मंसिर ३, २०८०
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
विश्वमा नेपालको तीनखम्बे चिनारी थियो, हिन्दूराष्ट्र, लुम्बिनी र सगरमाथा । तिनमा हाल हिन्दूराष्ट्रको एउटा खम्बा भाँचिएको छ, राजनीतिक पण्डितहरूले भाँचेका छन् । पहिचानको तीन खम्बा हुँदा त नेपालको आर्थिक, राजनीतिक र केही हदसम्म सामाजिक मामिलामा पनि भारतीय दृष्टिले हेर्ने धेरै थिए । अझ दुःखको कुरो त के भने तीमध्ये केही त भौगोलिक दृष्टिले हेर्ने पनि यदाकदा फेला पर्छन् । हालै दक्षिण अमेरिकी केही मुलुक घुमेर फर्केका एक जना मित्र भन्दै थिए– ‘त्यहाँका कतिपय मानिसमा नेपाल एक स्वतन्त्र र सार्वभौम राष्ट्र हो भन्नेसम्म जानकारी छैन । यस्तो अवस्थामा एउटा खम्बा राजनीतिक स्वार्थमा विनिमय भएपछिको स्थिति कस्तो होला सोझै अनुमान लगाउन सकिन्छ । त्यसैले नेपालको पहिचान बढाउन पनि देशलाई पुनः हिन्दूराष्ट्रमै फर्काउनुपर्ने देखिन्छ ।
नेपालको यस सम्बन्धी मौजुदा पहिचान मेटाउने काम नेपाली कांग्रेसले नै गरेको हो र यसैको कारण सबैभन्दा बढी मार खाने पनि नेपाली कांग्रेस हो । उसले जनताप्रति अलिकति मात्र इमान्दारी देखाएको भए न नेपालको हिन्दूराष्ट्रको पहिचान मेटिने थियो न उसको राजनीतिक अवस्था नै यति बढी दयनीय हुने थियो ।
कांग्रेसी नेतृत्वमा त्यति पनि दूरदर्शिता देखिएन । शायद नेतृत्वलाई त्यतिबेला लाग्यो होला अव पनि हिन्दूराष्ट्रको पहिचान बोक्ने हो भने आफ्नो राजनीति नै समाप्त हुनेछ तर उसको राजनीति सक्ने काम भने उसको सोही सोही कदमले गरिदिएको छ र पुनः हिन्दूराष्ट्रकै पक्षमा नउभिएसम्म उसको राजनीतिले पुनर्जीवन पाउला जस्तो लाग्दैन । त्यस्तो अवस्था हाल सुदूर क्षितिजसम्म पनि देखिएको छैन । यसको आभाष केही कांग्रेसी नेतामा हुनथालेको प्रतीत हुन्छ । महामन्त्री शशाङ्क कोइरालाको छटपटीले यस्तै सङ्केत गर्छ । उनी केही समययता खुलेरै हिन्दूराष्ट्रको पक्षमा उभिन थालेका छन् । शायद यो कांग्रेसी गल्तीको प्रायश्चित्त हुनुपर्छ । शायद उनले यस मुद्धालाई महासमितिको आसन्न बैठकमै उठाउने छन् । सलाम छ डा. साहव ! तपाईको चिन्तनलाई । कम्तीमा तपाईंले त्यतिहदसम्मको दूरदर्शिता देखाउनु भयो । अन्य नेता त अझै अझै सुतुरमुखे प्रवृत्तिमै रमाइरहेका छन् ।
हिन्दूराष्ट्रको मामिलामा राप्रपाको अवस्था पनि करीव यस्तै छ । उसले हिन्दूराष्ट्रको नारा लिएर आउँदा जनताले केही आशा गरेका थिए । अघिल्लो संविधानसभाको निर्वाचनमा अछुतको नियति भोग्न वाध्य भएको यस पार्र्टीले दोस्रो निर्वाचनमा पाएको उपलब्धिलाई यसैभित्र लिन सकिन्छ । उसले त्यतिबेला समानुपातिकबाट २४ सिट पाएको थियो, जबकि पार्टीनेताहरूमध्ये कसैले पनि प्रत्यक्षतर्फको चुनाव जित्नसकेका थिएनन् । यसको अर्थ हो जनताले राप्रपाका नेताहरूलाई होइन, पार्टीले लिएको हिन्दूराष्ट्रको नारालाई मन पराएका हुन् तर नेतृत्वको ढुलमूले चरित्रका कारण आमनिर्वाचनसम्म आइपुग्दा त्यसलाई समेत टिकाउन सकेन ।
