×

NMB BANK
NIC ASIA

आठौँ राष्ट्रिय खेलकूद स-यो, १३ औँ साग पनि प्रभावित हुने

कात्तिक २०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ- पूर्वाधार अभावका कारण आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता दुई महिनापछि सारिएको छ । 

Muktinath Bank

यही मङ्सिर महीनामा प्रदेश नं ५ का विभिन्न स्थानमा हुने तय भएको सो प्रतियोगिता आगामी माघ २५ देखि फागुन १ गतेसम्म गर्ने गरी तय भएको राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले  जानकारी दिनुभयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अघिल्लो महीना नुवाकोटको ककनीमा बसेको राष्ट्रिय खेलकूद परिषद् सञ्चालक समितिको (बोर्ड) बैठकले मङ्सिर ८ गतेदेखि नेपालगञ्ज रङ्गशालामा उद्घाटन गरी बाँके, बर्दिया, दाङ र रुपन्देहीका विभिन्न स्थानमा सो प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो । 


Advertisment
Nabil box
Kumari

“समयमै आवश्यक सबै पूर्वाधार निर्माण हुन सकेन, पूर्वाधार नबनाई प्रतियोगिता गर्दा समस्या हुन्छ, दुई महीना पर सार्दैमा केही फरक पर्दैन,” सदस्यसचिव विष्टले भन्नुभयो । 

Vianet communication
Laxmi Bank

राष्ट्रिय खेलकूदका लागि सबै तयारी युद्धस्तरमा भइरहेको बताउँदै उहाँले प्रतियोगिता नयाँ तोकिएको मितिमै हुने जानकारी दिनुभयो । 

सदस्यसचिव विष्टले भन्नुभयो, “मिति सारेको निर्णय सार्वजनिक गरे ठेकेदारले काम ढिलो गर्लान् भनेर सार्वजनिक नगरेका हौँ, तर राष्ट्रिय खेलकूद चाहिँ कन्फर्म तोकिएकै मितिमा हुन्छ, सरकारले यसका लागि आवश्यक बजेट दिने ग्यारेन्टी पनि गरिसकेको छ ।” 

उहाँले आगामी फागुन २५ देखि चैत ५ गतेसम्म नेपालमा हुने तय भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग) पनि छ महीना सार्ने प्रस्ताव गरेको जानकारी दिनुभयो । आगामी सेप्टेम्बर महीनामा १३औँ साग आयोजना गर्छौैं भन्नुभयो । 

साग सार्ने प्रस्ताव परिषद्ले एनओसी हुँदै दक्षिण एशियाली ओलम्पिक काउन्सिललाई पठाउनेछ । त्यसपछि काउन्सिलको निर्णयअनुसार मात्र नयाँ मिति तय हुनेछ । “ओलम्पिक कमिटीसँग समन्वय गरेर हामीले सागपछि सार्ने प्रस्ताव गरेका छौँ, यसबारे छिट्टै निर्णय हुन्छ”, उहाँले भन्नुभयो । 

भौतिक पूर्वाधार निर्माण तथा टोली तयारीमा पर्याप्त काम हुन नसकेको भन्दै दुवै ठूला खेल सार्ने निर्णय गरिएको हो । युवा तथा खेलकूदमन्त्री परिषद्को अध्यक्ष रहने तर कार्यकारी अधिकार भने सदस्य सचिवमा रहने व्यवस्था छ । 

सदस्यसचिव विष्टका अनुसार आठौँ राष्ट्रिय खेलकूदका लागि भौतिक पूर्वाधार निर्माणलाई रु ३३ करोड बजेट निकासा भइसकेको छ । यसैगरी आयोजनाका लागि पनि रु ३५ करोड आवश्यक पर्नेमा १७ करोड आइसकेको र बाँकी रकम दिन अर्थ मन्त्रालय तयार रहेको पनि बताउनुभयो । दुई वर्षअघि सातौँ राष्ट्रिय खेलकूद गर्न अर्थ मन्त्रालयले रु ३३ करोड बजेट उपलब्ध गराएको थियो । 

युवा तथा खेलकूद मन्त्रालयका प्रवक्ता अणप्रसाद न्यौपानेले पूर्वाधार निर्माणकै कारण प्रतियोगिता दुई महीना पर सारिएको स्पष्ट पार्नुभयो । 

उहाँले भन्नुभयो, “प्रतियोगिता उद्घाटन हुने नेपालगञ्ज रङ्गशाला निर्माण सम्पन्न गर्न केही समय लाग्ने देखियो, अन्य पूर्वाधारको काम पनि पूरा गर्न केही समय लाग्ने भएकाले प्रतियोगिता सारिएको हो ।” 

पूर्वाधारको सम्पूर्ण निर्माण कार्य माघ दोस्रो सातासम्म सक्ने गरी ठेकेदारलाई भनिसकिएको र आवश्यक बजेट पनि सरकारका तर्फबाट उपलब्ध गराइसकिएको उहाँको भनाइ छ । 

सङ्घीय संरचनाअनुसार प्रतियोगिता 

अघिल्लो संस्करणसम्म विकास क्षेत्रका पाँच तथा तीन विभागीय टोलीले राष्ट्रिय खेलकूदमा सहभागिता जनाउने चलन थियो । तर देश सङ्घीय संरचनामा गइसकेकाले र पहिलो पटक गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को एउटा टोली पनि समावेश गर्ने भएपछि राष्ट्रिय खेलकूद पनि त्यहीअनुसार गर्दा टोली सङ्ख्या बढेर ११ पुगेको छ । 

आर्थिक र अन्य कारणले पलायन भएका प्रतिभालाई राष्ट्रिय खेलकूद हुँदै राष्ट्रिय टोलीसम्मको यात्रा निश्चित बनाउन गैरआवासीय टोलीको सहभागिता खोजिएको राखेपको भनाइ छ ।रासस 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x