×

NMB BANK
NIC ASIA

फर्किने जिन्दगी (कविता)

कात्तिक २५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

कृष्णमणि पराजुली

Muktinath Bank

किन किन आफ्नै विगतको सम्झना आइरहेछ
डाँडापाखा, उकाली, ओरालीले बोलाएको जस्तो लागिरहन्छ 
भुल्नै नसक्ने गरी सम्झना दिइरहने
त्यो गाउँ, त्यो ठाउँले
मलाई कति माया गरिरहेछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आश्चर्य लागिरहेछ
साथीहरूले मलाई माया गर्न छोडिसकेछन्
तिनीहरू धेरै टाढा भएछन्
कोही आफैंलाई बिर्सिएर हराएछन्
कोही बाटो बिराएर हराएछन्
कोही क्र्रान्तिकारीको नारामा उतै हराएछन्
कोही खाडी मुलुकमा हराएछन्
कोही बिचौलियाबाट हराएछन्
कोही बे्रनड्रेनबाट हराएछन्
आखिर हराउन त हराएकै त  हुन् ।
मेरी आमा पनि हराएकाहरूको आश गर्दागर्दै
कुर्दाकुर्दै
अहिले त होश गुमाइसक्नुभएछ
न छोरा, न छोरी फर्कन्छन्
न अरू कोही ।


Advertisment
Nabil box
Kumari

हो
जिन्दगी त नफर्किने पो रहेछ
अविरल बग्ने नदी जस्तो
फर्कर्दै नफर्किने गरी
बगिरहने ।
त्यसैले
अब हामीलाई चाहिएको छ,
यो धर्तीले पनि मागिरहेको 
हराउने जिन्दगी होइन
फर्किने जिन्दगी र
यो धर्तीलाई माया गर्ने जिन्दगी  ।
अनि मात्र
मेरी चाउरी परेकी आमाले
हर्षको लामो सास फेर्नेछिन् ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

मंसिर ४, २०८०

विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x