×

NMB BANK
NIC ASIA

घरमा लोडसेडिङ भयो भने ‘कुलमान गयो’ भनेर लेख्नेहरू आजभोलि कतातिर गए ? त्यो खोजमूलक विषय नै बनेको छ । दिनमा १६ देखि २२ घण्टासम्म लोडसेडिङको मार खेपिरहेको समयमा प्राविधिक कारणवश झिमिक्क बत्ती निभ्दा ‘ल ल ल, अहो ! कुलमान नै गयो’ भनेर सामाजिक सञ्जालमा खिसिटिउरी गर्नेहरू धेरै थिए । 

Sagarmatha Cement
Muktinath Bank

आज पनि तिनीहरू यो भूमिमै होलान् भन्ने पूर्ण विश्वास छ । दीपावली पनि राम्रैसँग मनाए होलान् । लक्ष्मीपूजा पनि धुमधामसँगै गरे होलान् । यो वर्षातको समय भएकाले बिजुली आएको हो, कुलमानले केही नाप्या छैनन्, यिनको पाइन हिउँदमा पानी सुक्दा हेरम्ला नि भन्नेहरूले आफ्नो घर झिलिमिली बनाए होलान् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एउटा यस्तो कालखण्ड थियो, मैनबत्ती बालेर विद्यार्थीहरू एसएसलीको तयारी गर्दै थिए । उनी भोीिका कर्णधार थिए । भोलिका कर्णधारहरू अँध्यारोमा भविष्यका शब्दहरू खोज्दैथिए, पढ्दैथिए । दीपावली र लक्ष्मीपूजा पनि मैनबत्ती बालेर नै गरिन्थ्यो अक्सर । यस्तो लाग्थ्यो कि मैनबत्तीका फुटकर व्यापारीहरू यस देशका बिजुलीका मालिक हुन् । म मैनबत्ती व्यापारीहरूप्रति सहानुभूति व्यक्त गर्न चाहन्छु ।


Advertisment
Nabil box
Kumari

कोठाको भित्तामा लोडसेडिङको तालिका टाँसिन्थ्यो । बिजुली आयो भनेर बच्चाहरूले ताली पिट्दा, कराउँदा यस्तो लाग्थ्यो कि हामी भर्खरै दोस्रो विश्वयुद्ध जितेर घर फर्किएका छौं र हामीलाई देखेर हाम्रा केटाकेटी चरम खुशीले बुरुकबुरुक उफ्रिएका छन् । बाबाठाकुरे, त्यस्तो पनि विकराल जुग थियो । खाना खाँदाखाँदै बिजुली जान्थ्यो । अनि भात कता छ, सब्जी कता छ, प्याज कता छ, दाल कता छ, साग र मासु कता छ थाहा नै हुन्नथ्यो । हुन त ती थालमै हुन्थे ।

Vianet communication
Laxmi Bank

तर मैले एकजना मित्रलाई अब कुलमान आए, केही हुन्छ, यथास्थिति रहन्न भनेर चियापसलमा कन्भिन्स गरेको थिएँ । चियापसल न हो, भएका कुरा नि हुन्छन्, नभएका कुरा नि हुन्छन् । तर मेरो चैं भएका कुरा थियो, हुने कुरा थियो । तर त्यो दिन ती मित्र झोंक्किएर मलाई कुट्न आउलान् जस्तो गरेर एकदम बाघ जस्तो गर्जिंदै घोषणा गरे, ‘यो कुलमानले केही लछारपाटो लगाएछ भने म नाक काटेर फालिदिन्छु ।’

चियागफमा दुश्मनी कमाएका ती मित्रले दीपावलीको दिन आफ्नो झिलिमिली घरको फोटो मलाई मेसेन्जरमा पठाउन भ्याए । र ‘ह्याप्पी दीपावली, मित्र’ भनेर शुभकामना सन्देश पनि दिए । तर मैले उसलाई ‘तिमीले नाक काट्यौ कि काटेनौ’ भनेर सोधिनँ । तिनको घरको झिलिमिलीको सजावाट यति सुन्दर थियो मानौं कि कुनै अरबी शेखको मुकाम जस्तो । त्यस मुकामभित्र बिल्ली डान्सका नर्तकीहरू आफ्नो सेक्सी कला देखाउनका लागि आतुर भएजस्तो । 

लखरलखर बाटोमा

हातमा सेतो कागजको टुक्रामा केके कुरा केरमेर गरेका थिए थाहा भएन । तर त्यो कागजको टुक्रालाई बारम्बार नियाल्दै कलमले लेखिएका लाइनहरूलाई थपघट गर्दै थापाथलीतिर लखरलखर पैदल यात्रामा हिडिँरहेका थिए – कुलमान घिसिङ । कुलमान घिसिङ अर्थात् नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ । यो दृश्य दीपावली आउनुभन्दाको ठीक दुईदिन अगाडिको कुरा हो । संयोगले त्यसदिन म पनि थापाथलीतिरै लखरलखर डुलिरहेको थिएँ । हामी दोबाटोमा भेटियौं ।

हाकिमहरू निर्देशन दिदै हिँड्ने, कामको रिपोर्ट बुझ्ने र बाँकी समय नेताकोमा धाएर गफ लडाउने भन्ने प्रचलन छ यहाँ । तर म त्यस्तो हाकिम हैन

म हुर्किएर यत्रो जान्नेबुझ्ने भएँ, तर अहिलेसम्म यति ठूलो पदमा बसेको मान्छे जनताको कामका लागि कार्यालय समयमा यसरी लखरलखर पैदलयात्रा हिँडेको देखेको थिइनँ । विद्युत् प्राधिकरणलाई मालामाल भएको संस्थाको रूपमा बुझिन्छ र बुझिन्थ्यो । मन्त्रीहरू समेत चढ्न रहर गर्ने यो प्राधिकरणको गाडीहरू निकै महंगा हुन्छन् । त्यही संस्थाका प्रबन्ध निर्देशक कुलमान भने पैदलयात्रामा जनताको काममा निस्किएका थिए । उनका साथमा चारजना जति कर्मचारीहरू पनि थिए । ती कर्मचारीहरूले ठूलाठूला झोला बोकेका थिए ।

यो देशमा गाउँपालिकाको अध्यक्ष आमा समूहको बैठकमा शुभकामना मन्तव्य व्यक्त गर्न जाँदा स्कोर्पियो गाडी भाडामा लिएर जान्छन् । यहाँ मालपोतका तेस्रो तहका हाकिम साबहरू मन्दिरमा पूजा गर्न अनि खसीको मासु किन्न अफिसको सरकारी गाडी लिएर जान्छन् । यहाँ नगरपालिकाका अधिकृतहरू सरकारी गाडीमा च्याङ्ग्रा चढाएर ससुराली जान्छन् । तर कुलमानको पैदलयात्राको प्रयोग हेर्नलायक थियो ।

तपार्इंहरू आफैं अनुमान गर्नुहोस्, काठमाडौं जस्तो भीडभाड हुने ठाउँमा पब्लिक फिगर अनि जनताको मनमा बसेका कुलमान किन पैदलयात्रा गरेर बिजुलीका खाँबो र तारबारहरू नियालिरहेका होलान् ? एउटा सहजै लगाउन सकिने अनुमान हो – दीपावली आउँदैथियो । दीपावलीमा देशैभरि झिलिमिली हुन्छ । झिलिमिली बिजुलीबाट मात्र सम्भव छ । अब त बिजुली भनेको नै कुलमान र कुलमान भनेको नै बिजुली जस्तो भइसकेको छ । 

कुलमान र उनको कर्मचारीको टीम निकै व्यस्त थियो । तर पनि मैले कुलमानलाई दोबाटोमा दुईवटा प्रश्न गर्न भ्याएँ । र उनले तीे प्रश्नको उत्तर निकै सटीक ढंगबाट दिन चाहे किनभने उनको मान्यता थियो, जबसम्म बेस्ट पर्फर्मेन्स दिन सकिन्न र त्यो पर्फर्मेन्स जनताको लेभलबाट फील हुँदैन तबसम्म जति अन्तर्वार्ता अनि मिडियाबाजी गरेपनि हुनेवाला केही छैन । त्यसैले मैले सोधेका दुई प्रश्न निकै महत्त्वपूर्ण हुन् भन्ने लाग्छ ।

पहिलो प्रश्न : तपाईं पैदलयात्रा गरेर हिँडिरहनुभएको छ, चर्को गर्मीमा के खान हिँड्नुभएको, गाडी छैनन् र ? 

कुलमानको जवाफ :  गाडीहरू जति पनि छन् । ती गाडीहरूलाई पनि तिहारको बिदा दिऊँ भनेर थन्क्याइएको छ । पक्कै पनि हाकिमहरू निर्देशन दिदै हिँड्ने, कामको रिपोर्ट बुझ्ने र बाँकी समय नेताकोमा धाएर गफ लडाउने भन्ने प्रचलन छ यहाँ । तर म त्यस्तो हाकिम हैन । निर्देशन दिएर, कर्मचारी थर्काएर, कागजको रिपोर्ट हेरेर हाकिमको दायित्व पूरा हुँदैन । आफू नै फील्डमा खट्यो भने कर्मचारीहरू पनि फील्डमा खट्छन् । आफू नै सुत्यो भने उनीहरू पनि सुत्छन् ।

यसपालिको दीपावलीको समयमा जनतालाई अँध्यारोमा बस्न नपरोस् भनेर कुलमान घिसिङ काठमाडौंको स्युचाटारस्थिति मास्टर स्टेसनमा पुगे । पुगेर कर्मचारीहरूलाई केवल निर्देशन दिएर फर्केनन् । भारप्रेषण केन्द्रको मास्टर स्टेसनको जिम्मेवारी आफैं लिए

त्यसैले म के चाहन्छु भने देशैभरि लोडसेडिङको अन्त्य भएको त छ तर यसलाई अझै प्रभावकारी बनाउनुछ । त्यो भनेको के भने अत्यधिक खपत हुने समयमा पनि जनतालाई बिजुलीको कुनै अभाव नहोस् । तपार्इंलाई थाहा नै छ, दीपावली तिहार आउँदैछ । देशैभरि झिलिमिली हुनेवाला छ । हाम्रा लागि यो समय चुनौतीको समय पनि हो । र हाम्रा लागि यो समय गरेर देखाउने अवसर पनि हो । यसलाई अवसरको रूपमा लिएको छु । र ढुक्क भए हुन्छ, दीपावलीमा कहीँकतै अँध्यारो हुनेछैन ।

दोस्रो र अन्तिम प्रश्न : तपाईं नेपालको रोलमोडल हो, तपाईंजस्ता अझै दर्जन जति मान्छेहरू भए भने देश बन्छ भन्छन् नि ?

कुलमानको जवाफ :  म कुनै रोलमोडल हैन । म सामान्य मान्छे हो । तर म जब–ओरिएन्टेड मान्छे हो । काम गरेर देखाउने हो । जनताले काम हेरिसकेका छन् । त्यो अनुभूत पनि गरिसकेका छन् । बीचमा मलाई बदनाम गर्ने, काम गर्न मुश्किल बनाउने प्रयासहरू नभएका पनि हैनन् । कतिपय अवस्थामा त मिडियाका साथीहरूले नै मेरो खिल्ली उडाए । ‘कुलमान गयो, खोला सुक्यो’ पनि भनेछन् ठूलै पत्रकारले । त्यो मैले सुनेको कुरा भयो । ‘भारतको बिजुली किनेर हिरो भएको छ’ भन्नेहरू पनि निस्के । अझै पनि नानाथरी आरोप लगाउनेहरू छन् । तिनको मुख थुन्न त सकिन्न ।

काम गरेर देखाउने हो । मैले गरेको के मात्र हो भने यहाँ बिजुलीको ठूलो चुहावट थियो । जनताको बिजुली उद्योगीलाई मात्र बेचिएको थियो । तर त्यो किन गरिएको थियो अहिले भन्न चाहन्नँ । जनतालाई थाहा भइसकेकको कुरा भयो यो त । यसकारण चुहावट थियो र यसका लागि प्राधिकरणकै हाकिमसाबहरूको हात थियो । अर्को कुरा, बिजुली चोरी भइरहेको थियो । मिटर हेर्न र पैसा उठाउन जानेहरूलाई यो कुरा थाहा भएर पनि कार्यलयमा जानकारी गराउँदैनथे । बरू तिनीहरूले बिजुली कसरी चोरी गर्ने भनेर सिकाउँथे । र गुण्डाले जस्तो हप्ता असुल्थे । ती चोर कार्मचारीहरूलाई हामीले निलम्बन गर्‍याैं बर्खास्त गर्‍याैं । 

झिलिमिली, झिलिमिली केको झिलिमिली ? कुलमान दाइको झिलिमिली

यसपालिको दीपावलीको समयमा जनतालाई अँध्यारोमा बस्न नपरोस् भनेर कुलमान घिसिङ काठमाडौंको स्युचाटारस्थिति मास्टर स्टेसनमा पुगे । पुगेर कर्मचारीहरूलाई केवल निर्देशन दिएर फर्केनन् । भारप्रेषण केन्द्रको मास्टर स्टेसनको जिम्मेवारी आफैं लिए । कतै गडबड नहोस् भनेर इन्जिनीयरहरूलाई स्ट्यान्डबाई राखे किनभने शुरूका दिनहरूमा कुलमानलाई मुसाहरूले हैरान बनाएका थिए । ती कस्ता खतरनाक मुसा भने नि, बिजुलीका तारै काटिदिने, मशिन नै बिगारिदिने । 

लक्ष्मीपूजाको समय देशभरि नै विद्युतको अत्यधिक खपत हुने भएकाले यो समय बत्ती डाउन नहोस् भनेर कुलमान रातभरि नै त्यहीँ बसे । लक्ष्मीपूजाको दिन देशभर साँझ बत्ती नकाट्ने संकल्प थियो उनको । र त्यो संकल्प उनले पूरा पनि गरे । त्यस समयमा सिस्टम सञ्चालन, माग र आपूर्तिको अवस्थालाई उनी आफैंले कन्ट्रोल गरे । हिजोका दिनहरूमा यस्तो कहाँ थियो र ? पत्रिकामा लोडसेडिङको तालिका सार्वजनिक गरिदियो, रेडियोमा फुकिदियो अनि सुत्यो ।

झिलिमिली, झिलिमिली, केको झिलिमिली ?

यसपालिको दीपावली अन्य वर्षको भन्दा केही फरक देखियो । यसको टिप्पणी अनेकौं कोणबाट मिडिया तथा सामाजिक सञ्जालबाट पनि आइसकेका छन् । घरघरमा जनताले अनुभूति पनि गरिसकेका छन् । यसको अर्थ के हुन्छ भने सही नेतृत्व पायो भने चीजहरूले फड्को मार्न बेर मान्दैन । अँध्यारोबाट उज्यालोको युग जसरी हामीबीचमा छायो, त्यो नै हाम्रा लागि दीपावली थियो । त्यसैले त बनेपाको साँगाचोकमा यस्तो भैली गीत सुनियो :

झिलिमिली, झिलिमिली
केको झिलिमिली ?
कुलमान दाइको झिलिमिली ।
मनै रमायो, यो तनै रमायो 
चारैतिर दीपावली छायो 
झिलीमिली नै झिलिमिली । 

अँध्यारो बाटो थिएन, चिप्लो बाटो नि थिएन
कुलमान दाइको झिलिमिली
रोटी र दक्षिणा निकालिदेऊ आमा 
भयो हामीलाई अबेर,
हेर्नुस्् त्यो पल्लो गाउँमा 
झिलिमिली नै झिलिमिली ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x