×

NMB BANK
NIC ASIA

जनशक्ति अभावले सर्वोच्च अदालतको न्याय सम्पादन प्रभावित

कात्तिक १९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ-सर्वोच्च अदालतमा कर्मचारी र न्यायाधीश अभावले न्याय सम्पादन प्रभावित भएको छ । पहिलेभन्दा दोब्बर बढी मुद्दा पर्ने र नयाँ संहिताअनुसार कार्य सम्पादन गर्नुपर्ने भएको हुँदा कर्मचारी र न्यायाधीश अभावले न्याय सम्पादन प्रभावित भएको हो । 

Muktinath Bank

तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की र गोपालप्रसाद पराजुलीको पदावधि सकिएपछि थप न्यायाधीश नियुक्त हुन सकेका छैन । संविधानमा २१ जना न्यायाधीश हुने उल्लेख भए पनि अहिले १९ जना न्यायाधीश रहेका छन् । दुई जना न्यायाधीश रिक्त भएपछि न्यायपरिषद्ले अझै न्यायाधीश नियुक्ति प्रक्रिया शुरु गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

न्याय परिषद्का सचिव नृपध्वज निरौलाले चाँडै नै रिक्त न्यायाधीश नियुक्त प्रक्रिया शुरु गर्ने जानकारी गराए। सर्वोच्चका सहरजिष्ट्रार लालबहादुर कुँवरले अदालतमा नयाँ मुलुकी फौजदारी र देवानी संहिता ऐनअनुसार न्यायाधीश र कर्मचारी अभावले न्याय सम्पादनमा प्रभावित बनेको बताए। 


Advertisment
Nabil box
Kumari

उनका अनुसार कर्मचारी सङ्गठन संरचना तथा व्यवस्थापन सर्वेक्षण गरेर सरकारसँग थप एक हजार ३३९ कर्मचारी नयाँ माग गरिएको छ । प्रत्येक १० वर्षमा कर्मचारीको सर्वेक्षण गर्ने भने तापनि विसं २०६२ यता सर्वोच्चमा हुन सकेको थिएन । अहिले पाँच हजार कर्मचारी सर्वोच्च मातहतमा रहेका छन् ।

Vianet communication
Laxmi Bank

सर्वोच्चले कर्मचारी सर्वेक्षण गरी स्वीकृतका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उक्त नयाँ दरबन्दी पठाएको छ । उनले दरबन्दी स्वीकृत हुनासाथै यसै वर्षदेखि नै दरखास्त आह्वान गरी पदपूर्ति गरिने जानकारी गराए। “नयाँ मुलुकी फौजदारी र देवानी संहिता ऐनमासमेत फैसला भएको मुद्दाको फैसला लेखन २१ दिनमा नै गर्नुपर्ने प्रावधान गरेको छ”, उनले भने, “तर कर्मचारी अभावले ती फैसला लेख्नका लागि जनशक्ति रहेका छैनन् ।” 

एउटा इजलाशमा फैसला लेख्नका लागि कम्तीमा १२ देखि १५ जना उपसचिवस्तरका कर्मचारी आवश्यकता पर्दछ । तर अहिले फैसला लेख्नका लागि पाँच जना मात्र कर्मचारी रहेका छन् । अहिले दैनिक सर्वोच्चमा ६५ वटा मुद्दा दर्ता हुने गर्दछन् । 

सर्वोच्चका सहरजिष्ट्रार नारायण पन्थीले न्यायाधीश र कर्मचारी अभावले अहिले यस वर्ष थप एक हजार ७४२ मुद्दा फैसला थपिएको बताए । “गत वर्ष एक हजार ६०० मुद्दा घटेकामा अहिले त्यो न्यायाधीश र कर्मचारीको अभावले मुद्दा फैसला गर्न सकिएन पन्थीले भने–‘‘यो वर्ष झनै न्याय सम्पादन हुन बाँकी मुद्दा बढ्नेछ ।’’ 

सर्वोच्चमा अघिल्लो वर्ष सरेका १९ हजार ६३० र यस वर्षका चार हजार ९६० गरी कूल २४ हजार ५९० मुद्दा रहेका छन् । उहाँका अनुसार साउनयता १३ दशमलब ५२ प्रतिशत मात्र मुद्दा फछ्र्यौट गर्ने गरेको छ भने वार्षिक ५० दशमलब २ प्रतिशत मुद्दा फछ्र्यौट हुने गरेको छ । सर्वोच्चमा साउनयता २४ हजार ५९० मुद्दामध्ये तीन हजार २१८ मात्र मुद्दा फछ्र्यौट भएको छ । 

सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले न्यायाधीश र कर्मचारी अभावले काममा असजिलो र भनेको समयमा न्याय सम्पादन गर्न नसकिएको बताए। “सर्वोच्चमा कार्यबोध बढ्दै गएको छ । कार्यबोधअनुसार जनशक्ति छैनन्”, उनले भने, “अहिले भएका न्यायाधीशलेसमेत अहिले भएका मुद्दा सम्पादन गर्न कठिन हुन्छ । एउटा इजलाश नहुँदा मुद्दा फछ्र्यौट पनि घट्छ ।”

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १६, २०८०

राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...

माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x