कात्तिक २१, २०८०
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
– निरु गौतम
बुटवल- यतिबेला जताततै दीपावलीको रौनक छ । सबैका घर तथा व्यावसायिक प्रतिष्ठानहरु झिलिमिली बत्तीले झकिझकाउ छ । गाउँ शहरका चोकचोकमा दीपावलीको गरिएको छ । तर परिवारको बिछोडमा अनाथाश्रममा जीवनयापन गरिरहेकाहरुलाई भने तिहारले छुन सकेको छैन ।
हरेक चाडहरु आउँछन् जान्छन् तर परिवारभन्दा बाहिर बस्नुको पीडा उनीहरुलाइ असह्य छ । कतिपय बालबालिकालाई त आफ्नो जन्मदिने आमाबुबाको अनुहारसम्म याद छैन । उनीहरुलाई खाने, बस्ने, पढ्ने सबै व्यवस्था आश्रमले गरे पनि परिवारको कमी सधैँ महसुस हुन्छ । जन्मदिने आमा र जन्मथलोलाई सबैभन्दा धेरै याद गर्छन् उनीहरु ।
आफ्नै परिवार र आफन्तका कारण आश्रममा जीवन व्यतित गर्न बाध्य उनीहरु चाडपर्वमा पनि खिन्न मन बनाएर आश्रममै बस्छन् । विगत तीन वर्षदेखि बुटवलको बाल कल्याण गृहमा रहेका रुकुमका १० वर्षीय बालक विजय परियारलाई तिहारको महत्व छैन । परिवारबिनाको चाड विजयलाई रमाइलो लाग्दैन ।
“तिहारमा कति धेरै पटका पट्काउँथँे, रमाइलो हुन्थ्यो यहाँ त त्यति रमाइलो लाग्दैन”, परियारले दुखेसो पोखे । आमाबुबाले छोडेर हिँडेपछि हजुरआमाको रेखदेखमा हुर्किएका जीवनको हजुरआमा मृत्युपछि जीवन सहज भएन । आमाबाबु कहाँ गए, बजै पनि मरिन् अनि एउटा अङ्कलले आश्रममा ल्याएर छाडे”, उनी भन्छन्, “मलाई रुकुम जान कति मन लाग्छ तर कसैले लग्दैन ।”
परियारजस्तै नवलपरासी बडेराकी छ वर्षीय मनु मुसहर पनि चाडमा आफन्तलाई धेरै याद गर्छिन् । पाँच दिदी र एक दाजुकी कान्छी बहिनी भएर पनि बालगृहमा बस्नुपर्दा उनको मन नरमाइलो छ । सानो छँदा आमाबुबाले छोडेर गएपछि नौ वर्षीय दिदी मनिषा मुसहरसहित बालगृहमा बस्न थालेकी मनुले चाडपर्वमा परिवारको धेरै याद गर्छिन् ।
मनुकी दिदी मनिषा भन्छिन्, “यहाँ खान बस्न त राम्रो छ तर मनुले घर जान मन गर्छिन् । कहिलेकाहीँ रोएर जिद्धि गर्छिन्, दाजु र दिदीले पनि घर लैजान खोज्नुहुन्न । तिहारमा पटका पड्काउन र दियो बाल्न मनुलाई धेरै मन पर्छ ।
नवलपरासी सुनवलकी १५ बर्षीया बबिता थापाको मन पनि चाड आउँदा खिन्न हुन्छ । सानैमा बाबु मरेपछि रोजगारीका लागि कतार गएकी आमाको कुनै खबर नभएपछि छिमेकीको सहायतामा बालगृहमा रहेकी बबिताले चाड आउँदा आमा र आफन्तलाई धेरै याद गर्छिन् ।
सानै उमेरमा बाबु गुमाएकी र आमाको पनि कुनै खबर नआउँदा बबितालाई नरमाइलो लाग्छ । “आश्रममा बसेपछि भनेजस्तो कहाँ हुन्छर धन्न खान बस्न पाइएको छ । यो नै ठूलो कुरा हो, आँशु झार्दै थापा भन्छिन्, “परिवारसँग मिलेर चाड मनाउन त भाग्यमै रहेनछ ।”
अनाथ बालबालिकाका लागि आश्रमले गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा सबैको व्यवस्था गरेको छ । उनीहरुलाइ आश्रमप्रति कुनै गुनासो छैन तर चाडपर्वको समयमा आफन्तसँगै हुन पाए हुन्थ्यो भन्ने उनीहरुको चाहना छ ।
“बालबालिकालाई आफन्तको कमी महसुस नहोस् भनेर धेरै कोसिस गर्छौं, बाल कल्याण गृहका प्रमुख कमला ज्ञवालीले भन्नुभयो, “चाडपर्वमा विशेष खानपान र रमाइलोको व्यवस्था गर्छौं ।” तेइसजना बालबालिका रहेको यो बालगृहमा पाँचदेखि १५ वर्षसम्मका बालबालिका रहेको बालगृहका प्रमुख ज्ञवालीले जानकारी दिनुभयो । उनीहरुलाई बुटवलको बुटवल मावि र जितेश्वरी माविमा अध्ययन गर्ने व्यवस्था बालगृहले मिलाएको छ ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीमा जिल्ला बाल कल्याण समितिमा सूचीकृत भएका आठ वटा अनाथ आश्रम सञ्चालनमा छन् ।
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...