×

NMB BANK
NIC ASIA

कोरियाली लगानी भित्र्याउन आग्रह

कात्तिक २६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल–रुपन्देहीकाे तिलोत्तमा नगरपालिकाका जनप्रनिनिधि र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङ सिकबीच आज नगरपालिकाको सेवा प्रवाह, विकास निर्माण र भावी योजनाका बारेमा छलफल भएको छ । 

नगर प्रमुख वासुदेव घिंमिरेले नगरपालिकामा जनप्रतिनिधिहरु आएपछि शुरु भएका विकास निर्माण, विभिन्न अभियान तथा भावी योजनाका बारेमा राजदूत सिकलाई जानकारी गराए । उनले नगरपालिकाले अघि सारेका ठूला योजनामा दक्षिण कोरियाली सरकारका तर्फबाट सहयोग मिल्ने विश्वास व्यक्त गर्दै यसमा सहजीकरण गरिदिन राजदूत सिकलाई आग्रह गरे । 

नेपालमा पुनः मिल्क होलिडे शुरु हुँदा किसान मर्कामा परेको उल्लेख गर्दै उनले दूधको बजारीकरणका लागि नगरपालिकाले दुग्ध प्रशोधन केन्द्र स्थापना गर्न कोरियाली सरकारको सहयोगको अपेक्षा गरे । प्राविधिक शिक्षालय, क्षेत्रीयस्तरको बसपार्क, फोहरमैला प्रशोधन केन्द्र, एकीकृृत ढल निकास योजनालगायत नगरपालिकाले अघि सारेका ठूला आयोजनामा सहयोग गर्न र कोरियाली लगानी भित्र्याउने वातावरण निर्माण गर्नुपर्नेमा नगर प्रमुख घिमिरेको जोड थियो । 

कार्यक्रममा राजदूत सिकले स्थानीय सरकारका गतिविधिलाई आफूले नजीकबाट नियाल्ने अवसर पाएको भन्दै लुम्बिनी र व्यापारिक नाकाबाट नजीक रहेकाले तिलोत्तमा नगरपालिकामा विकासको प्रचुर सम्भावना रहेको उल्लेख गरे । 

दक्षिण कोरियाले नेपालमा विभिन्न सहयोगका कार्यक्रम गर्दै आएको बताउँदै राजदूत सिकले योजनाको प्राथमिकीकरणमा विशेष ध्यान दिन जनप्रतिनिधिलाई आग्रह गरे । तिलोत्तमा नगरपालिकाले सञ्चालन गरेका विभिन्न अभियानबाट आफू निकै प्रभावित भएको उल्लेख गर्दै राजदूत सिकले यस नगरपालिकालाई हरित नगर भएको आफूले देख्न चाहेको बताए । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x