जुनियर एटिएफ टेनिस च्याम्पियनसिप पुस ४ बाट पोखरामा हुने

कात्तिक १९, २०७५

पोखरा-एसियन टेनिस महासङ्घको कार्यक्रमअनुसार आगामी पुसको ४ देखि २० गतेसम्म पोखरामा जुनियर एटिएफ टेनिस च्याम्पियनसिप हुने भएको छ । 

प्रतियोगितामा अष्ट्रेलिया, इण्डोनेसिया, मलेसिया, हङकङ, पाकिस्तान, भारत र नेपालका १० देखिमाथि र १४ वर्षमुनिका १११ जना पुरुष तथा महिला खेलाडीको सहभागिता रहने आयोजक कास्की जिल्ला टेनिस सङ्घले जनाएको छ । 

सङ्घका महासचिव नवीन चालिसेका अनुसार प्रतियोगिताअन्तर्गत पहिलो सर्किटमा ३० पुरुष र २३ महिलासहित ५३ जना तथा दोस्रो सर्किटमा ३३ पुरुष र २५ महिलासहित ५८ खेलाडीले भाग लिने छन् । 

होटल टे«कर्स इनले मुख्य प्रायोजन गरेको प्रतियोगिता अङ्ग्रेजी नयाँ वर्षका समयमा हुने भएकाले यसले यहाँको पर्यटकीय विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ । 


ADVERTISEMENT

कात्तिक १९, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस