×

NMB BANK
NIC ASIA

गाउँपालिकाले बाड्यो विपन्न परिचयपत्र, गरीबी अन्त्य गर्नको लागि आवधिक गुरुयोजना

कात्तिक २२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत– सिम्ता गाउँपालिकाले नेपालमै पहिलोपटक विपन्नता परिचयपत्र वितरण गरेको छ । गाउँपालिकाले विभिन्न ५६ ओटा सूचकको आधारमा गरीबको पहिचान गरेको हो । 

Muktinath Bank

जग्गा जमिन तथा घर नभएकालाई अति विपन्न, थोरै जग्गा भएकालाई विपन्न, तीन महिना मात्र खान पुग्नेलाई मध्यम तथा बाह्रै महिना खान पुग्नेलाई सम्पन्न घर परिवारको रुपमा सूचिकृत गरिएको छ । 
३१ हजार ३१३ जनसंख्या रहेको सिम्तामा सबैभन्दा बढी जनजाती समुदायका ७३ प्रतिशत जनता गरीब रहेका छन् भने २७ प्रतिशत जनजाती धनी रहेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गरीबी निवारण कोषका कार्य प्रवन्धक केशव ढुंगेलका अनुसार दलित समुदायका ७१ प्रतिशत जनसंख्या गरीब रहेको छ भने २९ प्रतिशत मात्रै धनी रहेका छन् । यस्तै वाहुन क्षेत्रीमा ६९ प्रतिशत गरीब रहेको पाइएको छ भने ३१ प्रतिशत जनता मात्रै धनी रहेको तथ्यांक गाउँपालिकासँग छ ।


Advertisment
Nabil box
Kumari

गाउँपालिकाले प्रमाणपत्र वितरण गरेपछि प्रमाणपत्र प्राप्त गर्ने वडा नं. ३ की विर्मा नेपालीले खुशी प्रकट गरिन् । ‘बल्ल स्थानीय सरकार भएको मैले महसुस गरें’ उनले भनिन्, ‘गाउँपालिकाले हामीलाई अब क्षमता विकास र रोजगारी दिन्छ कि भन्ने आश लाग्न थालेको छ ।’ दुई छोरा र २ छोरीसहित अर्काको घरमा बसिरहेकी नेपालीका श्रीमान् आठ बर्ष अघि नै वितिसकेका छन् । ‘श्रीमान् वितिसकेका कारण छोरा छोरी पाल्न र घर बनाउन समस्या भयो ।’ उनले भनिन्, ‘छोरा छोरीलाई खानाको जुगाड गर्ने कि घर बनाउने ?’ उनले अब सरकारले आफ्नो लागि घर बनाइदिएको भए हुने बताईन् ।  

Vianet communication
Laxmi Bank

 सोही गाउँपालिका वडा नं. ७ की झरना पुन पनि प्रमाणपत्र पाएपछि उत्साहित बनेकी छिन् । ‘प्रमाणपत्रले हामीलाई गरीबीबाट मुक्ति पाइन्छ की भन्ने आश जगाएको छ’ उनले भनिन्, ‘सरकारले हामी गरीबलाई रोजिरोटीको व्यवस्था गरिदिएको भए वा रोजगारको व्यवस्था गरिदिएको भए हाम्रा लागि अति उत्तम हुने थियो ।’

यता, गाउँपालिका अध्यक्ष कविन्द्रकुमार केसीले आफूहरुले अहिले गरीब जनताको पहिचान गरेको बताए  । ‘हामी अहिले गरीब समुदायको तथ्यांक संकलन गर्न सफल भएका छौं’ उनले भने, ‘अब ति सबै गरीब समुदायलाई आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रमहरु लागू गर्छौैं ।’  गाउँपालिकाले गरीबी अन्त्य गर्नको लागि आवधिक गुरुयोजना निर्माणको कार्य गरिरहेको जनाएको छ ।

‘हामीले अब गाउँपालिकाको बजेट कार्यान्वयन गर्दा विपन्न परिवारलाई प्राथमिकता दिएर काम गर्ने योजना बनाएका छौं ।’ उनले भने, ‘सिम्तामा आउने संघ, प्रदेश वा अन्य निकायको बजेटलाई ती विपन्न परिवारको अवस्था सुधार गर्नमा हामी लगानी गर्नेछौं ।’

उनले परिचयपत्र प्राप्त गरेका जनतालाई आय आर्जनका क्षेत्रमा लगाउने बताए । ‘हामीले विपन्न जनताको पहिचान गरिसकेका छौं । सोही पहिचान मुताविक उनीहरुलाई आत्मनिर्भर बनाउने योजना कार्यान्वयन गरेर हामी अघि बढनेछौं’ उनले भने, ‘आगामी पाँच वर्षमा हाल ३९.१ प्रतिशत गरीबी रहेकोमा त्यसलाई घटाउने र आर्थिक समृद्धि बढाउने हाम्रो योजना हो । हाम्रो चाहना हो ।’

अध्यक्ष केसीले गाउँपालिकाले गरीबीको तथ्यांक संकलन गर्न विभिन्न ५६ ओटा प्रश्नहरु सोधिएको बताए । ‘हरेक घरमा गएर हामीले विभिन्न ५६ ओटा सूचकहरु प्रयोग गरेर तथ्यांक संकलन गरेका हौं ।’ उनले भने, ‘त्यसै आधारमा अति विपन्नलाई ‘क’, विपन्नलाई ‘ख’ मध्यमलाई ‘ग’ र सम्पन्नलाई ‘घ’ प्रमाणपत्र वितरण गरेका छौं ।’ उनका अनुसार सिम्तामा अति गरीब घरधुरी संख्या ३५३, गरीब घरधुरी संख्या ४९८, मध्यम घरधुरी संख्या ८३९ र सम्पन्न घरधुरी संख्या ३९०५ रहेको छ ।

‘गाउँपालिकाको समग्र विकासका लागि हामीले यो कार्यक्रमबाट सिम्ताको समग्र पक्षको अध्ययन गरी सार्वजनिक गरेका हौं । अध्यक्ष केसीले भने, ‘अब विस्तारै हामी कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, विद्युतलगायतका विषयको गुरुयोजना बनाउने र केही बनाइसकेर लागु गर्ने अन्तिम तयारीमा छौं ।’

उनले अहिललाई अति विपन्न र विपन्न परिवारलाई तत्काल केही पनि नदिइने बताए । ‘हामी अहिले नै वा तिहारको अवसर पारेर गाउँपालिकाबाट केही दिने अवस्थामा छैनौं’ उनले भने, ‘सिम्तालाई समृद्ध बनाउन हामीले गरीबीको तथ्यांक संकलन गरेका हौं र अहिले सिम्तामा व्याप्त गरीबीलाई हटाउन र आगामी विकास निर्माण र समृद्धिको यात्रा तय गर्न यो कार्यक्रम गरेका हौं ।’ अध्यक्ष केसीका अनुसार अब सिम्तालाई यो तथ्यांकले जनताको आय आर्जनको अवस्था हेरेर विकास निर्माण, स्वरोजगार, सीपमुलक कार्यक्रमहरु गर्न सहयोग पुग्ने बताए ।  कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले गरीब प्रमाणपत्र प्रदान गरेका थिए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x