यस्तो अवस्थामा भाँचिएको खम्बा जोड्ने भनेको धार्मिक सङ्घसंस्थाहरूले नै हो तर दह्रो नेतृत्वको अभावमा तिनले पनि केही गर्न सकिरहेका छैनन् । प्रथमतः यसको नेतृत्व विश्वहिन्दू महासङ्घले गर्न सक्नुपथ्र्यो तर राजनीतिक स्वार्थका कारण ऊ आफै कुन दुलोमा छ भन्नुपर्ने अवस्था छ । चाहेको भए जगद्गुरुपीठले पनि नेतृत्व लिन सक्थ्यो तर उसले पनि खासै चासो देखाएन । हो, जगद्गुरुले गोसंक्षणको सवालमा आवाज उठाएका थिए र त्यसमा केही हदसम्म सफल भएका पनि थिए । साधुवाद छ उनको प्रयासलाई तर हिन्दूराष्ट्रको सवालमा भने उनले पनि खासै केही गर्न सकेनन् । अर्को संस्था हो राष्ट्रिय धर्मसभा । चाहेको भए उसले पनि केही गर्न सक्थ्यो तर ऊ पनि झिनामसिना कर्मकाण्डमै सीमित हुन पुग्यो । उसले हालैको पण्डित सम्मेलनले पारित गरेको १५ बूँदामध्ये एउटा बुँदामा हिन्दूराष्ट्र माग गर्ने कुरो त गरेको छ तर त्यो आफैमा यति बढी मरञ्च्याँसे देखिन्छ कि वैशाखीविना उभिनसम्म पनि सक्ने अवस्था देखिन्न ।
त्यसैले यसका लागि नइ जस्तो स्वतन्त्र र सक्रिय संस्था नै अघि सर्नुपर्ने देखिन्छ । उसले चाह्यो भने पक्कै केही गर्न सक्छ । ऊसित ईच्छाशक्ति पनि छ र केही हदसम्म स्रोत पनि छ । नभए पनि जुटाउन सक्छ । नइको विशेषता भनेकै विचार नपुर्याईं कुनै पनि विषय नउठाउने र उठाएपछि त्यसलाई टुङ्गोमा नपुर्याई नछाड्ने हो । राष्ट्रकविको मामिलामा त्यस्तै भएको छ । वाङ्मय शताब्दीपुरुषको मामिलामा त्यस्तै भएको छ । यसलाई राष्ट्रकविले गोरखापत्रमार्फत हालै सार्वजनिक नै गरेका छन् । यथा समय वाङ्मय शताब्दीपुरुष पनि बोल्ने नै छन् । नइको शुरुवाती चरण कस्तो थियो ? हालको अवस्था कस्तो छ ? यी सबै उसको ईच्छाशक्ति र लगनशीलताकै प्रतिफल हो । त्यसैले नेपालको पहिचानमा जोड्ने कार्यमा पनि उसकै अग्रसरता आवश्यकता खट्किएको हो ।
निश्चितरूपमा नइ जस्तो स्वतन्त्र र सक्षम संस्थाले नेतृत्व गर्ने हो भने धार्मिक र सामाजिक मात्र नभई इतर पक्षका समेत सहयोग रहनेछ । यस बाहेक राजनीतिक कार्यकर्ताको पनि मनग्गे सहभागिता रहने आशा गर्न सकिन्छ । नेपाली कांग्रेसमा जुन कट्टर कार्यकर्ता छन् उनीहरू त यसै पनि खुलेरै लाग्ने छन् । नेतृत्ववर्गबाट पनि प्रत्यक्ष अप्रत्यक्ष सहयोग रहनेमा सङ्का नगर्दा हुन्छ । अझ खुशीको कुरो त के भने सत्तारुढ दलकै कार्यकर्तावर्गबाट पनि सहयोगको अपेक्षा गर्न सकिन्छ । अहिले पनि त्यसभित्र हिन्दूराष्ट्रलाई माया गर्ने थुप्रै सहृदयी सज्जन छन् ।
हिन्दूराष्ट्र पुनस्थापित गराउने भर्दो आधार भनेको जनमतसङ्ग्रह नै हो । यदि जनमत सङ्ग्रह गराउने आँट गर्ने हो भने दुई तिहाइभन्दा बढी मत पक्षमा आउनेछ तर यो लर्तरो प्रयासले सम्भव छैन । सरकार र सत्तारुढ दलका नेताहरू त यसै पनि यसलाई सुन्न चाहदैनन् । राप्रपा नेपाल र नेपाली कांग्रेसको पनि झण्डै त्यस्तै हाल छ । राप्रपा आफै किन रोइस् मङ्गले आफ्नै ढङ्गलेको नियति भोगिरहेको छ । कांग्रेसी नेतृत्वहरू लोकलाजका कारण घुम्टो उघार्न सकिरहेका छैनन् । यस्तो अवस्थामा जोखिम उठाउने आँट गर्ने भनेको नइ जस्तै कर्मठ संंस्थाले नै हो । यद्यपि यसबाट राजनीतिक रूपमा तत्काल लाभान्वित हुने नेपाली कांग्रे नै हो । यसले उसलाई मृतसञ्जिवनीकैं काम गर्नेछ तर देश देखाएको वा चिनाएको जस भने उसलाई जानेछ । अरुले नदिए पनि जनताले दिने छन् । सबैभन्दा ठूलो कुरो भनेकै यही हो ।
यी लेखकका निजी विचार हुन् ।
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...