ऐश्वर्या देखि सलमानसम्म तैमुर देखि यशसम्म यसरी मनाए दिवाली

कात्तिक २२, २०७५

नेपालमा हिजो बुधबार लक्ष्मीसँग धुमधामसँग मनाइयो । यस्तै हिन्दूधर्मावलम्बी रहेको भारतमा पनि दिवाली धुमधामसँग मनाइएको छ । 

यसक्रममा भारतका सेलिब्रेटीहरुले धुमधामसँग दिवाली मनाएका छन् । बलिउड स्टार्सले धुमधामले दिवाली मनाएका हुन् । जहाँ सोनम कपुर आनन्द आहुजाले विवाह पछिको दिवाली विदेशमा मनाएका छन् । सलमान खान बहिनी अर्फिताको घरमा दिवालीको पार्टीमा गएका थिए । 


ADVERTISEMENT

रणीविर दीपिका दिवालीको अवसरमा निर्देशक सञ्जय लीला भन्सालीको अफिस पुगेका थिए । समाचारहरुका अनुसार उनीहरुले निर्देशकलाई विवाहको निम्ता दिएका हुन् । बलिउड सेलेब्रेटिको दिवाली यस्तो रह्यो । 

तस्वीरमा अभिषेक बच्चन, ऐश्वर्या तथा आराध्या । उनीहरु केही दिनअघि गोवामा विदा मनाएर फकिएका हुन् । 

बरुण धवनले आफ्नी प्रेमिका नताशा दलाल तथा परिवारका साथ दिवाली मनाए । 

सोनम कपूरले पति आनन्द आहूजाका साथ लण्डनमा दिवाली सेलिब्रेट गरेका छन् ।

ट्विंकल खन्न तथा अक्षय कुमारले दिवाली मनाएका छन् । 

अजय देवगन र कजोलले परिवारका साथ दिवाली मनाए । 

दिवालीमा करिना कपूरा इन्डियन लुक्समा देखिएकी थिइन् ।

कटरीना कैफले दियो बालिदरहेको तस्वीर सार्वजनिक भएको छ । 

दिवालीमा शाहीद कपुर र मीरा राजपूतको रोमान्टिक तस्वीर सार्वजनिक भएको छ । दिवालीको अवसरमा दुबै जना किस गरिरहेका देखिएका हुन् । 

सैफ अली खान तथा तैमुरको दिवाली लुक्स सार्वजनिक भएको छ । 

करण जोहर आफ्ना छोरा यशसँग देखिएका छन् ।
 

कात्तिक २२, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस