×

NMB BANK
NIC ASIA

बलोन दोरका अन्तिम तीन खेलाडीको नाम 'लीक', रोनाल्डो र मेस्सी परेनन्

कात्तिक २६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं —  फूटबल जगतको सबभन्दा प्रतिष्ठित पुरस्कार बलोन दोरको घोषणा डिसेम्बरमा हुँदैछ । 

विगत एक दशकमा लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोले यो पुरस्कारमा कब्जा जमाउँदै आएका छन् तर सन् २००७ पछि उनीहरूमध्ये कसैले पनि यो पुरस्कार नजित्ने सम्भावना छ । 

डिसेम्बर ३ मा घोषणा हुने पुरस्कारको दाबेदारमा लुका मोड्रिच अग्रपंक्तिमा छन् । 

फ्रान्सेली पत्रकार एरिक माम्रुथले ट्विटरमा शीर्ष तीन दाबेदारको नाम सार्वजनिक गरेका छन् ।

पहिलो नम्बरमा क्रोएसियाका कप्तान लुका मोड्रिचको नाम छ र उनले आफ्नो देशलाई विश्वकपको फाइनलसम्म लगेका थिए र रियाल मड्रिड टीमका लागि तेस्रो च्याम्पियन्स लीग दिलाएका थिए । 

सेप्टेम्बरमा भएको बेस्ट फिफा फूटबल अवार्ड्समा पनि मोड्रिच नै विजयी भएका थिए ।

दोस्रो नम्बरमा उनका रियाल मड्रिडका सहखेलाडी रफाएल भराने छन् । 

यी डिफेन्डरले अघिल्लो सीजनमा आफ्नो क्लबका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए विश्वकपको फाइनलमा क्रोएसियालाई हराउँदा फ्रान्सको सदस्य थिए । 

शीर्ष तीनको तेस्रो स्थानमा किलियन एम्बाप्पे छन् । 

पीएसजीका यी प्रतिभाशाली खेलाडीले यस सीजनमा सबै प्रतियोगितामा गरी क्लबका लागि १३ गोल गरिसकेका छन् । विश्वकपको फाइनलमा उनले गोल गरेका थिए ।

यही क्रममा खेलाडीहरू रहेको नरहेको त हेर्न बाँकी छ तर बाजी थाप्नेहरूले मोड्रिचले नै बलोन दोर जित्ने अनुमान गरेका छन् ।

उनलाई रोनाल्डो र ग्रीजमानभन्दा अगाडि राखिएको छ भने एम्बाप्पे र मेस्सी शीर्ष पाँचमा परेका छन् । 

प्रेमियर लीगमा अघिल्लो सीजनका सर्वोत्कृष्ट खेलाडी रहेका मोहम्मद सलाह बलोन दोरका लागि आउटसाइडर हैसियतमा छन् ।

एजेन्सी 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x