×

NMB BANK
NIC ASIA

देउसी भैलीको सन्देश : ‘संस्कृति बचाउ, सरसफाइ गरौँ’

कात्तिक २३, २०७५

NTC
Sarbottam
फाइल तस्बिर
Premier Steels
Marvel

सुर्खेत– आज यमपञ्चकको अन्तिम दिन भाइटीका । ११ः५५ बजेको समयलाई उत्तम साइत मानेर दिदीबहिनीले दाजुभाइको दीर्घायु र प्रगतिको कामना गर्दै सप्तरङ्गी टीका लगाएर दोस्रो ठूलो पर्व तिहार सम्पन्न गरिँदै छ । 

यही पर्वको अवसरमा देउसी भैली खेलेर कर्णाली प्रदेशका विभिन्न जिल्लामा संस्कृति संरक्षण र सरसफाइ प्रवद्र्धनको सन्देश दिन थालिएको छ । कर्णाली प्रदेश भाषा, संस्कृति, कला, साहित्यको उद्गमस्थल हुँदा पनि यसको इतिहास ओझेलमा पर्न थालेकोप्रति चासो देखाउँदै संस्कृति र स्रष्टा संरक्षणको सन्देश दिएर देउसी भैली खेलिएको छ । 

संस्कृतिको धनी कर्णालीमा समेत बाह्य संस्कृति आयात हुन थालेपछि यहाँको मौलिक संस्कृति झल्काउने देउसी भैली खेलेर संस्कृति संरक्षणको अभियान थालिएको सम्पदा मल्टिप्रपोज प्रालि कालीकोटका प्रबन्ध निर्देशक दुर्गाप्रसाद काफ्लेले जानकारी दिनुभयो । “हामी संस्कृति, मौलिकता र स्रष्टा संरक्षणको अभियान थालेका छौँ”, प्रबन्ध निर्देशक काफ्लेले भन्नुभयो, “यसको संरक्षण मात्र नभई उजागर पनि गर्छौं ।” 

प्रालिले मध्य तथा सुदूरपश्चिमेली देउडा, लोकभाका, लोक सांस्कृतिक नाच, हुड्के नाचलाई देउसी भैलीमा प्रस्तुत गरिरहेको छ । नृत्यका साथै कर्णाली प्रदेशका प्रचलित भाका, लय, ताल र मौलिक शैलीका गीतसङ्गीतलाई समेत देउसीमा समावेश गरिएको छ । 

त्यसैगरी, कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगर नगरपालिकाका प्रत्येक घरबेटीलाई देउसी भैलीबाटै आफ्नो घर आँगन स्वच्छ, सफा र सुन्दर राखी सभ्य नागरिकको परिचय दिन सन्देश प्रवाह गरिएको छ । ‘गो ग्रिन, गो क्लिन’का अभियन्ता प्रतिमा चपाईले रासससँग कुरा गर्दै वीरेन्द्रनगरलाई ‘प्लास्टिकरहित शहर, हरित नगर’ निर्माणमा सहयोग पु¥याउने उद्देश्यका साथ यो अभियान थालिएको बताउनुभयो । 

“हाम्रो देउसी भैलीमा हामीले यहाँका घरबेटीलाई डोको उपहार दिएर उनीहरुबाट सगुन लिएका छौँ”, चपाईले भन्नुभयो, “उनीहरुले डोकोमा फोहोर सङ्कलन गरी उचित व्यवस्थापन गरुन् । जसबाट सफा र सुन्दर नगर निर्माणमा सहयोग पुगोस् ।” देउसी भैलीबाट प्राप्त गरेको सगुन सफा, सुन्दर र हरियाली शहर निर्माणमा खर्च गर्ने उहाँको भनाइ छ । 

यो वर्षमा नव युवापिँढीले देउसी भैलीबाट सिर्जनशील काम गर्दा निकै खुशी लागेको कर्णालीका सामाजिक अभियन्ता दुर्गाप्रसाद पाण्डेले बताउनुभयो । “नव युवापिँढीको यो कदम सराहनीय छ, अभियन्ता पाण्डेले भन्नुभयो, “यो सकारात्मक र प्रशंसनीय कदमलाई सबैले साथ दिनुपर्छ ।” 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x