सुजाता निवासमा देउवाको आलोचना

कात्तिक २७, २०७५

काठमाडौं–गुट उपगुटमा विभाजित नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा ईतरका नेताहरु एकजुट हुन थालेका छन् । 

सभापति देउवाले पार्टीलाई विधि र प्रक्रिया अनुसार सञ्चालन गर्न नसकेको भन्दै देउवा पक्ष इतरका नेताहरुले आलोचना गर्न थालेका छन् ।


ADVERTISEMENT

विधि र प्रक्रियालाई वेवास्ता गर्दै सभापति देउवाले उपसभापतिमा विजयकुमार गच्छदारलाई मनोनित गरेको भन्दै कांग्रेस भित्र किचलो शुरु भइरहेको बेला कांग्रेस नेतृ सुजाता कोइराला निवासमा कांग्रेसका भेला भै अब कसरी अघि बढ्ने भन्ने बारेमा छलफल गरेका छन् ।
 कोइराला निवासमा सोमबार भएको छलफलमा महामन्त्री डा। शसांक कोइराला, वरिष्ठ नेता रामचन्द्र पौडेल, डा। शेखर कोइराला, डा रामशरण महत, प्रकाशमान सिंह र अर्जुन नरसिंह केसीको उपस्थिति रहेको थियो ।

भेलामा कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई पनि बोलाइएको थियो । सिटौला छठको कार्यक्रममा भाग लिन झापा जानु पर्ने भएकोले उपस्थित हुन सकेनन् । नेतृ सुजाता कोइरालाले आव्हान गरेको भेलामा उपस्थित नेताहरुले अब नियमित छलफल गरी सहमतिका साथ एकजुट भएर अघि बढ्ने सहमति गरेका थिए ।

डा शेखर कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले  जानकारी दिए अनुसार सोमबारको भेलामा कांग्रेसको शसक्त भातृ संगठन नेपाल विद्यार्थी संघको विवाद, विधान संशोधनको विषय र महासमिति बैठकमा प्रस्तुत गरिने एजेण्डाको बारेमा छलफल भएको थियो ।

साथै पार्टी, नेतृत्व र राष्ट्रिय राजनीतिमा पार्टीको स्थान समेत अत्यन्त कमजोर बन्दै गएको भन्दै शीर्ष नेताहरुले नियमित छलफल गरी अघि बढ्नु पर्ने धारणा राखेका थिए । नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ । 

कात्तिक २७, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस