पाठ्यक्रम विकास केन्द्रका लेखापाल घुससहित पक्राउ

कात्तिक १९, २०७५

काठमाडौं– पाठ्यक्रम विकास केन्द्र सानोठिमी भक्तपुरका लेखापाल (नायव सुब्बा) घुस रकमसहित पक्राउ परेका छन् । 

राष्ट्रिय बहिरा महासंघ नेपाललाई कक्षा ६ को सामाजिक र बिज्ञान विषयको पाठलाई साङ्केतीकरण र दृश्य सामाग्री (डीभिडी) तयार गर्ने सम्झौताबापत लिएको २५ हजार घुससहित लेखापाल गुणराज दाहाल पक्राउ परेका हुन् । 


ADVERTISEMENT

बिल भुक्तानी माग्दा जम्मा भएको रकमको २५ प्रतिशत आन्तरिक लेखा परीक्षणको लागि आवश्यक पर्ने भनी बाहाना बनाई सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले दाहाललाई पक्राउ गरेको हो । 

दाहाललाई काठमाडौंको गहनापोखरीस्थित भान्सा क्याफे अगाडिबाट नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सहसचिव रामेश्वर दंगालले जानकारी दिए । 


 

कात्तिक १९, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार