×

NMB BANK
NIC ASIA

नुवाकोटका पाँच किशोरीलाई भारतमा बेच्न लैजान लागेकाे अाराेपमा दुई जना पक्राउ

कात्तिक २६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बेत्रावती-  नुवाकोटका पाँच किशोरीलाई बेचबिखनका लागि भारत लैजान लागेको अभियोगमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा रहेका उनीहरुलाई आइतबार नै मानव बेचबिखन तथा ओसारपसार अभियोग मुद्दामा नुवाकोट जिल्ला अदालतबाट म्याद लिइ अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिनुभयो ।

Muktinath Bank

यसैगरी नुवाकोटबाट हराएका पाँच किशोरीलाई घरमा बन्धक बनाएको अवस्थामा सुर्खेतको भेरीगङ्गा नगरपालिका–१२ का २३ वर्षका निर्मल विश्वकर्मा र नुवाकोटको लिखु गाउँपालिका–४ चौघडाका २० वर्षका विकास प्याकुरेललाई हिरासतमा राखेर अनुसन्धान गर्न उक्त अदालतले तीन दिनको अनुमति दिएको छ । 

बन्धक बनाइएका किशोरीको बयानका आधारमा नुवाकोटबाट भारततर्फ लैजान सहयोग पु¥याउने प्याकुरेललाई प्रहरीले आइतबार बट्टार बजारबाट नियन्त्रणमा लिएको थियो । विश्वकर्मालाई सुर्खेत प्रहरीले गत शुक्रबार बन्धक बनाइएका किशोरीको उद्धारको क्रममा घरबाटै नियन्त्रणमा लिएर कारवाहीको लागि शनिबार नुवाकोट प्रहरीलाई बुझाएको थियो । 

घटनामा संलग्न धेरै व्यक्ति भएकाले तिनको खोजी भइरहेको प्रहरीले जनाएको छ । उद्धार गरिएका १३ देखि १६ वर्ष उमेरका ती किशोरीलाई जिल्ला प्रहरीको महिला तथा बालिका सेवा केन्द्रको आश्रयमा राखिएको छ । कात्तिक २१ गते लक्ष्मीपूजाका दिन देउसी खेल्न भनी घरबाट हिँडेका ती किशोरीलार्ई भारतमा राम्रो काम मिलाइदिने भनी फकाएर नुवाकोटबाट सुर्खेत पु¥याएपछि प्रहरीले गत शुक्रबार उद्धार गरी आइतबार नुवाकोट ल्याएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x