×

NMB BANK
NIC ASIA

बुटवलमा ‘लालटीनको उज्यालो’ को परिचर्चा

कात्तिक २३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल- बुटवलमा सरस्वती ज्ञवालीको आत्मकथा ‘लालटीनको उज्यालो’ को परिचर्चा तथा समालोचना गरिएको छ । बुटवल साहित्यकला तथा संस्कृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा साहित्यकारहरूले लालटीनको उज्यालोले नेताकी श्रीमती हुँदैमा महिलाहरू सुखी र खुशी हुन्छन् भन्ने भ्रम पाल्न नहुने पुष्टि गरेको बताए । एउटा नेताकी आदर्श श्रीमतीले भोगेको जीवनकहानी लेखिएको यो आत्मकथाले नयाँ पुस्तालाई नेपाली समाजको संस्कार र सभ्यताको विकासक्रम सिकाएको बताए । 

कार्यक्रममा साहित्यकार तथा समालोचक ऋषिराम भुसालले समाज परिवर्तनका लागि पार्टीको झण्डा बोकेर हिँडेकी एउटी नेतृले छोरी जन्मेपछि आफ्ना सबै चाहना र लक्ष्यहरू त्यागेर पारिवारिक जिम्मेवारी सम्हाल्दै गर्दा आएका विचार र भावनाहरू यस आत्मकथामा उल्लेख भएको बताउनुभयो । उहाँले निकै शिष्ट र मर्यादित भाषामा लेखिएको आत्मकथा पुराना पुस्तामा रहेको संस्कार, सभ्यता र कुरीतिहरू अध्ययन गर्न चाहने नयाँ पुस्ताका लागि रुचिकर हुने बताउनुभयो । 

कार्यक्रममा लेखक सरस्वती ज्ञवालीले पारिवारिक जिम्मेवारी पूरा गर्न आफ्ना लक्ष्य र उद्देश्यहरू त्यागेर गुमनाम जिन्दगी बिताएको तथा त्यही गुमनाम र अन्धकार जिन्दगीबाट बाहिर निस्किन ‘लालटीनको उज्यालो’ ल्याएको बताउनुभयो । लेखक ज्ञवाली नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का नेता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीकी श्रीमतीसमेत हुनुहुन्छ । 

सो अवसरमा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले लालटीनको उज्यालोले महिलालाई अँध्यारो जिन्दगीबाट बाहिर निस्कन प्रेरणा दिने बताउनुभयो । 

कार्यक्रममा साहित्यकारहरू गिरी श्रीस, दीपक ज्ञवाली, दलबहादुर गुरुङ, मिनाक्षी न्यौपानेलगायतले लालटीनको उज्यालोले नेपाली समाजमा महिलाले भोगिरहेका अन्धकार जीवनका भोगाइहरू बाहिर ल्याएको चर्चा गर्नुभयो । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १३, २०८०

वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...

असोज ५, २०८०

वरिष्ठ मुटु रोग विशेषज्ञ डा. ओम मूर्ति ‘अनिल’द्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’  लोकार्पण गरिएको छ। शुक्रबार राजधानीको बसुन्धरामा एक कार्यक्रमकाबीच लेखक डा. ओम मूर्तिकी आमा राजकुमा...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x