९, २०७५

काठमाडौं– इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर सिटीले शानदार जित हात पारेको छ । साउथह्याम्पटनमाथि जित निकाल्दै म्यानचेस्टर सिटी लिगको शीर्ष स्थानमा फर्किएको छ ।

पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीले साउथह्याम्पटनलाई ६–१ ले हराएको हो । सिटीको जितमा रहिम स्ट्रर्लिङ्गले दुई तथा सर्जियो अग्युरो, डेविड सिल्भा र लिरोय सानेले गोल गरे । यस्तै साउथह्याम्पटनका वेस्ली होड्टले आत्मघाती गोल गरे ।


ADVERTISEMENT

सिटीको ११ खेलबाट २९ अंक भएको छ । तेस्रो स्थानमा झरेको लिभरपुलको २७ अंक छ ।
 

कात्तिक १९, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस