×

NMB BANK
NIC ASIA

पशुबाटै पशु मार्न लगाइने ‘हुर्राहुर्री’, निकृष्ट पर्वको निरन्तरता कति उपयुक्त ?

कात्तिक २३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम– गाईले सुंगुरलाई कुल्चिएर मा¥यो भने गाईले सिधा ‘मोक्ष’ प्राप्ति गर्छ भन्ने ‘रुढीवादी’ मान्यताका साथ तराईं–मधेसका जिल्लामा ‘हुर्राहुर्री’ पर्व मनाइको छ । गोवर्धन पूजाका दिन तराईंका ग्रामिण क्षेत्रमा एक पशुबाट अर्को पशुको हत्या गराएर यो पर्व मनाइन्छ । 

Muktinath Bank

पछिल्लो पुस्ताले यो पर्वप्रति नकरात्मक प्रतिक्रिया जनाउने गरेपनि ‘परम्पराको निरन्तरता’को नाममा ग्रामिण क्षेत्रमा भने यो पर्व अझै पनि मनाइन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गोवर्धन पूजाका दिन जनकपुरधाम उपमहनागरपलिका वडा नम्बर १३ स्थित मुजेलियाको चौरीमा बिहिबार ‘हुर्राहुर्री’ मनाइयो । त्यसका साथै बिभिन्न ग्रामिण क्षेत्रमा समेत किसानहरुले ‘हुर्राहुर्री’ मनाएका छन् । 


Advertisment
Nabil box
Kumari

खास गरेर पशु पालन गर्ने किसानहरूले आ–आफ्ना गाई, भैंसी लगायतका चौपायालाई कुनै रोग नलागोस्, अकाल मृत्यु नहोस्, पशुपालनमा वृद्धि भइरहोस् भन्ने विश्वास र मान्यताका ‘हुर्राहुर्री’ मनाउने गर्छन् । 

Vianet communication
Laxmi Bank

पशुद्वारा पशुलाई नै मार्न लगाइने उक्त ‘खेल’ अझै पनि कायमै छ । ‘गोवर्धन  पूजाका दिन पौराणिक कालदेखि नै हात्ति, गाई, भैंसीलाई लगाएर सुगुर मार्ने गरेको परम्परा छ,’ धनुषाको विदेह नगरपालिका वडा नम्बर ४ ठाढी गाउँका स्थानीय बासिन्दा ८० बर्षिय महेश्वर गोईतले लोकान्तरसँग भने । उक्त गाउँमा समेत बिहिबार हुर्राहुर्री मनाइएको थियो ।

हुर्रा हुर्रीको लागि किसानहरु आफ्ना गाई, भैंसीको जिउमा रातो र सेतो रंगको धर्को तानेर ‘सजाउने’ गर्छन् । एउटा स्वस्थ्य सुँगुरको बच्चा डोम समुदायबाट किनेर ल्याइन्छ । तराईंमा डोम समुदायले मात्रै सुँगुर पाल्ने गर्छन् । किनेर ल्याएको सुँगुरको घरमा पूजा गरी चुमान गरिन्छ । चमार समुदायलाई ढोल, पिपही सहितको लोक बाजा बजाउन ल्याइएको हुन्छ । बाजा बजाउने ती व्यक्तिहरूलाई ज्याला दिने गरिन्छ ।

बेलुका ४ बजे तिर गाउँ बाट टाढा खुला चौरमा बाजा गाजाका साथ सुंगुरलाई लगिन्छ । त्यहाँ गाउँ भरिकै गाई, भैंसीलाई पहिले देखि नै एकत्रित गरिएको हुन्छ । सुगुरलाई डोरीले बाँधेर एक व्यक्तिले उक्त डोरी आफ्नो हातमा राखी गाई, भैंसीको सिंघमा तथा जीउमा सुँगुरको बच्चालाई फ्यालेर सुँगुर मार्न लगाउँछन् । 

हातमा लठठी बोकेका यूवाहरुले समेत उक्त घाइते भएको सुगुरलाई लाठीले प्रहार गर्छन् । बेहोस भए पछि पोखरीमा सुगुरलाई डुबाएर पुनः  होशमा ल्याउँछन् । फेरी उक्त खेल शुरु हुन्छ । अन्त्यमा सुँगुर मरि सकेपछि खेल अन्त्य हुन्छ । 

मरेको सुँगुरको दाँतलाई टुक्राटुक्रामा बाँडिन्छन् र उक्त दाँत गाईभैंसीको गोठमा गाड्ने गरिन्छ । यूवाहरु मनोरञ्जन प्राप्त गर्छन् भने हुर्रा लिने गाई तथा भैंसीको गाउँमा केही साता सम्म चर्चा चलिरहन्छन् । फलानोको गाईले जबर्जस्त हुर्रा लियो, भैंसीले हुर्रा लियो भन्दै गाई भैंसीको गाउँमा प्रशंसा हुन्छ । गाइ बस्तुले सुँगुरलाई आफ्नो सिंहले हान्दा वा खुट्टाले हान्दा ‘हुर्रा’ लियो भन्ने गरिन्छ ।

हुर्रा दिएर घर फर्कने गाई, भैंसीहरुलाई तीसी, तेल, र बकाइनोको धुलो बनाई खुवाउने गरिन्छ । ढोल बजाउने चमारलाई पारिश्रमिक स्वरुप चामल दिने गरिन्छ । मरिसकेको सुँगुरलाई प्रायः डोम समुदायलाई नै फिर्ता गरिदिने प्रचलन रहेपनि कतिपय किसानहरूले आफैं मासु पकाएर समेत खाने गर्छन् । 

खासगरी यादव समुदायको वर्चस्व रहेको गाउँ ठाउँमा उक्त खेल आयोजना हुने गर्छ । ‘अब किसानका छोरा छोरीहरु पनि पढेर डाक्टर, इन्जिनियर बने, नपढ्नेहरु आय आर्जनका लागि विदेश पलायन भए, गाउँमा अब गाई–भैंसी पाल्नेहरुको संख्यामा पनि कमि भयो,’ ठाढीका किसान गोइत भन्छन् । 

हुर्राहुर्रीको नाउँमा पशु हत्या गरिनु हुँदैन भन्ने जनचेतना पनि बढेर गएकोले सयौं वर्षदेखि मनाइने उक्त पर्व अब प्रायः जसो गाउँमा लोप हुँदै गएको उनले सुनाए । 

रुढीवादी परम्परामा आधारित भएकाले उक्त पर्वलाई बन्द गरिनुपर्छ भनेर युवाहरुले विरोध गरेकाले प्रायः धेरै गाउँहरुबाट हुर्राहुर्री लोप भइसकेको छ । यद्यपि धनुषाको वेंगा शिवपुर, महोत्तरीको महोत्तरी, बगरा तथा सिरहा र सप्तरीको केही गाउँहरुमा भने अहिले पनि हुर्राहुर्री मनाइन्छ । 

तर, पछिल्लो समय हुर्राहुर्री पर्व निकृष्ट खालको भएको भन्दै यसको विरोध गर्नेहरुको संख्या पनि बढ्दो क्रममा छ । 
 


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x