रियल मड्रिडका पूर्वअध्यक्षलाई तीन वर्ष कैद फैसला

कात्तिक २३, २०७५

मड्रिड– रियल मड्रिडका पूर्वअध्यक्ष लोरेन्जो सान्जलाई तीनबर्षे काराबासको फैसला सुनाइएको छ । 

मड्रिड प्रदेश अदालतले बुधबार उनलाई कर छली गरेको ठहर गर्दै काराबास सजायको फैसला सुनाएको हो । 


ADVERTISEMENT

विश्व चर्चित फुटबल क्लब रियल मड्रिडको अध्यक्षका रूपमा ७५ वर्षीय लोरेन्जोले १९९५ देखि २००० सम्म काम गरेका छन् । 

क्लबको अध्यक्षका लागि हालै भएको अर्को निर्वाचनमा भने उनी पराजित भएका थिए । 

कात्तिक २३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस