×

NMB BANK
NIC ASIA

के खाउँ र के लाउँको अवस्था थियो, बने करोडपति

कात्तिक २४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

गलेश्वर-  आजभन्दा ४० वर्ष पहिले गरिबीका कारण के खाउँ र के लाउँको अवस्थामा रहेका एक व्यक्ति न विदेश पलायन, न कुनै जागिर न त उद्योग व्यवसाय सञ्चालन गरेर करोडपति बनेका छन् । म्याग्दीको बेनी नगरपालिका–२ खवराका चन्द्रबहादुर कार्की विदेशी भूमिमा होइन आफ्नै खेत खलोको माटोमा मेहनतका पसिना बगाउँदै करोडपति बन्न सफल बन्नुभएको हो । 

विसं २०३४ मा १८ वर्षको उमेरमा ‘विदेश पनि जान्न, जागिर पनि खान्न’ भन्ने अडानका साथ रु एक हजारको लगानीबाट कृषि पेसा शुरु गर्नुभएका उहाँ अहिले रु एक करोडभन्दा बढी सम्पत्तिको मालिक बन्न सफल हुनुभएको हो ।सँगै पढेका साथीहरु अहिले कृषि वैज्ञानिक, वरिष्ठ कृषि विकास अधिकृतलगायत निजामती सेवाको उच्च तहमा पुगे पनि कार्कीको प्रगति देखेर उनीहरु पनि आश्चर्यचकित भएका छन् । उहाँ अहिले जिल्लाको नमूना कृषकका साथै सामाजिक सेवामा सक्रिय व्यक्तिका रुपमा पनि चिनिनुहुन्छ । 

आफ्नो १८ रोपनी जग्गामा मौसमी तथा बेमौसमी तरकारीखेती गर्नुभएका कार्की जिल्लामा मिश्रित खेती प्रणालीका पहिलो कृषकसमेत हुनुहुन्छ । उहाँको खेतबारीमा बाह्रैमास आलु, बन्दा, काउली, गोलभेँडा, साग, ब्रोकाउली, धनियाँ, लसुन, प्याज, खुर्सानीलगायतका तरकारी र केरा, सुन्तला, कागती, अम्बालगायत फलफूल लहलह झुलिरहेका देखिन्छन् । गोठमा भैँसी, बाख्रा, घरवरपर राखेका मौरीका घारमा रहेका मौरी र माछापालनबाट पनि कार्कीले मनग्य आम्दानी गर्दै आउनुभएको छ । 

“मैले १८ वर्षको उमेरदेखि तरकारीखेती शुरु गरेको हुँ” कार्कीले विगत कोट्याउँदै उहाँले भन्नुभयो, “त्यतिबेला मलाई जागिर खान वा विदेश जानका लागि धेरै प्रस्ताव आएका थिए तर मैले जागिर पनि नखाने र विदेश पनि नजाने अड्डी लिएर कृषि पेसा शुरु गरेँ, अहिले त्यतिबेला मैले सही निर्णय गरेको रहेछु भन्ने लाग्छ ।” 

तरकारी बिक्रीबाट आएको आम्दानीले कार्कीले बेनी बजारको मङ्गलाघाटमा घडेरी किनेर घरसमेत बनाइसक्नुभएको र बेनीमै अर्को घडेरीसमेत किनिसक्नु भएको छ । कृषिबाट मात्र वार्षिक रु १२ लाखभन्दा बढी कमाइ हुने बताउनुुहुने उहाँ दैनिक तीन लिटर दूधसमेत बिक्री गर्नाका साथै गाउँमा र बेनीको मङ्गलाघाटमा दुई वटा पसलसमेत सञ्चालन गर्नुभएको छ । 

बेनीको मङ्गलाघाटमा रहेको उहाँको पसलमा आर्गानिक कृषि उपज, फलफूल र तरकारीका बिरुवा (बेर्ना) बर, पिपल, समी, तुलसीलगायत धार्मिक बिरुवासमेत पाइन्छन् । “एक लाखबाट शुरु गरेको कृषि पेसाले अहिले करोडौँको सम्पत्तिको मालिक बनायो”, कार्कीले भन्नुभयो । 

“माटोसँग खेल्दा र माटोमा पसिना चुहाउँदा निकै आनन्दको अनुभूति हुन्छ”, उहाँले भन्नुभयो, “यही माटोमा गरेको परिश्रमले मलाई यहाँसम्म ल्याइपु¥यायो । यिनै पसिना विदेशी भूमिमा खर्च गरेको भए न मैले यत्तिको कमाउन सक्थेँ, न मलाई आत्मसन्तुष्टि नै हुन्थ्यो”, कार्कीको भनाइ थियो । 

खबराको पिपलडाँडाको तल्लोपट्टी पर्यटकीयस्थल लभलिहिलको नजिकै रहेको उहाँको घर र खेतबारी कृषिको प्रयोगशालाजस्तो देखिने स्थानीय बुद्धिजीवी भद्रबहादुर कार्कीले बताउनुभयो । सधैँभरि तरकारी र फलफूलले हरियाली देखिने कार्कीको नर्सरी, तरकारीखेती र केराबारी हेर्नका लागि लभहिलमा पुगेका आन्तरिक तथा बाह्य पर्यटकसमेत उहाँको कृषि व्यवसाय नियाल्न जाने गरेका छन् । 

आकर्षक पर्यटकीयस्थलका रुपमा विकसित हुँदै गरेको लभहिलमा आन्तरिक पर्यटकहरुको चाप बढ्दै गएपछि कार्कीले करीब रु १० लाखको लगानीमा स्विमिङ पुल (पौडीपोखरी) समेत बनाउनुभएको र त्यहाँ प्रतिव्यक्ति रु ३० तिरेपछि चाहेजति समय पौडी खेल्न पाइन्छ । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x