धन कमाउने ५ सरल उपाय : मंगलवार ऋण तिर्नुहोस्, बुधवार उदारो नदिनुहोस्

कात्तिक २१, २०७५

ज्योतिषशास्त्रमा बताइएका अनेकथरी उपाय अपनाउँदा सबै किसिमका मनोकामना पूरा हुन्छन् । यहाँ हामी केही सरल उपाय बताउँदैछौं जसलाई अपनाउँदा तपाईंले धन कमाउन सक्नुहुन्छ ।

१. घरकी प्रमुख महिलाले बिहानै सूर्योदयअघि नै उठेर तामाको लोटामा जल भरेर मुख्य द्वारमा छर्किएमा देवी लक्ष्मी प्रसन्न हुनुहुनेछ र त्यो घरमा कहिल्यै दरिद्रता आउँदैन ।

२.बुधवार लक्ष्मीको आगमनको दिन हो । यो दिन कसैलाई पनि सामान वा धन उधारोमा दिनु हुँदैन । यसो गर्दा धन आगमनमा बाधा पुग्छ । 

३. हरेक औंसीमा शुभलाभको चतुर्भुजमा लक्ष्मी पूजन गर्दा उहाँ अति प्रसन्न हुनुहुन्छ र धनलाभ हुन्छ ।

४.बिहीवार अचानक तपाईंले धेरै धन पाउनुभयो भने मन्दिरमा दान गरिदिनुस् । यस्तो दानले तपाईं झन् धेरै पैसा आउने बाटो खोलिदिन्छ ।

५.कसैको ऋण चुकाउनु छ भने मंगलवारदेखि पैसा दिन थाल्नुस् । ऋण छिट्टै चुक्ता हुन्छ । 


ADVERTISEMENT

कात्तिक २१, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस