स्रष्टाको स्वास्थ्यप्रति प्रधानमन्त्री ओलीकाे चिन्ता

कात्तिक २२, २०७५

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले स्रष्टालाई चुरोट त्याग्न आग्रह गर्नु भएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी कला, साहित्य प्रतिष्ठानले बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो आग्रह गर्नु भएको हो ।

उहाँले चुरोट खाएर स्वास्थ्य बिगारिरहेका कोही स्रष्टा भएमा आजैदेखि देवकाटोलाई साक्षी राखेर चुरोटको अम्मल त्याग्न आग्रह पनि गर्नुभयो । देवकोटाको चुरोट खाने व्यक्तिगत आदत खराब भएको र त्यही कारणले उहाँ ५० वर्षकै उमेरमा बित्नुभएको भन्दै प्रधानमन्त्री ओलीले सङ्ग्रहालयमा उहाँका चुरोटका ठुटाबाहेक अन्य प्रेरणात्मक पक्षहरू समावेश गरिने सुनाउनुभयो । 


ADVERTISEMENT

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीसहित नेतागण, वरिष्ठ स्रष्टाको सहभागिता रहेको कार्यक्रममा वरिष्ठ गायक भक्तराज आचार्यसमेत उपस्थित हुनुहुन्थ्यो । 
 

कात्तिक २२, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस