×

NMB BANK
NIC ASIA

सुर्खेत –वीरेन्द्रनगर नगारपालिकाको विभिन्न वडामा फोहोर संकलनका लागि डस्टबिन राखिएको छ । नगरपालिका, नेपाल रेडक्रस सोसाइटी सुर्खेत शाखा र वातावरण सुधार केन्द्रको संयुक्त साझेदारीमा २७ स्थानमा डस्टबिन राखिएको हो ।

Sagarmatha Cement
Muktinath Bank

वीरेन्द्रनगरका विभिन्न स्थानमा डस्टबिन राख्नेगरी काम अघि बढाइएको रेडक्रस सुर्खेत शाखाका वरिष्ठ अधिकृत गोविन्दप्रसाद आचार्यले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘वीरेन्द्रनगरको वडा नं. ४, ७ र ८ का ८/८ स्थान तथा वडा नम्बर ५ को ३ स्थानमा डस्टबिन राखिसकेका छौं,’ उनले भने, ‘वीरेन्द्रनगरको वडा नं. ६ मा ८ स्थानमा र १२ नम्बरको ७ स्थानमा डस्टबिन राख्ने तयारीमा छौं ।’


Advertisment
Nabil box
Kumari

स्वीस रेडक्रसको आर्थिक सहयोगमा वीरेन्द्रनगरका चोकहरूमा डस्टबिन राख्न लागिएको हो ।

Vianet communication
Laxmi Bank

ती डस्टबिनका लागि ६ लाख ५० हजार रकम खर्च हुने आचार्यको भनाइ छ । ‘हामीले वीरेन्द्रनगरमा राख्ने डस्टबिन ८० लिटर क्षमताका छन्,’ उनले भने, ‘सबै डस्टबिन र स्ट्याण्डको लागत खर्च ६ लाख पचास हजार पुग्ने अनुमान छ ।’

बजारमा राखिएका डस्टबिनहरू हरियो र अर्को रातो रंगका छन् ।

‘हरियो रंगको डस्टबिनमा कुहिने र रातो रंगको डस्टबिनमा नकुहिने खालको फोहोर संकलन हुनेछ,’ उनले भने, ‘त्यस्तो गर्दा फोहोर अलग हुने र त्यो फोहोरको प्रयोग गर्न सहज हुने हाम्रो अपेक्षा हो ।’

यता वीरेन्द्रनगरका नगर प्रमुख देवकुमार सुवेदीले नगरलाई सफा राख्न र फोहोर व्यवस्थापन गर्न सहज हुने ठानेर बजारमा डस्टबिन राखिएको बताए ।

‘हामीले राजधानीलाई सफा र सुनदर बनाउने अभियानको थालनी गरिरहेका छौं,’ उनले भने, ‘यो वर्ष केही स्थानमा नमूना प्रयोगका लागि हामीले डस्टबिन राखेका छौं ।’

उनले यदि नमूना डस्टबिन अभियानले सफलता पाएको खण्डमा नगरभरी नै यस्ता डस्टबिनहरु राख्ने बताए ।

‘जहाँ पायो त्यही फोहोर फाल्ने बानीलाई निरुत्साहित गर्दै नगरपालिकालाई सफा राख्ने अभियान अन्तर्गत यो कार्यक्रम लागू गरेका हौं,’ उनले भने, ‘नगरलाई सफा राख्ने जिम्मा नगरको मात्रै नभएर सबै नगरवासीको हो । फोहोरलाई डस्टबिनमा मात्रै राख्ने बानी विकास हुने विश्वास सहित हामीले यी डस्टबिनहरू राखेका हौं ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x