×

NMB BANK
NIC ASIA

बेहुलीझैं सिँगारिएको विराटनगरमा तिहार लगत्तै यस्तो फोहोर

कात्तिक २६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर– चार दिनअघि विराटनगरको बजार झट्ट हेर्दा लाग्थ्यो बेहुलीझैँ सिँगारिएको छ । चारैतिर झिलिमिली अनि सयपत्री र केराका बोटले छपक्कै ढाकिएको थिए ।  तर आज ४ दिन पछिको विराटनगर त्यो रहेन । बजार फोहोरका डङगुरले भरिएको छ । 

Sagarmatha Cement
Muktinath Bank

लक्ष्मी पूजामा सजाइएका केराका बोट, सयपत्री फूल अनि बनावटी कागजका फालिएका मालाहरू विराटनगरको मेन रोडका चोकचोकमा थुपारिएका छन् । आमसर्वसाधरण यतिवेला मुख र नाक थुन्दै माक्स लगाएर हिँड्न बाध्य छन् । बजार क्षेत्रका ठूला व्यापारीहरूले आफ्नो पसलमा सजाएका केराका बोटहरू सडकमा जथाभावी फालिदिँदा झनै फोहोर भएको हो । बजार क्षेत्रमा अहिले एक सातादेखि फोहोर उठाइएको छैन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फोहोरको कारण यस्तो
विराटनगर महानगरपालिकाको सरसफाइको ठेकेदार कम्पनी वेष्ट मेनेजमेन्ट गु्रप नेपालले महानगरभित्र सरसफाइ गर्ने जिम्मा पाएको छ । महानगरपालिका र वेष्ट मेनेजमेन्ट प्रा.लि.बाट खटाइएका करिब २ सय जना सरसफाइ गर्ने  कर्मचारी छन् । 


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

फुल टाईम र पार्ट टाईम गर्ने २ सय कर्मचारी यतिबेला आन्दोलनमा उत्रिएका छन् । दशैंको बोनस र तलव वृद्धीको माग गरेर अहिले आधा कर्मचारी आन्दोलनमा छन् । काम नै ठप्प पारेर सरसफाइ कर्मचारीहरु काममा नआउँदा फोहोर व्यवस्थापनमा महानगरपालिकालाई समस्या भएको हो । 

कर्मचारीले गत असोज २० गते दशैं अगावै बोनस र तलव वृद्धीको माग राखेर आन्दोनमा उत्रिएका थिए ।  उनीहरुले दशै बोनस उपलब्ध गराउनका साथै तलव वृद्धीको माग राखेर गत असोज २० देखि २३ गते सम्म काम ठप्प पारेर वेष्ट मेनेजमेन्टको कार्यालय घेराउ गरेका थिए । 

वेष्ट मेनेजमेन्ट प्रा.लि.का परियोजना प्रमुख देवीप्रसाद आर्चयसँग वार्ता र छलफलपछि कर्मचारी पुनः काममा खटिएका थिए । दशैंपछि बोनस दिने सर्तमा आफूहरु  काम खटिएको सरसफाइ कर्मचारी राजु मरिकले बताए । तर दशैं पछि पनि उक्त बोनस नदिएपछि अहिले आफूहरु अन्दोलनमा उत्रनु परेको मरिकले बताए । 

हरेक बर्ष दशै अगावै तलव र दशैं बोनस दिने गरेको भए पनि यसपटक नदिएपछि उनीहरु आन्दोलित भएका हुन् । सरसफाइ कर्मचारी अनितादेवी मरिकले नियमित पाउँदै आएको सेवा सुविधा नदिएपछि काम ठप्प पारेर आन्दोलन गरेको बताइन् । विराटनगर महानगरपालिकाले वेस्ट मेनेजमेन्ट कम्पनीलाई ५ बर्षका लागि फोहोर उठाउने जिम्मा दिएको थियो । विराटनगर महानगरपालिकामा अहिले दैनिक एक सय १० टन फोहोर संकलन हुन्छ । 

यता फोहोरमैला उठाउने जिम्मा पाएको वेष्ट मेनेजमेन्ट परियोजनाका प्रमुख देवीप्रसाद आर्चयले कर्मचारी आन्दोलनमा भएका कारण फोहोर नउठेको बताए । सरसफाइ गर्न कर्मचारीहरुसँग छलफल भइरहेको उनले बताए । आज र भोलिसम्म समस्याको समाधान भइसक्ने र बजारको फोहोर उठ्ने आचर्यले दावी गरे । वेष्ट मेनेजमेन्ट प्राईभेट कम्पनी भएको कारण कर्मचारीलाई उपलब्ध गराउने आर्थिक रकम  जुटाउन धौ–धौ हुने गरेको परियोजना प्रमुख आचर्यले दुखेसो पोखे ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x