डीपीआर नै नबनाइ ‘भ्यु टावर’को सिलान्यास

कात्तिक १९, २०७५

विराटनगर– विराटनगर महानगरपालिका वडा नम्बर ३ मा ‘भ्यूटावर’ बनाइने भएको छ । ४ अर्बको लागत अनुमान गरिएको टावरको उचाई १ सय १० मिटर हुनेछ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, प्रदेश १ का कार्यबाहक मूख्यमन्त्री हिक्मत कार्की, सामाजिक विकासमन्त्री जीवन घिमिरे र महानगर प्रमुख भीम पराजुलीले भ्यूटावरको सामुहिक रुपमा सिलान्यास गरे । भ्यु टावर निर्माणका लागि संघीय सरकार, प्रदेश सरकार, विराटनगर महानगरपालिका, मोरङ व्यापार संघ, उद्योग संगठन, उद्योग वाणिज्य महासंघ प्रदेश १, नागरिक समाज र सर्वसाधारणको बास्केट फण्ड वनाएर निर्माण अगाडि वढाइने विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले बताए  ।


ADVERTISEMENT

१ विघा ७ कठ्ठा क्षेत्रफलमा एक सय १० मिटर अग्लो भ्यूटावर निर्माण हुने विराटनगर महानगरपालिकाले जनाएको छ । तर सिलान्यास भइसकेको टावरको अहिलेसम्म डिपिआर भने तयार भइसकेको छैन । टावरमा राजबंशी समुदायको संग्रहालय, विजनेश कम्प्लेक्स, रिक्रेशन सेन्टर, डिपार्टमेन्ट स्टल, रेष्टुरेन्ट र प्रर्दशनी केन्द्र रहने छ । शिलान्यास भएको भ्यु टावर आगामी चार वर्ष भित्रमा निर्माण सम्पन्न हुने मेयर पराजुलीले आश्वासन दिए ।

कात्तिक १९, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस