आफ्नै ज्योतिषले दिएको साइतमा लगाए पूर्वराजा ज्ञानेन्द्रले भाइटीका

कात्तिक २३, २०७५

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले विहान ९ बजेर ५० मिनेटमा भाइटीका लगाएका छन् । 

पूर्वराजा शाहले बहिनी शोभा शाहीको हातबाट भाइटीका लगाएका हुन् । नेपाल पञ्चाङ्ग निर्णायक समितिले भाइटीकाका उत्तम साइत ११ बजेर ५५ मिनेट तोकेपनि पूर्वराजा ज्ञानेन्द्रले भने निजी ज्योतिषले दिएको साइत अनुसार भाइटीका लगाएका हुन् । 


ADVERTISEMENT

पूर्वराजा ज्ञानेन्द्रले यसअघि पनि दशैं र तिहारको टीका आफ्नै ज्योतिषले दिएको साइतअनुसार लगाउँदै आएका थिए । 

भाइटीका लगाउन पूर्वराजा ज्ञानेन्द्र बहिनी शोभाको कमलादीस्थित निवास पुगेका थिए । 

टीका लगाएपछि संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वराजा शाहले सबै नेपालीमा आपसी मेलमिलाप र भाइचाराको भावना विकास भइ देशमा स्थायित्वको कामना गरे । 

कात्तिक २३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस