फुटबलमा भारतसँग भिड्दै नेपाल

फाइल तस्बिर
कात्तिक २२, २०७५

काठमाडौँ– ओलम्पिकको एशियाली फुटबल छनोट खेलमा नेपाल अहिले भारतसँग खेलिरहेको छ । म्यानमाको याङगोनस्थित थुवुन्ना रङ्गशालामा नेपाल र भारतबीच खेल भइरहेको छ । 

अर्को वर्ष जापानमा आयोजना हुने ओलम्पिक खेलकुदअन्तर्गत महिला फुटबलको छनोटका लागि नेपाली टोली अहिले म्यान्मामा रहेको छ । ओलम्पिकका लागि पहिलो चरणमा एशियाबाट १८ टोलीले प्रतिस्पर्धा गर्दैछन् । समूह ’ए’ र ’बी’ मा पाँच÷पाँच राष्ट्र रहेका छन् भने समूह ’सी’ र ’डी’ मा चार÷चार टोली छन् । 

प्रत्येक समूहका विजेता र उपविजेताले दोस्रो चरणको छनोटमा स्थान बनाउने छन् । तेस्रो हुने समेत दोस्रो चरण पुग्नेछ । ओलम्पिकको एशियाली छनोटअन्तर्गत नेपाल रहेको समूहमा ‘सी’मा भारत, म्यानमा र बङ्गलादेश छन् । नेपालले दोस्रो खेल कात्तिक २५ गते म्यानमासँग तथा कात्तिक २७ गते बङ्गलादेशसँग खेल्नेछ । 


ADVERTISEMENT

कात्तिक २२, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस