नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक आउने मन्त्री अधिकारीको दाबी

कात्तिक २२, २०७५

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले पर्यटन क्षेत्रको विकास र विस्तारमा आफू कटिबद्ध भएर लागिपरेको बताएका छन् । नेपाल भ्रमण वर्ष २०२० मा २० लाख विदेशी पर्यटन भित्र्याउने उनको दाबी छ । 

देउसी–भैलो कार्यक्रममा बुधबार राति पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री अधिकारीले भने,“नेपालमा अब विकास र समृद्धिको लहर आउँछ । हामी आर्थिक क्रान्ति गर्छौं । प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको नेतृत्वमा मुलुक अब विकास र समृद्धिको युगतर्फ अघि बढिसक्यो ।” 


ADVERTISEMENT

मुलुकमा भ्रष्टाचार अन्त्य गर्ने र सुशासन कायम गर्दै अघि बढ्ने सरकारको लक्ष्य रहेकोले अब देखिने गरी विकासका लहर आउने उनको दाबी छ ।
 

कात्तिक २२, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार