×

NMB BANK
NIC ASIA

स्तन क्यान्सर भएका महिलाले नेपालमै स्तन फेर्न सक्ने

कात्तिक २१, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौ– नेपाल चेम्बर अफ कमर्सको आयोजनामा ललितपुर हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरमा वुमन चेम्वर अफ कमर्सका सदस्यहरुलाई स्तन क्यानसरसम्बन्धी अभिमुखीकरण तालिम दिइएको छ ।

Muktinath Bank

स्तनपान सचेतना महिनाको अवसिर पारेर उक्त कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अक्टोबर महिनालाई हरेक वर्ष स्तनपान महिनाका रुपमा मनाइँदै आइएको छ । कार्यक्रममा स्तन क्यान्सरबाट बच्ने उपाय, रोग लागेपछि अपनाउनुपर्ने सतर्कता तथा रोकथाम र उपचार पद्धपतिबारे जनचेतना अभिवृद्धिका लागि समाजका अगुवाहरुले खेल्नुपर्ने भूमिका लगायत विषयमा प्रकाश पारिएको थियो ।


Advertisment
Nabil box
Kumari

कार्यक्रममा मिडिया, हेल्थ र ह्याप्पीनेस मोटिभेसनल ट्रेनर सिमोन नेउपानेले स्तन क्यान्सरसँग जुध्न अपनाइने मेडिटेसनको प्रदर्शन गरेका थिए । अस्पतालका सर्जिकल अन्कोलोजी विभाग प्रमुख डा. कपेन्द्रशेखर अमात्यले स्तन क्यानसरबारे सहभागीलाई विस्तृतमा जानकारी गराएका थिए । उनले स्तन क्यान्सर भएको जानकारी समयमै चिकित्सकलाई गराउन सकिए स्तन काटेर फल्न बाध्य नहुने प्रष्ट्याए ।

Vianet communication
Laxmi Bank

उनले स्तन क्यान्सर भएर स्तन गुमाउन बाध्य महिलाहरुका लागि नयाँ स्तन राख्न सकिने प्रविधि नेपाल भित्रिइसकेको उल्लेख गरे । उक्त प्रविधिलाई अन्कोप्लाष्टिक ब्रेष्ट सर्जरी भनिने बताए । डा. अमात्यले नेपालका चिकित्सक जस्तोसुकै जटिल स्तन क्यान्सरको उपचार गर्न पनि सक्षम रहेको जनाए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल च्याम्बर अफ कमर्सका उपाध्यक्ष दीपक मलहोत्राले क्यान्सरसँग लडिरहेका व्यक्तिहरुको सहायताका समाजका सबै तह र तप्का एकजुट हुनुपर्नेमा जोड दिए । वुमन चेम्वर अफ कमर्सकी अध्यक्ष डा. अञ्जन शाक्यले कामकाजी र व्यवसायिक महिलाहरुको क्यान्सर रोकथाम स्वास्थ्य जाँचका लागि जनचेतनामूलक कार्यक्रमको महत्व रहेको प्रकाश पारिन् ।

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका कार्यकारी अध्यक्ष एवं वरिष्ठ कन्सल्टेन्ट अंकालोजिष्ट डा. सुदीप श्रेष्ठले नपालका बहुसंख्यक जनता क्यान्सरजस्तो महंगो रोगको उपचार आफैं गर्न अक्षम रहेकाले सरकारले सबै जनताका लागि स्वास्थ्य बीमा कार्यक्रम अगाडि बढाउनुपर्ने बताए ।

वुमन चेम्बर अफ कमर्सकी हेल्थ कमिटी संयोजक स्वरुपा श्रेष्ठले क्यान्सर रोगबारे मुलुकको ग्रामीण क्षेत्रसम्म जनचेतना विस्तार गर्नुपर्ने विचार व्यक्त गरिन् । उनका अनुसार वुमन च्याम्बरले क्यान्सर रोगको रोकथाम र उपचारबारे नेपाल क्यान्सर अस्पताल, च्याम्बर अफ कमर्स, रोटरी र लायन्स क्लबजस्ता सामाजिक संघसंस्थासँगको सहकार्य गरिरहेको छ ।

सो अवसरमा अस्पतालका मेडिकल डाइरेक्टर डा. विजेशराज घिमिरेले कयान्सर अस्पताल र च्याम्बर अफ कमर्सबीच समाजिक कार्यहरुमा सहकार्य हुँदै जाने बताए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x