×

NMB BANK
NIC ASIA

कलाकारको तिहार : कोही भाइटीका लगाउन जन्मघरतर्फ र कोही देउसीभैलोमा व्यस्त

कात्तिक २२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं –नेपालीहरूको दोस्रो ठूलो चाड हो, तिहार । यतिबेला देशैभर तिहारको रौनक छ । बत्तीको झिलिमिली, फूलमाला तथा देउसीभैलोको उमंगले तिहारलाई उल्लासमय बनाउँछ ।

Sagarmatha Cement
Muktinath Bank

कलाकारहरूलाई पनि तिहार राम्रैसँग लागेको छ । दिदीभाइ तथा दाजुबहिनीबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने पर्वका रूपमा लिइने तिहारलाई नेपाली चलचित्र तथा गीत-संगीत क्षेत्रका कलाकारहरूले पनि धुमधामका साथ मनाउँदैछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कलाकारहरूको तिहार कसरी बित्दैछ ? केही कलाकारहरूको योजना यस्तो छ:


Advertisment
Nabil box
Kumari

सीताराम कट्टेल (धुर्मुस)

Vianet communication
Laxmi Bank

पछिल्लो समय अभिनय भन्दा पनि सामाजिक क्षेत्रमा अग्रसर छन्, हाँस्य कलाकार सीताराम कट्टेल (धुर्मुस) । उनलाई सबैभन्दा मन पर्ने चाड हो तिहार । भन्छन्– ‘जताततै झिलिमिली, संगीतमय वातावरणले मनमा छुट्टै ऊर्जा मिलेको आभाष हुन्छ ।’

उनले यसवर्षको तिहार काठमाडौंमै मनाइरहेका छन् । दुई बहिनीका दाजु धुर्मुस काठमाडौं बालकुमारीमा रहेकी जेठी बहिनीको घरमा टीका लगाएर तिहार मनाउने बताउँछन् । पारिवारिक भेटघाट, रमाइलो गरी उनको यसवर्षको तिहार बित्नेछ । पछिल्लो समय तिहारमा देखासिकी बढेकोप्रति भने चिन्तित छन् । भन्छन्– ‘पछिल्लो समय तिहारमा देखासिकी र बढी भड्किलो बन्दै गएको आभाष हुन्छ, त्यो राम्रो होइन् ।’

पूजा शर्मा 

पछिल्लो समयकी चर्चित नायिका हुन पूजा शर्मा । चलचित्र ‘प्रेम गीत’ चलेपछि उनको चर्चा ह्वात्तै बढ्यो । गत भदौमा प्रदर्शनमा आएको ‘रामकहानी’लाई पनि दर्शकले रुचाए । पूजालाई सबैभन्दा मनपर्ने चाड नै तिहार हो । तर केही वर्षदेखि भाइटीकामा उनको हात तथा निधर खाली रहँदै आएको छ ।

‘म परिवारकी एक्ली छोरी हुँ,’ उनी भन्छिन्, ‘केही वर्ष पहिलासम्म त मामाका छोराहरूलाई टीका लगाउँथें । पछि कोही कता, कोही कता हुनुभयो । अनि टीका लगाउनै छाडें ।’ उनलाई तिहारको झिलिमिली र देउसीभैलो खुबै मन पर्छ । सानोमा साथीभाइ जम्मा भएर देउसीभैलो खेलेको र जम्मा भएको पैसाबाट पिकनिक गएको उनलाई याद आउँछ । भन्छिन्, ‘सानोमा साथीहरूसँग देउसीभैलो खेल्थें, अहिले काममै व्यस्त रहँदा खेल्न पाउँदिनँ ।’

तिहारमा मीठामीठा खानेकुरा खाने, परिवारसँग रमाईलो गर्ने र जावलाखेलतिर घुम्ने उनको योजना छ । ‘तिहारको रमाइलोमा रमाइरहेका बेला टीका लगाउन नपाउँदा कताकता नरमाइलो लाग्छ,’ उनले भनिन् । 

आकाश श्रेष्ठ

अहिलेका व्यस्त नायकमध्ये पर्छन्, आकाश श्रेष्ठ । उनी एकपछि अर्को चलचित्रमा व्यस्त बनिरहेका छन् । गत भदौमा प्रदर्शनमा आएको ‘रामकहानी’लाई दर्शकले रुचाएका थिए । उनको अर्को चलचित्र ‘ड्रिम गर्ल’ मंसिरमा प्रदर्शनमा आउँदैछ भने तिहारलगत्तै आकाश नयाँ चलचित्र ‘वीर विक्रम २’ को छायांकनमा व्यस्त रहनेछन् ।

उनको यसवर्षको तिहार काठमाडौंमै बित्दैछ । एक दिदीका भाइ आकाशले यसवर्ष मामाको छोरीबाट टीका लगाउनेछन् । ‘दिदी बिहेपश्चात यूएईमा हुनुहुन्छ । यसवर्ष मामाको छोरीबाट टीका लगाउनेछु ।’ उनी तिहारलाई रमाइलो पर्वका रूपमा लिन्छन् । ‘जता गएपनि झिलिमिली, फूलैफूल देख्दा आनन्द लाग्छ,’ उनी भन्छन् ।

वर्षा सिवाकोटी

वर्षा सिवाकोटी अहिलेकी व्यस्त नायिकामा पर्छिन् । ‘नाइँ नभन्नू ल २’ बाट सिने क्षेत्रमा भित्रिएकी वर्षाले आधा दर्जनभन्दा बढी चलचित्रमा आफ्नो अभिनय कौशल देखाइसकेकी छिन् । उनी यसवर्षको तिहार काठमाडौंमा मनाउँदैछिन् । दुई दाइ र एक भाइलाई टीका लगाइदिएर तिहार मनाउने उनको योजना छ । तिहारलगत्तै भने उनी ‘वीर विक्रम २’को छायांकनमा व्यस्त बन्नेछिन् । 

सुरक्षा पन्त

नायिका सुरक्षा पन्त चलचित्र ‘धनपति’बाट दर्शकको नोटिसमा परेकी हुन् । उनी अभिनित ‘चङ्गा चेट’यतिबेला हलमा प्रदर्शन हुँदा उनको चर्चा फेरि बढेको छ । यस वर्षको तिहार उनका लागि अझ बढी विशेष छ ।

तिहार मनाउन बुधबार बुटवलतर्फ लागेकी सुरक्षाले भनिन्, ‘यसवर्षको तिहार यसकारण विशेष छ कि चारजना दिदीबहीनी धेरैपछि एकैठाउँमा जम्मा हुँदैछौं ।’ परिवारमा रमाइलो गर्ने एक भाइलाई टीका लगाउने र देउसीभैलो खेल्ने योजना समेत उनको छ । तिहारमा सांगितिक वातावरण उनलाई असाध्यै मनपर्छ ।

खुमन अधिकारी

गायक खुमन अधिकारीले यसवर्षको तिहार जन्मघर स्याङजामा मनाउँदैछन् । यसवर्ष मात्र होइन, दशैं तिहारमा उनी प्रायः घरमै पुग्छन् । ‘म विदेशको कार्यक्रम समेत स्थगित गरेर दशैं, तिहारमा घर पुगेकै हुन्छु,’ उनले भने । दुई दिदीका भाइ खुमनले जेठी दिदीसँग टीका लगाउनेछन् ।

मंगलवार राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको आयोजनामा देउसीभैलो खेलेका खुमन बुधबार चितवनमा आयोजित सांकृतिक कार्यक्रममा सहभागी भएर घरतर्फ लागेका छन् । भाइटीका, देउसीभैलो, रोटीको परिकार, साथीभाइसँग भेटघाट हुने भएकाले उनलाई तिहार स्पेसल लाग्छ । सानोमा गउँमा भैलो खेल्न जाँदाको लिडर नै उनी हुन्थे ।

केटाकेटी समयमा तिहारमा भैलो खेलेको उनलाई अहिले पनि खुबै याद आउँछ । भन्छन्, ‘अहिले पनि घर जाँदा देउसीभैलो खेल्न मन लाग्छ, कहिलेकाहीँ खेल्छु पनि ।’

अञ्जली अधिकारी

पछिल्लो समयकी चर्चित मोडल हुन् –अञ्जली अधिकारी । ‘बोल माया बोल’को गीतमा अभिनय गरेपश्चात उनको चर्चा ह्वात्तै चुलियो । पछिल्लो समय उनी चलचित्रका गीतमा समेत नृत्य गर्न थालेकी छिन् ।

उनी यसवर्षको तिहार घर नेपालगञ्जमा मनाउँदैछिन् । त्यसका लागि उनी बिहीबार काठमाडौंबाट घरतर्फ लाग्दैछिन् । उनलाई तिहारको टीका, देउसीभैलो र झिलिमिली असाध्यै मनपर्छ । तिहार योजनाबारे भन्छिन्, ‘त्यस्तो खासै योजना छैन, घर जाने टीका लगाउने, रमाइलो गर्ने त्यही त हो ।’ 

करिष्मा ढकाल

मोडल करिष्मा ढकालको व्यस्तता पछिल्लो समय अत्याधिक बढ्दो छ । गत तीजमा मात्र उनले ६० बढी म्यूजिक भिडियोमा काम गरिन् । दशैं र तिहारमा पनि उनी अभिनित म्यूजिक भिडियोहरू बजारमा आए । पछिल्लो समयमा म्यूजिक भिडियोमा रोजाइमा पर्ने यी मोडललाई चाडमध्ये तिहार सबैभन्दा मनपर्छ ।

‘मलाई सबैभन्दा मनपर्ने चाड नै तिहार हो,’ उनी थप्छिन्, ‘जताततै झिलिमिली, देउसीभैलोको रमाइलोले आनन्दित तुल्याउँछ ।’ उनी यसवर्षको तिहार काठमाडौंमै मनाउँदैछिन् । भन्छिन्, ‘आफ्नै ५ र मामाघरका ५ दाजुभाइलाई टीका लगाएर तिहार मनाउँदैछु ।’ टीका लगाएलगत्तै उनी कार्यक्रममा लागि इण्डिया जानेछिन् । 

कृष्णबाबु

मोडल कृष्णबाबुलाई तिहार लागिसकेको छ । उनी देउसीभैलोको तयारीमा लागेका छन् । स्याङ्जा स्थायी घर भएका उनी कर्मस्थल बुटवलमा तिहार मनाउँदैछन् । भन्छन्, ‘बहिनीको हातबाट टीका लगाउने, देउसीभैलो खेल्ने र साथीहरूसँग रमाइलो गरेर तिहार मनाउँदैछु ।’ उनलाई तिहार असाध्यै मनपर्छ । भन्छन्, ‘देउसीभैलोको रमाइलो, रोटीको परिकार, जताततै झिलिमिली असाध्यै मनपर्छ ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x