×

NMB BANK
NIC ASIA

यातायात क्षेत्रसँगै अन्य क्षेत्रमा रहेका एकाधिकार पनि हटाउँछौंः बादल

कात्तिक २७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बेनी– गृहमन्त्री रामबहादुर थापाले सरकारले यातायात क्षेत्रसँगै अन्य क्षेत्रमा रहेका एकाधिकार हटाउन लागीपरेको बताउनुभएको छ । 

Muktinath Bank

म्याग्दी कोरला यातयात प्रालिद्वारा बेनी–काठमाडाँै सडकमा सञ्चालित सुविधायुक्त स्तरीय यातयात सेवाको आज यहाँ सुभारम्भ गर्दै गृहमन्त्री थापाले मुलुकको समृद्धि र नागरिकको आयआर्जनमा सुधार ल्याउन सरकारले यातायातसँगै शिक्षा, स्वास्थ्य, उद्योग, चिकित्सालगायत क्षेत्रमा रहेको एकाधिकारलाई समेत अन्त्य गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘‘मुठीभरका व्यक्तिले मात्रै हरेक क्षेत्र ओगटेका छन्, सिमिति मान्छे धनी छन्, मुलुक र आमनागरिक गरिबीमै बस्नुपर्ने बाध्यता छ, सबैलाई समान अवसर सिर्जना गर्नको लागि एकाधिकार तोड्न जरुरी छ’’, मन्त्री थापाले भन्नुभयो । 


Advertisment
Nabil box
Kumari

यातयातको क्षेत्रमा वर्षौदेखि रहेको एकाधिकारले यात्रुहरुलाई बाधा पु¥याएकाले कानूनी रुपमै त्यसलाई हटाउने निर्णय लिएको मन्त्री थापाले बताउनुभयो । उहाँले यातायात क्षेत्रमा कानूनी रुपमा एकाधिकार हटे पनि व्यावहारिक रुपमा अझै पूर्ण रुपमा कार्यान्वनयमा आउन बाँकी रहेको उल्लेख गर्नुभयो । 

Vianet communication
Laxmi Bank

भौतिक पूर्वाधार तथा यातयात मन्त्रालयले यातायात क्षेत्रलाई व्यवस्थित बनाउन कार्यदल बनाएर आवश्यक काम गरिरहेको बताउँदै उहाँले यातायात क्षेत्रलाई सुरक्षित, भरपर्दो र आरामदायी बनाउन यातयात व्यवसायी प्रतिबद्ध हुनुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य विनोद केसीले यातयात क्षेत्रमा हटाइएको एकाधिकारलाई पूर्ण रुपमा कार्यान्वनयमा ल्याउन यातायातसम्बन्धी ऐन र व्यवस्थालाई नै परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो । प्रालिका अध्यक्ष सुरत केसीले काठमाडाँै र पोखरा लगायतका क्षेत्रमा अझै पनि एकाधिकार हट्न नसकेको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

चैत ८, २०८०

काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...

कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x