×

NMB BANK
NIC ASIA

प्रधानमन्त्रीले स्वदेशमै उपचार गराउँदा चिकित्सकहरू गदगद, खर्च जम्मा ३६ हजार

कात्तिक १९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं –प्रधानमन्त्री केपी शर्मा ओलीलाई दशैं सकिएलगत्तै छातीमा संक्रमण  देखियो । निजी चिकित्सकको सहल्लाहमा तत्काल त्रिवि शिक्षण अस्पताल परिसरस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा लगियो । 

Muktinath Bank

प्रधानमन्त्री ओलीलाई डा.अरुण सायमीको टोलीले पाँच दिनसम्म अस्पतालमा भर्ना गरेर उपचार गरे । प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य भएपछि उनलाई शुक्रबार साँझ अस्पतालले डिस्चार्ज गर्‍यो ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पाँच दिनसम्म अस्पतालमा भर्ना भएर उपचार गराएका प्रधानमन्त्री ओलीको उपचारका क्रममा ३६ हजार मात्रै खर्च भएको उनको उपचारमा संलग्न चिकित्सक डा. अरुण सायमी बताउँछन् ।


Advertisment
Nabil box
Kumari

उनी भन्छन्, ‘पाँच दिनसम्म प्रधानमन्त्रीको भर्ना गरेर उपचार गर्‍यौं, उहाँको एक्सरे, रगत, पिसाब जाँच, औषधी खर्च, बेड चार्ज, सबै गरेर ३६ हजार खर्च भएको छ ।’ 

Vianet communication
Laxmi Bank

प्रधानमन्त्रीको नेपालमै गराइएको उपचार खर्च विदेशको तुलनामा निकै सस्तो भएको उनको दाबी छ ।

‘प्रधानमन्त्रीले सुनाउनुहुन्थ्यो, यसअघि बैंककमा उपचार गराउन जाँदा मध्यस्तकर्तालाई कमिसन मात्रै ४ लाख बुझाउनुपथ्र्यो रे, उपचार खर्च त त्योभन्दा बढी भइहाल्थ्यो,’ डा. सायमी भन्छन्, ‘हामीकहाँ बेडको अलि महंगो छ तर पनि सबै खर्च जम्मा ३६ हजार मात्रै भएको छ ।’

प्रधानमन्त्रीले नेपालकै अस्पतालमा भर्ना भएर उपचार गराएको विषय अहिले निकै चर्चामा छ । प्रायः सामान्य स्वास्थ्य समस्यामा पनि देशका उच्च पदमा रहनेहरू सरकारी खर्चमा विदेशमा उपचार गराउन जाने गर्छन् ।
प्रधानमन्त्री ओलीले यो पटक देशको उच्च पदमा रहेपनि नेपालकै अस्पतालमा भर्ना भएर उपचार गराए । त्यो पनि जम्मा ३६ हजार खर्चमा ।

नेपालको उच्च पदमा रहेका व्यक्ति झण्डै एक साता भर्ना भएर उपचार गर्दा लागेको यो खर्च सम्भवतः सबैभन्दा सस्तो हो । त्यसैले पनि प्रधानमन्त्रीको उपचारका विषयलाई सबैले प्रशंसनीय भनेका छन् ।

चिकित्सकहरूले पनि प्रधानमन्त्रीले नेपालकै अस्पतालमा उपचार गराउँदा आफ्नो मनोबल बढेको बताएका छन् । 

गत भदौमा संसदबाट पारित भएको जनस्वास्थ्य ऐनमा नेपालमा उपचार सम्भव हुदाहुँदै विदेशमा उपचार गराएमा त्यसको उपचार खर्च सरकारले नबेहोर्ने उल्लेख गरिएको छ । प्रधानमन्त्री ओलीले नेपालकै अस्पतालमा उपचार गराउनुलाई चिकित्सकहरूले उक्त ऐनको कार्यान्वयन प्रधानमन्त्रीबाटै भएको भन्दै प्रशंसा गरे ।

‘प्रधानमन्त्रीज्यूले नेपालकै अस्पतालमा उपचार गराउनु प्रशंसनीय र सकारात्मक कुरा हो,’ स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेलले लोकान्तरसँग भने, ‘प्रधानमन्त्रीले जनस्वास्थ्य ऐनको कार्यन्वयनको पनि शुरूवात गर्नुभएको छ ।’ 

प्रधानमन्त्रीबाटै स्वादेशमा उपचार गर्ने क्रम शुरू भएको भन्दै डा. प्याकुरेलले राज्यका उच्च पदका व्यक्तिको उपचारमा लाग्ने खर्चमा कमी आउने आशा व्यक्त गरे । मनमोहन कार्डियोथेरासिक तथा ट्रान्सप्लान्ट सेन्टरमा भएको प्रधानमन्त्रीको सफल उपचारले नेपालका अस्पताल र चिकित्सकहरू पनि सक्षम र गुणत्मक छन् भन्ने सन्देश प्रवाह भएको उनको भनाइ छ ।

स्वास्थ्य मन्त्रालयका डा. विकास देवकोटाले पनि प्रधानमन्त्रीको स्वादेशकै अस्पतालमा उपचार गराउनु जनस्वास्थ्य  ऐनको कार्यन्वयन भएको बताए  ।

‘प्रधानमन्त्रीजस्तो विशिष्ट पदमा रहेको व्यक्तिको उपचार नेपालमै गराउनु राम्रो कुरा हो,’ डा. देवकोटा भन्छन्, ‘प्रधानमन्त्रीको उपचारले जनस्वास्थ्य ऐन कार्यन्वयनको राम्रो शुरूवात भएको छ, नेपालका चिकित्सक र अस्पतालहरू सफल र सक्षम छन् भन्ने उदाहरण हो ।’

मनमोहन कार्डियोथेरासिक सेन्टरका कार्यकारी निर्देशक डा. उत्तम श्रेष्ठले आफ्नो अस्पताल गुणस्तरीय सेवा दिन सफल भएकाले देशका उच्च पदका व्यक्तिहरू उपचारका लागि आउने गरेको दाबी गरे । प्रधानमन्त्री ओली र देशका अन्य उच्च पदका व्यक्तिहरूले स्वास्थ्य परीक्षण र उपचार गराइसकेको उनको भनाइ छ ।

‘प्रधानमन्त्री ओली यसअघि पनि हाम्रोमा हेल्थ चेकअप गर्न आइरहनुहुन्थ्यो । उहाँ विदेश भ्रमण जानुअघि पनि स्वास्थ्य जाँच गराउन आउने गर्नुहुन्थ्यो । हामीले राम्रो सेवा दिन सक्यौं त्यसैले उहाँहरू आउनुभयो,’ डा. श्रेष्ठ भन्छन्, ‘हामीले भीआईपीहरू उपचार गर्न आएनन् भनेर उफ्रिनुभन्दा पनि सक्षमता बढाउँदै लगेर आफ्नो अस्पतालमा आकर्षित गर्न सक्नुपर्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x