×

NMB BANK
NIC ASIA

नेपालकाे धार्मिक सद्भाव, मुस्लिमको निधारमा सप्तरङ्गी टीका

कात्तिक २३, २०७५

NTC
Sarbottam
प्रतिकात्मक तस्बिर
Premier Steels
Marvel

बाँके– अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’ मुस्लिम समुदायका व्यक्ति हुनुहुन्छ । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्षसमेत रहनुभएका चुन्ना मुस्लिम भए पनि हिन्दूका हरेक चाडबाडमा रमाउने गर्नुहुन्छ । नेपालगञ्जका रैथाने चुन्नाले २० वर्षदेखि दशैँतिहारमा टीका लगाउँदै आउनुभएको छ । 

“यसपालि साइतको टीका लगाउन नपाइने भयो”, उहाँले भन्नुभयो, “यसपालि त टीका शुक्रबार परेकाले छ, १ बजे नमाज पढेर २ बजेतिर टीका लगाउन जान्छु ।” चुन्नाले नेपालगञ्ज–१, धम्बोझी निवासी पुनम सिंहको हातबाट टीका लगाउँदै आउनुभएको छ । 

“मैले जहिले पनि साइतकै टीका लगाएको छु”, उहाँले भन्नुभयो, “यसपालि शुक्रबार टीका परेकाले साइतमा लगाउन नपाइने भयो ।” आफूलाई सेल र फिनी रोटी अति नै मनपर्ने बताउँदै उहाँले स्कूल पढ्दादेखि नै छिमेकी एकजना बाहुन बाजेको घरमा फिनी र सेलरोटी पाक्दा खान जाने गरेको विगत सम्झिनुभयो । 

नेपालगञ्जको घरबारीटोल पहाडी समुदायको बाक्लो बसोबास रहेको बस्ती हो । त्यही बस्तीमा हुर्किएका चुन्नाले भन्नुभयो, “छिमेकी भनेका हरेक समस्या पहिला काम लाग्ने मान्छे हुन्, आफन्त त पछि आइपुग्छन् । यही सोचका साथ म पनि छिमेकी साथीहरु दुवै समुदायको पर्वमा रमाउन थालेँ ।” 

स्कूल पढ्दा तिहारमा देउसी भैलो खेल्न जाने गरेको सम्झिँदै उहाँले भन्नुभयो, “मुस्लिम समुदायको चाड बकरइदमा हिन्दू साथीहरुलाई बोलाएर खुवाउने गरेको छु ।” चुन्नाले हिन्दू धर्मावलम्बीको चाडमा आफैँ खानपिन गर्नुहुन्छ । दशैँमा रामबागमा रहेको शक्तिको घरमा गएर चुन्नाले टीका लगाउनुभयो । “तिहारमा धम्बोझीमा गएर टीका लगाउँछु”, उहाँले भन्नुभयो । 

“म हलाल गरेको मासु खान्छु, त्यो कुरा उहाँहरुले बुझ्नुभएको छ, म दशैँ र तिहारमा जाँदा दिदीबहिनीले हलाल गरेकै मासु ल्याउनुहुन्छ । कहिले सिङ्गै कुखुरा ल्याउनुहुन्छ । म आफैँ काट्छु र बनाउन लगाउँछु”, चुन्नाले भन्नुभयो, “हाम्रो परिवार मुस्लिम र हिन्दू दुवैको चाडमा रमाउने गर्छ ।” हिन्दूहरुको पर्व भएकाले तिहारमा हिन्दू समुदायका मानिसको निधारमात्रै होइन, नेपालगञ्जमा मुस्लिम समुदायका व्यक्तिको निधारमा पनि सप्तरङ्गी टीका देख्न सकिन्छ । 

नेपालगञ्ज एउटा सद्भाव र सभ्यता बोकेको शहर हो । चुन्नामात्रै होइन, नेपालगञ्जमा रक्षाबन्धन, दशैँतिहारमा टीका लगाउनेहरु धेरै छन् । शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई पनि रक्षाबन्धन, दशैँ र तिहारमा टीका लगाएर रमाउँदै आउनुभएको छ । ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयमा गएर उहाँले त्यहाँका दिदीहरुसँग टीका लगाउने गर्नुहुन्छ । 

हिन्दूहरुले दशैँको दुर्गा मूर्ति सेलाउन जाँदा मुस्लिम युवाले बाटोमा बसेर पानी बाँडेका थिए । ईदमा बिपीचोकमा मुस्लिम समुदायले सामूहिक नमाज पढेर बाहिर निस्किँदा हिन्दू युवाले पानी वितरण गरे । यो नेपालगञ्जको छुट्टै पहिचान हो । यहाँ हिन्दू, बौद्ध, मुस्लिम, शिख र इसाई मिलेर बसेका छन् । 

यहाँको विशेषता के हो भने मन्दिरमा घण्टी बजिरहँदा, मस्जिदमा अल्लाह अबकर भनिएको स्वर सुनिन्छ । शिखले वाहे गुरु भनिरहँदा बौद्धको मन्त्रोचारण गुञ्जायमान हुन्छ । हिन्दूहरु मन्दिर जाँदा मस्जिद भएर जानुपर्छ । मुस्लिमहरु मस्जिद जाँदा मन्दिरहरु भएर जानुपर्छ । हरेक दुई तीन सय मिटरको दूरीमा मन्दिर, मस्जिद, गुम्बा, गुरुद्वार रहेका छन् । 

Muktinath Bank

– काशीराम शर्मा 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x