×

NMB BANK
NIC ASIA

छठमा पहाडी मूलका मेयरको कठोर व्रत, मागे समृद्धि र जनकल्याणको वर

कात्तिक २७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर – विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली १५ औं पटक शरीर भुइँमा घस्रेर दण्डवत् प्रणाम गर्दै छठ पूजामा निस्किएका छन् ।

Muktinath Bank

विराटनगर पोखरियामा रहेको पाञ्चायन मन्दिरबाट उनी आफ्ना २ भतिजासहित दण्डवत् प्रणाम गर्दै छठको अस्ताउँदो सूर्यलाई अर्घ दिन निस्किएका हुन् । मेयर पराजुलीलाई उनका भतिजा प्रमिस र मनिस पराजुलीले साथ दिएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पोखरियामा रहेको शिव पाञ्चायन मन्दिरबाट करीब ३ किलोमिटरको दूरी घस्रिएर पार गर्दै मेयर पराजुली करीब ४ घण्टाको अवधिमा सिँगिया खोलाको परोपराकार घाटमा पुग्ने जनाइएको छ । यसअघि १२ वर्षसम्म आफ्नो र परिवारको लागि छठको ब्रत बसेको बताउने पराजुलीले १३ औं ब्रत बिरामी परेर मर्न लागेका शशांक कोइरालाको लागि बसेको बताए । १४ औं पूजा भने आफू मेयर भएपछि आफ्नो लागि बसेको बताउँदै उनले अहिलेको १५ औं कठोर ब्रत महानगरको समृद्धि र नगरवासीको लागि बसेको बताएका छन् ।


Advertisment
Nabil box
Kumari

पर्वतबाट विराटनगर आएपछि ब्रत

Vianet communication
Laxmi Bank

उनी जन्मनुभन्दा पहिलादेखि नै उनको परिवार धार्मिक रुपमा विश्वास गर्ने परिवार हो । उनी जन्मनुभन्दा पहिलादेखि नै मेयर पराजुलीकी आमा तुलसीमायाँ पराजुलीले छठको पूजा नियमित गर्दै आएकी थिइन् । 

करीब ६७ वर्ष पहिलादेखि नै विराटनगरमा बसोबास गर्दै आएका मेयर पराजुलीका बुबा पर्वतका वासिन्दा थिए । पर्वतमा छठ पर्वको खासै महत्त्व थिएन । पराजुली परिवार पर्वतबाट कोही भोजपुर, कोही खोटाङ, कोही धनुकुटा गए भने मेयर भीम पराजुलीका बुवाआमा विराटनगर आए । 

पराजुलीलाई याद भए अनुसार उनी १६ वर्षको उमेरदेखि नै छठको ब्रत बस्न थालेका हुन् । त्यो बेला आमाले छठको पूरा गरेको देख्दा ‘ब्रत गरौं गरौं’ लागेको उनले बताए । त्यसपछि नियमित ब्रत बस्दै आएका उनले १५ वर्षदेखि दण्डवत् प्रणाम गर्दै घस्रेर घाटसम्म जान थालेको बताए । आमाले सिकाएको संस्कार जीवनमा निरन्तर लागू गर्दै आएको उनले बताए ।

सफलताको श्रेय छठलाई

मंगलवार १५ औं पटक घस्रिएर दण्डवत् प्रणामका आधारमा कठोर छठको ब्रत गरेका कारण आफू कहिल्यै असफल नभएको मेयर पराजुलीले बताए । यसअघि महेन्द्र मोरङको स्ववियू निर्वाचनमा बागी उम्मेवारबाट जितेको स्मरण गर्दै उनले भने, ‘विराटनगरको मेयरको टिकट पाउने बेलामा पनि पाउँदैन भन्थे पाएँ, टिकट पाएर पनि हराउन लागे, त्यो पनि जितें ।’

हरेक अप्ठ्यारोबीच सहजता खोज्ने व्यक्ति भएको बताउँदै उनले अहिलेसम्म छठको ब्रतको कारण आफूले जहाँ छोयो, त्यहाँ पुग्ने गरेको अनुभव सुनाए । चुनौतीलाई सामना गर्नको लागि नै आफू जन्मीएको हो कि भन्ने लागेको उनले बताए ।

कठिन ब्रत कुनै पनि नछाडेको उनले बताए । गत वर्षसम्म छठको ब्रतबारे चासो नदिने उनकी श्रीमती रञ्जीता खनाल पराजुलीले पनि यसपालिदेखि ब्रत थालेकी छन् । २५ वर्षदेखि तीजको ब्रत बसेको दाबी गरेका मेयरले अहिलेसम्म हरेक तीजमा समेत निराहार ब्रत बस्ने गरेको सुनाए । ब्रतबन्ध गरेदेखि ननुहाई पानी समेत नखाने स्वभाव भएका मेयर पराजुली राजनीतिसँगै धर्ममा अत्यन्त आस्था राख्ने व्यक्ति आफू भएको बताउँछन् ।

हरेक दिन बिहान ५ बजेभन्दा अगाडि नै उठ्ने मेयर पराजुलीको पहिलो कर्म भनेको भगवानप्रति आस्था नै हो । मेयर हुनुभन्दा पहिला उनले धार्मिक नित्यकर्म हरेक दिन बिहान ८ बजेसम्म गर्ने गरेका थिए । तर, अहिले उनले धार्मिक समय छोट्याएर १ घण्टामा सक्ने गरेका छन् ।

छठको महत्त्व

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म ४ दिन छठ पर्व मनाउने गरिन्छ । छठमा सूर्यदेवको आराधना, उपासना र पूजा गर्ने चलन रहँदै आएको छ । पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपासना छठ पर्व मनाउने चलन रहँदै आएको छ । 

आदीकालमा सती अनुसूयाले रोगग्रस्त पतिलाई निको बनाउन भगवान सूर्य र षष्ठी देवीको पूजा आराधना गरेको प्रसङ्ग छठसँग जोडिएको छ । महाभारतकालमा द्रौपदीसहित पाण्डवले अज्ञात बासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवको आराधना गरेको र सोही समयदेखि छठ मनाउने परम्पराको थालिएको कथन छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x