×

NMB BANK
NIC ASIA

गाउँपालिकालाई दुई करोड छुट्याएकामा सरकारको प्रशंसा

कात्तिक २५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सप्तरी- दशैँ, तिहार र छठ पर्वका अवसरमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले आज राजविराजमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ । 

Muktinath Bank

सो अवसरमा नेकपाका प्रदेश इञ्चार्ज सत्यनारायण मण्डलले राजनीतिक दलहरु मिलेर ल्याएको परिवर्तनलाई संस्थागत बनाउँदै अघि बढ्न दलहरुबीच मेलमिलाप र एकता आवश्यक भएको बताउनुभयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश सचिव तथा सांसद सुमनराज प्याकुरेलले विकासमा पछाडि परेको तराईको दक्षिण क्षेत्रका प्रत्येक गाउँपालिकाका लागि वर्तमान सरकारले रु दुई करोडको बजेटसहितको विशेष कार्यक्रम छुट्याएकामा प्रशंसा गर्दै विकासको नयाँ लहर ल्याउन जनता जागरुक हुनुपर्ने बताउनुभयो । 


Advertisment
Nabil box
Kumari

नेपाली काङ्ग्रेसका सभापति दिनेश यादवले राणाशासन र पञ्चायतकालदेखि सङ्घीय लोकतन्त्र प्राप्तिको हरेक सङ्घर्षमा साथै रहेकाले मुलुकको समृद्धि र विकासमा पनि साथ दिने विश्वास व्यक्त गर्नुभयो । 

Vianet communication
Laxmi Bank

प्रदेशसभा सदस्य तथा राजपाका नेता नेत्रविक्रम साहले सरकारले प्रदेश नं २ मा विकास निर्माण कार्य अघि बढाउने विश्वास व्यक्त गर्नुभयो । प्रजिअ सुरेन्द्र पौडेलले तीनै तहको सरकारले गतिका साथ पूर्ण तरिकाले काम गर्न थालेपछि मुलुकले पछाडि फर्कनु नपर्ने विश्वास व्यक्त गर्नुभयोे । 

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य रामप्रीत पासवान र अशोक मण्डल, कार्यदल सदस्य महेश यादव, नेकपाका सहइञ्चार्ज विश्वनाथ साह, पूर्वमन्त्री उमेश यादव, प्रतिनिधिसभा सदस्य सरिता गिरी, प्रदेशसभा सदस्य ताराकान्त चौधरी, राजविराज नगरपालिका प्रमुख शम्भु यादवलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

चैत ८, २०८०

काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...

माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

मंसिर १४, २०८०

स्किल सेवाले घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दै आइरहेको छ । घरसम्बन्धी चुनौतीहरूको पहिचान र समाधान गर्न विगत पाँच वर्षदेखि सेवाले आफ्ना ३ शाखाहरूमार्फत काम गर्दै आइरहेको छ । सेवाले ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x