×

NMB BANK
NIC ASIA

कांग्रेसको बर्बादी : कम्युनिस्टको एजेन्डालाई लुरुलुरु पछ्याएर हुन्छ ?

कात्तिक १९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं क्षेत्र नम्बर चारमा विजय हात पारेपछि कांग्रेस युवा नेता गगन थापाले भनेका थिए, ‘निर्वाचनमा कांग्रेसले पाएको मत परिणाम कांग्रेसका लागि दुर्घटना हो ।’ दुर्घटना त हुने नै भयो । 

Muktinath Bank

जसरी रेलले लीग छाडेपछि दुर्घटना हुन्छ, त्यसैगरी कांग्रेसले आफ्नो आदर्श, सिद्धान्त र विश्वासको लीग छाडनुको परिणति यतिबेला भोग्दैछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाली राजनीतिको मियो बन्दै आएको कांग्रेसले जुन दिन गणतन्त्रका पक्षमा निर्णय गर्‍यो, त्यो दिन संस्थापक नेता कृष्णप्रसाद भट्टराईले भन्नुभएको थियो, ‘अब कांग्रेसले बाटो बिरायो, यो कांग्रेसमा मेरो कुनै भूमिका छैन ।’ 
जुन दिन किशुनजीले कांग्रेस छाडनुभयो, त्यसै दिनदेखि कांग्रेसको ‘ओराली लागेको हरिणको चाल भो’ । 


Advertisment
Nabil box
Kumari

हुन त किशुनजीले २०६२÷०६३ सालको चरम उत्कर्षका बेलामा मात्र हैन, संविधान निर्माण प्रक्रिया चलिरहँदा पनि हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्रका लाइन नछाड्न कांग्रेसलाई घच्घच्याइरहनुभयो । शैलजा आचार्यले जीवनको उत्तरार्धसम्म त्यही अडान लिनुभयो । बीपीपुत्र प्रकाश कोइराला, शशांक कोइराला र नेता खुमबहादुर खड्का लगायतको पनि सोही राय थियो । तर गिरिजाबाबुको एकल नेतृत्वको ओजसामु कांग्रेसजन लाचार भए । 

Vianet communication
Laxmi Bank

कांग्रेसले इतिहासमा एउटा ठूलो भूल गर्‍यो । ‘साम्राज्यवाद मूर्दाबाद’ भन्दै भित्रभित्र पश्चिमाहरूसँग हिमचिम बढाइरहेका कम्युनिस्टहरूको चाल उसले बुझ्नै सकेन । ‘परिवर्तनका एजेन्डा’ भन्दै हाम्रा मौलिकतामाथि धावा बोल्ने खालका उनीहरूका एजेन्डालाई कांग्रेसले पनि पछ्यायो ।

सात सालको क्रान्ति सम्पन्न गर्दै मुलुकलाई सयौं वर्ष पुरानो अँध्यारो कालखण्डबाट आधुनिक युगमा प्रवेश गराउन अग्रणी भूमिका निर्वाह गर्ने कांग्रेस आफैंमा एजेन्डा थियो, कांग्रेस आफैंमा लोकतन्त्रको पर्याय थियो तर उसले अरूको एजेन्डा बोक्यो । अरूको एजेन्डा बोक्दा भरिया पो भइन्छ त, त्यसको मालिक त भइँदैन । कांग्रेसको हारको मुख्य कारण यही हो । 

जसै कांग्रेसले आफ्नो विचारधाराको मौलिकता गुमायो, तब देशमा भौगोलिक, जातीय, सांस्कृतिक, सामुदायिक र  धार्मिक चिराहरू देखा परे ।

हरेक मुलुकका आ–आफ्नो मौलिक विशिष्टता हुन्छ । चीनको विशेषता भनेको त्यहाँका हान वंशहरू हुन् जो बहुमतमा छन् । जुनसुकै विचार, दर्शन र सोच भएपनि चिनियाँहरूको राष्ट्रिय एकताको आधार भनेकै उनीहरूको हानवंशीय एकता हो । पाकिस्तानलाई मुस्लिम राष्ट्रवादले बाँधेर राखेको छ । पाकिस्तानको मुस्लिम राष्ट्रवादले त्यहाँका अन्य मत र पृथकतालाई गौण बनाइदिएको छ ।

धेरै पश्चिमा मुलुकहरूलाई क्रिस्चियानिटीले जोडेको छ । बाइबलले बाँधेको छ । यहुदीहरूको एकताको आफ्नै आधार छ । अफ्रिकनहरूको आफ्नै छ ।

ठीक त्यसैगरी नेपाललाई पनि एकताको सूत्रमा उनेर राख्ने मुख्य आधार भनेको हिन्दू धर्म र संस्कृति नै हो । अरू विषयमा झैझगडा गरेपनि धार्मिक र सांस्कृतिक रूपमा हामी बहुसंख्यक नेपाली एक छौं । हाम्रो धर्म र संस्कृतिले हामीलाई सत्य, धर्म, प्रेम, अहिंसा, दया, दान र प्रेम सिकाएको छ । समाजमा सद्भाव र एकता ल्याउने मुख्य आधार नै यिनै हुन् ।

कांग्रेसले राजनीतिक आदर्शको यही मर्म बोकेकाले बहुसंख्यक नेपालीले यो पार्टीलाई लामो समयसम्म विश्वास गर्दै आए । विगतमा कुनै क्याडर बेस्ड सिस्टम्याटिक संगठन नहुँदा तथा विचार र नीतिमा कम्युनिस्ट शैलीको चुस्तता नहुँदा पनि कांग्रेसले नै चुनावमा लीड गर्नुको कारण के थियो भने यो पार्टीले मुलुकको मौलिक सेन्टिमेन्ट बोकेको थियो । 

जसै कांग्रेसले आफ्नो विचारधाराको मौलिकता गुमायो, तब देशमा भौगोलिक, जातीय, सांस्कृतिक, सामुदायिक र  धार्मिक चिराहरू देखा परे । बिहानै उठेर सूर्यलाई अर्घ्य दिइरहँदा या पूजामा लीन भइरहँदा बाहिर ढोकामा विदेशीहरू ‘सुसमाचार’को पर्चा बोकेर हाकाहाकी आउन थाले ।

‘जय नेपाल’को स्वरलाई ‘जय मसीह’ले ओझेलमा पार्न पो थाल्यो । केही एनजीओहरूले किरियापुत्रीको अवधि तेह्र दिनबाट घटाएर तीन दिनमा झार्नुपर्ने अभियान चलाउन थाले । साँखु, शाली नदीमा स्वस्थानी व्रत बसिरहेका नारीहरूलाई स्थलगत रूपमै गएर व्रतको विरोधमा कार्यक्रम खिचेर भड्काउन थालियो ।

नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाह र नेपाली भाषा तथा साहित्यको विकासमा योगदान दिएका आदिकवि भानुभक्तका शालिकहरू भत्काउन थालियो । 

यसैगरी हाम्रो जातीय सद्भाव खल्बल्याउने काम शुरू भयो । आङछिरिङहरूले हाकाहाकी ‘बाहुन क्षेत्रीलाई खुकुरी छिनाल्ने’ धम्की दिन थाले । संघीयताका नाममा जातीय राज्यका कुराहरू उठे ।

अस्तिसम्म ‘नेपाली’ भनेर चिनिएका मानिसहरू तमुवान, ताम्सालिङ, अवध, मगरात, थारूवान, नेवा, खस, ब्राह्मण, मधेशी, मुस्लिम, दलित, महिला, तेस्रोलिंगी आदिका रूपमा भिड्न थाले । एउटा सग्लो नेपालमा विभाजनका अनेक चिरा कोर्ने काम भयो । विदेशी चलखेल बढ्यो, हाम्रा मौलिक धर्म, संस्कृति, परम्परा र धरोहरहरू भत्काउने काम भयो । 

बेलायतमा अहिलेसम्म सम्पदाकै रूपमा जीवित राखिएको राजतन्त्रलाई नेपालमा संवैधानिक रूपमा संरक्षण गर्नुको साटो जरैदेखि उखेल्ने काम भयो । राजतन्त्रको जरासँगै हाम्रा मौलिकताका आधारहरू पनि उखेलिए । हाम्रा इन्द्रजात्रा, हाम्रा भोटेजात्रा, हाम्रा कुमारी, हाम्रा अनेक परम्परा बिटुलिए । इतिहास, पुराण, किंवदन्तीको मौलिकता अनुसार भोटेजात्राको नजर गर्ने भनेको राजाले नै हो । राजासँगै त्यो परम्पराको मौलिकता समाप्त भयो । 

बडादशैंमा फूलपाती भित्र्याउने चलन पनि राजतन्त्रसँगै जोडिएको छ । गोर्खा दरबारबाट काठमाडौंको हनुमानढोकामा ल्याइने फूलपातीसँग राजपरम्परा जोडिएको छ । राजतन्त्र नभएकाले अब त्यो परम्परा अचेल एउटा उदेकलाग्दो कर्मकाण्डमा सीमित भएको छ । राजतन्त्रलाई हामीले राजनीतिक अंगका रूपमा मात्र हेर्ने गल्ती गर्‍यौं, यो खासमा बहुसंख्यक हिन्दू नेपालीलाई जोड्ने एउटा आधार पनि थियो र यो राजनीतिक अंगका साथै धर्म, संस्कार, संस्कृति र पराम्पराको जीवन्त सम्पदा पनि थियो । हामीले यसैलाई मास्ने काम गर्‍यौं । जुन हाम्रो पुँजी थियो, त्यसैलाई खेर फाल्यौं । कांग्रेसले नेपाली मौलिकताको यो सम्पदालाई पनि जोगाउन सकेन । 

गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता लगायत एकाएक थोपरिएका एजेन्डाको विपक्षमा दरिलो गरी उभिन नसकेपछि कांग्रेसप्रतिको जनविश्वास र भरोसा टुट्न थाल्यो । बाह्रबुँदे समझदारी यताको राजनीतिक कोर्समा कांग्रेस मौन समर्थक र दर्शक मात्र भयो । ऊ खासमा खेलाडी नै भएन । 

खेलमा दुई विपरीत पक्ष हुन्छन् । धर्मनिरपेक्षता, संघीयता र गणतन्त्रलाई माओवादीले मुख्यरूपमा र अलि अलि एमालेले आफूहरूको एजेन्डा बताउँदै आए ।

कांग्रेसले त्यो हाम्रै एजेन्डा हो भनेर दिल खोलेर भन्नसक्ने अवस्था पनि रहेन किनकि ती उसका एजेन्डै थिएनन् । अनि वैकल्पिक एजेन्डामा जाने हिम्मत पनि भएन । संविधान निर्माण हुँदा नै कांग्रेसले ‘सांस्कृतिक रूपमा भएपनि राजा राख्नुपर्छ, हिन्दू राष्ट्र छाड्नुहुन्न र संघीयतामा हतारिएर जानुहुन्न’ भन्ने अडान लिएको भए मुलुकले एउटा बलियो, स्वाभिमानी लोकतान्त्रिक पद्धति पाउँथ्यो । 

यो चुनावपछि संघीय प्रदेशहरूबीच सरकार गठन, मन्त्रिमण्डल चयन, स्रोत र साधनको बाँडफाँडमा उत्पन्न हुने समस्या, चर्को खर्चको जोहो र गञ्जागोल धान्नुपर्ने जुन चुनौती देखिनेछन् त्यतिबेला नै हामीले हिँडिरहेको बाटोका विसंगतिहरू बाहिर आउनेछन् । नेपाल बनाउने हैन, ‘नेपाल भत्काउने’ नियतबमोजिम शुरू भएका एजेन्डाहरू प्रत्युत्पादक भएपछि मात्र कांग्रेसको चेत फिर्ला तर त्यसबेलासम्म ढिलो भइसकेको हुनेछ ।

एमाले र माओवादी मिलेर आउँदा समेत कांग्रेसले पाएको लोकप्रिय मत शानदार छ । जनताले कांग्रेसलाई अस्वीकार गरेका हैनन्, नसीहत मात्र दिएका हुन् ।

कांग्रेसले अब वैकल्पिक धार अघि सार्नैपर्छ । मुलुकमा जुन वैकल्पिक शक्तिको खाँचो छ, त्यसको नेतृत्व कांग्रेसले गर्ने हो भने लोकतन्त्रवादी मात्र हैन, बहुसंख्यक हिन्दू, राजावादी र नेपालको अखण्डताका पक्षपातीहरूलाई समेत गोलबन्द गर्ने खालको वैचारिक धार कांग्रेसले अघि सार्नैैपर्छ ।

ढिलै भएपनि कांग्रेसको सरकारले नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको जन्मजयन्तीमा बिदा दिने निर्णय गर्दा जुन वाहवाही पाएको थियो, त्यसको हेक्का राख्दै आफ्ना विचारहरूमा सुधार ल्याउनु जरूरी छ । वामपन्थीको एजेन्डाको लकीरको फकीर हुने हो भने कम्युनिस्टहरूले भने झैं कांग्रेस चीनको कोमिन्ताङ पार्टीसरह हराएर जान के बेर ? कांग्रेसजनले अब बीयर खाएर हैन, जुस खाएर ठण्डा दिमागले सोच्नु जरूरी छ । 

एमाले र माओवादी मिलेर आउँदा समेत कांग्रेसले पाएको लोकप्रिय मत शानदार छ । जनताले कांग्रेसलाई अस्वीकार गरेका हैनन्, नसीहत मात्र दिएका हुन् । जनतामाझ कांग्रेसको संगठन कायम छ । उसको लिगेसी कायमै छ । विचार र नीतिमा अलिक विचलन आएको मात्र हो, त्यसलाई ठीक ढंगले सुधार्नेबित्तिकै पाँच वर्षपछि कांग्रेसले फेरि आफ्नो अवस्था सुदृढ गर्नसक्छ ।

यसका लागि कांग्रेसको बूढो पुस्ताले अब युवापुस्तालाई तालाचाबी सुम्पनुपर्ने बेला आइसकेको छ । युवा जुझारु पुस्ताले नयाँ सोच र उत्साहका साथ सांगठनिक अभियान चाल्दै, जनतासँग क्षमायाचना गर्दै सात सालदेखिको आफ्नो आदर्शलाई फेरि पछ्याउँदै अघि बढ्ने हो भने लोकतान्त्रिक मुलुकमा कांग्रेसको हाइहाइ हुन कति बेर लाग्ला र ?
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x