×

NMB BANK
NIC ASIA

कर्मचारीले नेतालाई पनि आफूजस्तै बनाउन खोजेका कारण समस्या आयो–प्रचण्ड

कात्तिक २१, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

पोखरा– नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश असफल भयो भने गणतन्त्र संघीयता र सम्पूर्ण अधिकार असफल हुने बताएका छन् । उनले प्रदेश सरकारलाई प्रदेश सभालाई कसरी प्रभावकारी बनाउने भन्ने प्रश्न अहिलेको  सबैभन्दा महत्वपूर्ण विषय भएको उनले बताए ।   

Muktinath Bank

गण्डकी प्रदेशको पोखरामा पत्रकारहरुसँग कुरा गर्दै नेकपाका अध्यक्ष प्रचण्डले स्थानीय सरकार गाउँविकास समितिको संरचना यस अघिको व्यवस्थामा पनि भएपनि प्रदेश सरकार नौलो भएकाले केही जटिलता सिर्जना भएको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सिंहदरबारको अधिकार प्रदेशमा र स्थानीय तहमा पु¥याउनका लागि प्रदेशको व्यवस्था संविधानले गरेको भन्दै प्रचण्डले व्यवहारमा प्रदेश चाँही नचाहिँदो रुपमा थोपार्देको जस्तो हुनु गम्भीर रहेको बताए । 


Advertisment
Nabil box
Kumari

प्रदेशले गति लिन नसक्नु आवश्यक कर्मचारी पाउन नसक्नु भवनहरु बन्न नसक्नुमा राजनीतिक नेतृत्व र स्थायी सरकारको रुपमा रहेको कर्मचारीतन्त्रबीचको तादम्यता र एकरुपताको कमी भएको प्रचण्डको भनाइ छ । 

Vianet communication
Laxmi Bank

‘विश्वको इतिहासमा सिस्टम परिवर्तन भयो भने कर्मचारीतन्त्रको एउटा लेयर हटाइन्छ’ प्रचण्डले भने ‘ परिवर्तनलाई संस्थागत गर्न नयाँ सिस्टमप्रति लोयल भएका कर्मचारीलाई प्रमोट गरिन्छ तर हाम्रो देशमा यस्तो गरिँदैन जसले केही समस्या ल्याएको छ ।’ 

‘कुनै पनि आन्दोलन संघर्षपछि नयाँ व्यवस्था आएपनि ‘व्यूरोक्रेसि’ पुरानै रहन्छ । जसले नयाँ परिवर्तनलाई स्वीकारी सकेको हुँदैन र त्यसले नेतालाई पनि आफू जस्तै बनाउँछ जसले गर्दा समस्या आउँछ’ प्रचण्डले भने । 

संघीयता कार्यन्वयनका लागि आवश्यक कर्मचारी सिंहदरबार छोडेर तल जान नचाहने र  सरकारले त्यससँग सम्झौता गर्न नसक्ने भएका कारण केही समस्या देखिएको प्रचण्डको भनाइ थियो । 

दीर्घकालिन महत्वका काम

प्रचण्डले केपी ओली नेतृत्वको वर्तमान सरकारले दीर्घकालिन महत्वका धेरै विषयमा सफलता हात पारिरहेको बताए । 

लाह्सा लुम्बिनी रेल मार्ग, पूर्व पश्चिम रेल, छिमेकीसँगको सम्बन्ध लगायतका कुरामा सरकार सफल भएको प्रचण्डको भनाइ छ । 

‘एतिहासिक र रणनितीक पूर्वाधार बनाउने कुरामा सरकार सफल छ’ प्रचण्डले भने ।

संविधानले असोज तीन भित्र मौलिक अधिकारका सबै ऐन बन्नुपर्छ भन्ने संवैधानिक व्यवस्था अनुसार सरकारको ध्यान त्यसतर्फ केन्द्रीत भएका कारण अन्य विषयमा केही कम कम काम भएको प्रचण्डको भनाइ थियो । 

‘यस्तो बलियो सरकार भएपछि खाल्टाखुल्टी पुरियोस् पीच भइहालोस्, मूल्य घटिहालोस् भन्ने जनताको चाहना स्वभाविक हो’ प्रचण्डले भने,‘वर्षा गएको छ अब सरकारले ‘गियर’ बदल्ने समय असाएको छ अब जनताले केही महसुस गर्न सक्ने काम हुनेछ ।’

उनले पार्टी एकता र सरकारको कामलाई ‘रिभ्यु’ गर्ने प्रयास सुरु भइसकेका बताए । 

जे उदेश्य राखेर कम्युनिष्ट पार्टी गठन भएको थियो त्यो पूरा हुने प्रचण्डको दाबी छ । 

‘प्रगति गरेपनि नकारात्मक सोच आउँने जे गरेपनि रिस गर्ने पर्ने जुन अवस्थाको विकास भएको छ त्यसले फाइदा गर्दैन’ प्रचण्डले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x