सरकारलाई लगाम कस्दै समिति : विवरण अपूर्ण भन्दै फेरि माग्यो खर्च विवरण

सन्दर्भ तस्वीर
कात्तिक २०, २०७५

सुर्खेत– कर्णाली प्रदेशको सार्वजनिक लेखा समितिले प्रदेश सरकारलाई लगाम कस्न थालेको छ । सरकारले रारा कर्णाली महोत्सव २०७५ मा आयोजना गरिएको उद्घाटन खर्च र आर्थिक वर्ष २०७४÷०७५ को बजेटको खर्च विवरण सरकारले योजना गत रुपमा नबुझाएको बताउँदै समितिले सरकारले दिएको विवरणमा असन्तुष्टि जनाएको हो ।

‘लेखा समितिले अघिल्लो बैठकमा तीन सदस्यीय खर्च विवरण अध्ययन उपसमिति गठन गरेको थियो ।’ उपसमितिका सदस्य करवीर शाहीले लोकन्तरसँग भने, ‘हामीले अध्ययन गर्दा सरकारले दिएको बजेट र रारा उद्घाटन कार्यक्रमको खर्च विवरण अपूर्ण लाग्यो ।’ उनले सरकारले दिएको विवरणमा एकमुस्ट खर्च भएको भन्ने देखिएकोले समितिले हरेक खर्चको एक–एक हिसाव माग्ने गरी पत्र लेखेर पठाएको जानकारी दिए ।


ADVERTISEMENT

‘हामी सरकारको पैसा अनियमित नहोस्  भन्ने चाहन्छौं ।’ समितिका सदस्य गोपाल शर्माले भने, ‘सोही बमोजिम अहिले हामी रारा र गत आर्थिक वर्षको बजेट खर्चका बारेमा सरकारसँग जवाफ मागिरहेका छौं। सरकारले दिएको विवरणमा समितिको चित्त बुझेको छैन ।’ 

उनले सरकारले दिएको विवरण सहि या गलत के छ भन्ने निक्र्यौल गर्न आवश्यकताअनुसार समिति स्थलगत अध्ययन गर्न जाने बताए । ‘हामीलाई सरकारले दिएको विवरणमा शंका लागेको खण्डमा हामी स्थानीय स्तरमै जानेसम्मको योजनामा छौं ।’ सांसद शर्माले भने, ‘तर अहिले सरकारले हामीलाई विवरण पूर्णरुपमा दिने आशा छ ।’
 

कात्तिक २०, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस