×

NMB BANK
NIC ASIA

तिहारमुखी बन्यो कुमालको पुर्ख्यौली पेशा : अहिले व्यस्तता, पछि बिक्दैनन् माटाका भाँडाकुडा

कात्तिक २०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी –हिन्दू धर्मबलम्वीको घर आगनमा तिहार भित्रिएसंगै माटाका सामग्री बनाउने कुमाल समुदायको व्यस्तता निकै बढेको छ ।

Sagarmatha Cement
Muktinath Bank

पछिल्लो समय बजारमा आएका विभिन्न धातु तथा प्लाष्टिकका भाँडाले माटाको सामग्री बनाउने समुदायको पेशा लोप हुँदै गएपनि तिहारमा भने व्यस्तता बढ्ने गर्छ । माटो मुछ्ने, चाका घुमाइ–घुमाइ विभिन्न आकार प्रकारका कलात्मक भाँडाकुडा बनाउने नै उनीहरूको आजभोलिको प्रमुख दिनचार्य हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विशेषतः आजभोलि तिहारमा चाहिने माटोको दियो बनाउनमै उनीहरू व्यस्त छन् ।


Advertisment
Nabil box
Kumari

कैलालीको कैलारी गाउँपालिका–६ जमुनीपुरका सीताराम कुमालले तिहार आफूहरुको मुख्य सिजन भएको बताए । माटोका सामग्री बनाउने, आगोमा पोल्ने र बिक्री वितरण गर्नमै अधिकांश समय बितिरहेको उनले बताए ।

Vianet communication
Laxmi Bank

दशैं र दिपावलीको अवधिमा कैलाली–कञ्चनपुरमा बसोबास भएका कुमालहरूले थारु समुदायको माटोको कुल देवता स्वरूप घोडाघोडी, भेडाको मुर्ती, रक्सी बनाउन प्रयोग हुने डोरिया, पूजाको लागि चाहिने दिउली तथा घोचिया (दियालो) बढी मात्रामा बनाउने गर्दछन् । साथै पानी खान प्रयोग हुने करुवा, पानी राख्ने गाग्रोलगायत सामग्री पनि बनाउँदै आएका छन् ।

दशैं र दिपावलीको अवधिमा हुने कारोबारबाटै आफूहरूको जीविकोपार्जन हुँदै आएको जमुनीपुरका टीकाराम कुमालले बताए । एक सिजनमा २०/२५ हजार बराबरको कारोबार हुने गरेको उनको भनाइ छ ।

माटाका सामग्री शहर बजारमा नगद खरिद बिक्री भएपनि ग्रामीण भेगमा भने जिन्सी वस्तुसँग समेत साटफेर हुने गरेको छ । सीताराम कुमालका अनुसार चामल, धान, गहुँलगायत जन्सी वस्तुबाट यसको साटफेर हुने गर्छ ।

बजारमा आएका प्लाष्टिक तथा धातुका सामग्रीले संकटमा रहेको उनीहरूको पेशामा आजभोलि भने सहज रूपमा माटो नपाइनु र भाँडाकुडा पकाउन दाउरा उपलब्ध नहुनुले अझ समस्या थपिएको छ ।

‘हामी विवश भएका छौं, हाम्रो पेशा माटो र जंगलसंग गाँसिएको छ । सहज रूपमा माटो र दाउरा नपाएर आजभोलि बेसर्मा घाँसपात, भुसालगायतले पनि भाँडा पकाउने काम गछौं’, सीताराम कुमाले भने– ‘जसका कारण जीविका धान्न पनि अप्ठ्यारो भएपछि पेशाबाट विस्थापित हुँदै गएका छौं ।’

माटो र दाउराबापत चर्को दरमा रोयल्टी तिर्नुपर्ने बाध्यता उनले सुनाए ।

परम्परागत पेशाबाट जीवन धान्न अप्ठ्यारो भएपछि फर्निचरको काम समेत गर्दै आएका सीताराम कुमालले आफ्नो बस्तीका दर्जनौं यूवाहरू भारत पलायन भएको जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x