×

NMB BANK
NIC ASIA

यात्रु झुक्याउने काइदा– ‘राता बस’ मा यात्रुको भीड लागेपछि पुराना बस पनि रातै !

कात्तिक १९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर– झापाको शिवसतासी नगरपालका झिलझिलेका ३६ वर्षीय प्रेम बहादुर पराजुली विगत १० वर्षदेखि मे १ ख २१५७ नम्बरको यात्रु बसका चालक हुन् । एक महिना अघिसम्म उनले चलाएको बसको नाम मकालु डिलक्स थियो र रंग सेतो । तर अहिले उनले चलाउने बसको न नाम त्यो छ नत कलर नै पुरानो जस्तो छ । 

Muktinath Bank

नाम र रंग दुबै फेरिएको छ तर, नम्बर फेरिएन । एक महिना अगाडिसम्म उनले चलाएको बसको नाम मकालु डिलक्स सेता रङ्गमा थियो । अहिले त्यो गाडीको रंग रातो भएको छ । यसको एउटै कारण हो, राता बस देख्ने वित्तिकै यात्रुको आकर्षण । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रेम बहादुरले ३ दिनसम्म गाडी ग्यारेजमा राखेर सेतो गाडीलाई राता–रात रातो रंग लगाएर परिवर्तन गरेका हुन् । करिब ४० हजार खर्चिएर ग्यारेजबाट सेतो गाडीलाई रातो बनाएर ग्यारेजबाट निकालेको उनले बताए ।  भर्खरै ग्यारेजबाट निकालिएको बस झट्ट हेर्दा लाग्छ यो बस नयाँ हो । अधिकांश यात्रु उक्त बस देख्ने वित्तिकै झुक्किन्छन् ।


Advertisment
Nabil box
Kumari

प्रेम बहादुर दैनिक काँकडभिट्टादेखि विराटनगरको रुटमा चल्ने बस चलाउँदै आउने चालक हुन् ।  जब उनले पहिलो दिनमा सेतो बसलाई रातो बनाएर सडकमा दौडाए उनले बल्ल थाहा पाए रातो गाडीको मज्जा । मकालु नाम गरेको गाडी मुनाल बनाएर रातो रङ लगाएर कुदाएपछि यात्रुहरुले बस खचाखच भरिएको प्रेम बहादुरले बताए । 

Vianet communication
Laxmi Bank

‘गाडीको रकमबाट अरु बेला खाजा र नस्ता खान पनि धौं– धौं हुने गरेको थियो, अहिले ढुक्क छ’, प्रेमले भने‘ जब सेतो गाडी रातो बनाएर सडकमा कुदाउँन थालियो दैनिकी मज्जाले चलेको छ ।’ उनले सेता बस हुँदा कोषको रकम तिर्न र डिजेल हाल्न निक्कै समस्या झेल्दै आएको बताए ।  यात्रु राता बस बाहेकमा चढ्नै नमान्ने र तर्किने गरेको उनको अनुभव छ । यात्रुहरुको मानसिकता एकै खालको हुने गरेको, राता गाडी सुरक्षित र आरामदायी हुन्छन् भन्ने ।

करिब ४ वर्ष अघि नागरिक कम्पनीले सुविधा सम्पन्न रातो गाडी ल्याएसँगै त्यसको एक वर्षसम्म खासै राता गाडी देखिएनन् । नागरिक यातायातले एक छत्र राज गर्यो । राम्रो बजार बनायो । नागरिक यातायात ट्राभल्स एण्ड टुर्स प्रा.लि.ले सञ्चालनमा ल्याएका अत्याधुनिक सुविधायुक्त राता बस यात्रुको रोजाई बन्न थालेको पछि धेरै नयाँ राता गाडीहरु आए  । 

नागरिक कम्पनीले अहिले पूर्वमा १५ वटा रातो कलरको गाडी संचालमा ल्याएको छ । नागरिक कम्पनीको रातो गाडीका कारण अन्य सेता गाडीलाई यात्रु पाउन समस्या पर्दै जान थालेपछि पुराना बिभिन्न कलरका गाडीहरु राता रङ पोत्न थालियो ।

राता गाडीले बजार राम्रो बनाएपछि अन्य रङका गाडीले बिराटनगर–काँकडभिट्टा सडकमा यात्रु पाउन नै धौ–धौ भएको अर्का सेता गाडीका चालक सुमन कालिकोटेले गुनासो गरे । राता गाडीले गर्दा सेता बस व्यावसायीलाई खडेरी नै लाग्न थाले पछि अहिले सेता गाडी राता बन्न थालेको उनको भनाइ छ  । विराटनगरदेखि काँकडभिट्टाको १ ख ४४०७ नम्बरको मेघा ट्राभल्स पनि रातो रङ्ग पोतेर अहिले नागरिक जस्तै बनाएर कुदाउन थालिएको छ ।  यात्रु झुक्याउनको लागि अहिले पूर्वमा नागरिकको विश्वसनियता भजाउनको लागि पुराना गाडीलाई रङ लगाउने डेन्टिङ पेन्टिङ गरेर नयाँ जस्तै बनाउने होड चलेको हो ।

यस्तो थियो सिस्टम

नागरिक, हिमशिखर, सुर्योदय, कन्काई, एरिना कम्पनीले ल्याएको राता बसको सबैभन्दा राम्रो पक्ष भनेको समयमा यात्रु गन्तब्यमा पुग्नु थियो । त्यसका साथै कुन स्थानमा उत्रने हो, त्यो आफै गाडी भित्र भएको जिपिएस सिस्टमले बताउने । तर रातो कलर गरेर सडकमा ल्याइएको बसमा भने त्यो सुविधा नभएका कारण अधिकाश यात्रुहरु झुक्किने गरेको पाइएको छ ।  नागरिक, हिमशिखर, सुर्योदय, कन्काई, एरिना तथा सगरमाथा कम्पनीका बसले अढाई घण्टामा काँकरभिट्टाबाट धरान र ३ घण्टाको अवधिमा विराटनगरसम्म ल्याउने गरेको छ । तर अन्य रातो पोतिएका गाडीले भने  ५ घन्टासम्म लगाउने गरेको यात्रुहरुको गुनासो छ । 

नागरिकका राता र सगरमाथा यातायातका हरियो बसमा यात्रा गर्ने अशक्त र महिलाहरुलाई आरक्षण सिटको व्यवस्था, बालबालिका र अशक्त नागरिकलाई बस चढ्न सहज होस् भन्नका लागि बस सञ्चालनमा ल्याइएको जेष्ठ नागरिकलाई ५० प्रतिशतसम्म छुट दिएर यात्रा गराउने गरेको छ ।  

राता बसले ज्येष्ठ नागरिक, अपाङ्गता भएका र विद्यार्थीलाई परिचय पत्रका आधारमा सरकारले निर्धारण गरेको छुट सुबिधा दिईएको भए पनि अन्य गाडीले सहजै छुट सुविधा पनि नदिने गरेका कारण राता गाडी नै धेरैको रोजाईमा पर्ने गरेको छ । मोरङको मिक्लाजुङ गाउँपालिका रमितेखोला सुभाष चाम्लिङ राईले प्रायः विराटनगर होस् या विर्तामोड वा धरान जहाँ जाँदा पनि राता बस नै प्रयोग गर्ने गरेको सुनाए । तर कतिपय बसहरुले उस्तै हो भन्दै झुक्याउने गरेको उनले बताए ।

राता बसका कर्मचारीलाई हैरान 

अन्य बसहरुमा जस्तो राता रंगभएका बसका कर्मचारीलाई यात्रु ल्याउने समस्या छैन । सहजै यात्रुहरु नागरिकका राता गाडी र सगरमाथाको हरियो गाडीलाई पर्खिएरै बस्ने गरेका छन्  । भाडामा झगडा गर्नु नपरेपछि यात्रुलाई सबैभन्दा बढी सहज हुने गरेको हो । यात्रुहरुलाई जबरजस्ती बोलाउनु नपर्ने, यात्रुहरुलाई तछाड र मछाड गर्दै ल्याउनु नपर्ने, ओर्लने र झर्ने ठाउँको बारेमा जिपिएस सिस्टम आफैले भन्ने गरेका कारण यसले सहचालकलाई झनै सजिलो हुने गरेको नागरिक यातायातका बजार व्यापस्थापक प्रमुख कृष्ण काफ्लेले जानकारी दिए । पछिल्लो समय प्रालिले यात्रुको सुरक्षाका लागि प्रत्येक बसमा सिसी क्यामेरा र मनोरञ्जनका लागि प्रत्येक बसमा टिभी जडान गरिएको, बसका कर्मचारीको ब्यवहार राम्रो बनाउन प्रयास भइरहेको काफ्लेले बताए ।

अझ नागरिक यातायातले मोवाईल एपबाट गाडी कहाँ आइपुगेको छ भनेर सहजै थाहा पाइने भएपछि यात्रुलाई सजिलो भएको छ  । तर पछिल्लो समय नागरिक जस्तै अन्य सेता बसलाई पनि राता बनाएर यात्रुहरुको आँखा छल्ने काम गरेका कारण आफूहरुले हैरानी खेप्नु परेको उनको आरोप छ  ।

‘सबै जना झुक्किएर राता रंग पोतिएका नक्कली राता गाडीमा चढ्ने गरेका छन्, उनीहरुको सामान गाडीमा मै छुट्दा हामीलाई नै फोन गरेर हैरान बनाउँछन्’, उनले भने । सबैजना नागरिक बस नै भनेर चढ्ने गर्छन् पहिलेदेखिको नै नागरिककै फोन नम्बर उनीहरुले राखेको कारण नम्बरमा फोन गरेर हैरान पर्ने गरेको काफ्लेको गुनासो छ । ‘हामीले जिल्ला प्रशासन कार्यालयमा गएर पनि उजुरी दियौं तर नाम परिवर्तन गरेर कलर गर्दा कारबाही नहुने हुदाँ हामी आफै पछाडि पर्यौ, काफ्ले भने ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

मंसिर ८, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x