×

NMB BANK
NIC ASIA

हिन्दू महिला तुलसी गाब्बार्ड अमेरिकाको राष्ट्रपति उम्मेदवार बन्न सक्ने

कात्तिक २७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — अमेरिकी कंग्रेसमा पहिलो हिन्दू सांसद तुलसी गाब्बार्ड सन् २०२० को राष्ट्रपति चुनाव लड्ने विचार गरिरहेकी छन् । 

लस एन्जेलसको मेडट्रनिक कन्फेरेन्समा शुक्रवार प्रतिष्ठित भारतीय अमेरिकी चिकित्सक सम्वत शिवांगीले तुलसी सन् २०२० मा अमेरिकाको राष्ट्रपति बन्न सक्ने बताए । उनको यो संक्षिप्त बयानपछि मानिसहरूले उभिएर तुलसीको अभिवादन गरे । 

डेमोक्रेटिक पार्टीबाट हवाईकी सांसद तुलसीले पनि सभालाई सम्बोधन गरिन् । उनले राष्ट्रपति चुनावमा लड्ने नलड्ने विषयलाई पुष्टि पनि गरिनन्, खण्डन पनि गरिनन् । क्रिसमसका बेलामा उनले यसको फैसला लिने मानिएको छ । 

हुन त त्यो पनि औपचारिक घोषणा हुने छैन र त्यसमाथि अर्को वर्ष फैसला हुनेछ । 

उनको टीमले सम्भावित डोनरहरूसँग सम्पर्क गरिरहेको बताइएको छ । उनी चुनावमा प्रभावशाली प्रचार गर्ने स्वयंसेवकको खोजीमा छिन् । 

तुलसीको जन्म हवाई राज्यका स्टेट सिनेटर तथा क्याथोलिक पिता अनि ककेसियन समुदायकी आमाबाट भएको हो । उनकी आमाले हिन्दू धर्म अपनाएकी हुन् । तुलसीले हवाईमै हुँदा किशोरावस्थामा हिन्दू धर्म अपनाइएकी थिइन् । 

उनी कथंकदाचित् राष्ट्रपति पदको उम्मेदवार भइहालिन् भने प्रमुख राजनीतिक दलको पहिलो हिन्दू उम्मेदवार हुनेछिन् । उनले चुनाव जितिन् भने सबभन्दा युवा र पहिलो महिला राष्ट्रपति हुनेछिन् । 

तुलसी गत साता मात्र हाउस अफ रिप्रेजेन्टेटिभ्समा चौथोपटक विजयी भएकी हुन् ।

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x