×

NMB BANK
NIC ASIA

तेस्रो एकदिवसीयमा जीतसँगै शृंखला दक्षिण अफ्रिकाको पोल्टामा

कात्तिक २५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच भइरहेको तीन एकदिवसीय शृंखलाको अन्तिम तथा निर्णायक खेलमा पाहुना टोली दक्षिण अफ्रिका ४० रनले विजयी भएको छ । 

आइतवार होबार्टमा सम्पन्न खेलमा दक्षिण अफ्रिकाको विजयका लागि डेभिड मिलर कप्तान फाफ डुप्लेसीको प्रमुख योगदान रह्यो । मिलरले १०८ बलमा १३९ रन बनाए भने डुप्लेसीले १२५ रन बनाए ।

टस हारेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले एक समयमा ५५ रन बनाउँदा तीन विकेट गुमाइसकेको थियो । तर मिलर र डुप्लेसीले २५२ रनको साझेदारी गरेर टीमलाई सशक्त अवस्थामा ल्याए । दक्षिण अफ्रिकाले पाँच विकेटको क्षतिमा ३२० रन बनायो ।

अस्ट्रेलियाका लागि मिचेल स्टार्क र मार्कस स्टोइनिसले दुई दुई विकेट लिए भने जोश हेजलवूडको नाममा एक विकेट रह्यो ।

जवाफमा अस्ट्रेलियाले नौ विकेटको क्षतिमा २८० रन मात्र बनाउन सक्यो । उसका लागि शन मार्शले १०२ बलमा १०६ रन बनाए भने स्टोइनिसले ४३ रनको योगदान गरे । विकेटकीपर एलेक्स केरीले ४२ र ग्लेन म्याक्सवेलले ३५ रन बनाए ।

दक्षिण अफ्रिकाका लागि डेल स्टेन र कासिगो रबादाले तीन तीन विकेट लिए भने ड्वेन प्रिटोरियसले दुई र लुंगी न्गिदीले एक विकेट हात पारे ।

पहिलो एकदिवसीयमा दक्षिण अफ्रिका विजयी भएको थियो भने दोस्रो चाहिँ अस्ट्रेलियाले जितेको थियो । 

अब यी दुई टोलीबीच एकमात्र टी२० खेल शनिवार हुनेछ । 
 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x