×

NMB BANK
NIC ASIA

‘आफ्ना’लाई सिंहदरबारमै राख्न नेताको चलखेल, बर्खास्तीमा परेका सुदूरपश्चिमका मन्त्री पार्टीबाट पनि निकालिए

कात्तिक २८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– आज बिहान उदाउँदो सूर्यलाई  अघ्र्य अर्पण गरी पूजार्चना गरेसँगै मिथिलाञ्चलको महान पर्व छठ सम्पन्न भएको छ । यसअघि छठको मुख्य दिन मंगलबार बर्तालुले अस्ताउँदो सूर्यलाई अघ्र्य दिँदै पूजाआर्चना गरेका थिए । 
अघ्र्य सामग्रीमा ठकुवा, कसार, केरा, उखु, मेवा–मिष्ठान, गेडागुडी, कन्दमूल र विभिन्न वनस्पति राख्ने परम्परा रहेको छ । 
यस पर्वमा भुसवा र कृषिजन्य अन्नको पीठोबाट बनाइएका परिकारहरूसँगै केराको घरी, माटोको हात्ती, सूप, कनसुपती, कलशसहितको घैँटो आदि सामग्रीको स्वच्छता र पवित्रतापूर्वक व्यवस्था गरिन्छ   । 

Muktinath Bank

छठमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिएमा यसको किरणको प्रभावले चर्मरोग नहुने र पुत्र प्राप्त हुने विश्वास पाइन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

छठको विधि विधानले शरीर र मनलाई सौर्य ऊर्जा अवशोषणका लागि तयार गर्दछ । छठ पूजाको यही प्रक्रियाका लागि प्राचीन ऋषिमुनिले खानपिन नगरी कठोर तपस्याको ऊर्जा प्राप्त गरेका थिए । 


Advertisment
Nabil box
Kumari

सूर्य उपासना लाभदायक र आरोग्य क्षमतामा वृद्धि हुने तथ्य रहेको बताइन्छ । सूर्यलाई आदि देवता पनि भनिन्छ । मानवलाई उज्यालो दिने, जिउमा गर्मी उत्पन्न गर्ने र रोगव्याधिबाट जोगाउने सूर्य नै भएको मान्यता पाइन्छ । वैदिक साहित्यको मुख्य सार नै सूर्य उपासना रहेको छ । वेदमा सूर्यलाई ऐश्वर्यका रूपमा मानिएको छ भने ऋग्वेदमा सूर्यलाई नै सबै देवताको स्रोत मानिएको छ । 

Vianet communication
Laxmi Bank

छठ पर्वमा सूर्यलाई ‘छठी माई’ का रूपमा पूजा गर्ने चलन छ । जसलाई वैदिक अनुष्ठानमा तान्त्रिक अनुष्ठानको सम्मिश्रण मानिएको छ । यस पर्वको सम्पादन षष्ठी तिथिमा हुने भएकाले यसको तद्भव रूप छठले ‘परमेश्वरी’ को रूपले लोकमानसमा ठाउँ पाएको हुन सक्ने विश्वास पाइन्छ । छठ पर्वमा अघ्र्य दिइने सामग्रीमा बाँसले वंशवृद्धि, उखुले आरोग्य, ठकुवाले समृद्धि, मौसमी फलफूल प्रकृतिप्रति कृतज्ञता र केरामा भगवान् विष्णुको बास रहेको मान्यताले ईश्वरीय सत्ताको दृष्टिमा सबै समान हुन् भन्ने सन्देश पनि दिन्छ । 

यस पर्वमा चमार जातिले ढोल बजाउने, मालीले फूल, बरईले पानको पात, कुम्हारले माटोको सामग्रीको व्यवस्थान गर्ने र डोम जातिले बनाएको बाँसको सामानको प्रयोगले श्रम विभाजनको वैज्ञानिक तथ्य पनि पाइन्छ । 

राष्ट्रपति भण्डारीद्वारा छठपूजा 
 छठ पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार साँझ गुह्येश्वरी मन्दिरस्थित गौरीघाट पुगेर वाग्मती नदीको बीच भागमा बनाइएको छठी माताको मूर्तिमा पूजाआराधना गर्नुभयो । 

सो अवसरमा उहाँलाई श्री छठ पूजा समितिका पदाधिकारीले स्वागत गर्नुभएको थियो । 

यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले पनि छठपूजा गरेका छन् । पछिल्लो समय मधेसमा मात्रै होइन काठमाडौंसहित केही पहाडी जिल्लामा समेत धु्मधामका साथ छठ मनाइन्छ । 

छठमा पहाडी मूलका मेयरको कठोर व्रत
 

 विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली १५ औं पटक शरीर भुइँमा घस्रेर दण्डवत् प्रणाम गर्दै मंगलबार छठ पूजामा निस्किए ।

विराटनगर पोखरियामा रहेको पाञ्चायन मन्दिरबाट उनी आफ्ना २ भतिजासहित दण्डवत् प्रणाम गर्दै छठको अस्ताउँदो सूर्यलाई अर्घ दिन निस्किएका हुन् । मेयर पराजुलीलाई उनका भतिजा प्रमिस र मनिस पराजुलीले साथ दिएका थिए । 

पोखरियामा रहेको शिव पाञ्चायन मन्दिरबाट करीब ३ किलोमिटरको दूरी घस्रिएर पार गर्दै मेयर पराजुली करीब ४ घण्टाको अवधिमा सिँगिया खोलाको परोपराकार घाटमा पुगेका थिए । यसअघि १२ वर्षसम्म आफ्नो र परिवारको लागि छठको ब्रत बसेको बताउने पराजुलीले १३ औं ब्रत भने त्यतिबेला बिरामी परेका काँग्रेस नेता  शशांक कोइरालाको लागि बसेको बताए । १४ औं पूजा भने आफू मेयर भएपछि आफ्नो लागि बसेको बताउँदै उनले अहिलेको १५ औं कठोर ब्रत महानगरको समृद्धि र नगरवासीको लागि बसेको बताएका छन् ।


सोडारी साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशित 
सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रीबाट हटाइएका दीर्घ बहादुर सोडारीलाई सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासित गरेको छ । 

पदमा रहँदा आचरण विपरित काम गरेको भन्दै नेकपाले सोडारीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको थियो । सोडारीको ठाउँमा मंगलवार कृष्णराज सुवेदीले सामाजिक विकास मन्त्रीको शपथ ग्रहण गरिसकेका छन् । 

मंगलवार बसेको नेकपा सुदूरपश्चिम प्रदेश कमिटीको बैठकले सोडारीलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको हो । नेकपा सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्ण थापाको अध्यक्षमा बसेको बैठकले सोडारीलाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको हो । 

सोडारीले पदमा रहँदा गरेका कार्यले सुदूरपश्चिम प्रदेश सरकार र नेकपाको बद्नाम भएको भन्दै पार्टीबाट निष्काशन गर्ने निर्णय गरिएको नेताहरुको भनाइ छ । 

सोडारी गतवर्ष सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनमा कैलाली क्षेत्र नम्बर ४ को (क)बाट निर्वाचित भएका थिए ।

आफ्नालाई सिंहदरबारमै राख्न नेताको चलखेल 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले पुस महिनासम्म राज्यका तीनवटै तह संघ, प्रदेश र स्थानीय तहमा आवश्यक सबै कर्मचारी परिचालन गरिसक्ने घोषणा गरेका छन् । 

संघीयता कार्यान्वयन भएर प्रदेश र स्थानीय तहको सरकार गठन भएको १ वर्ष भइसक्दा पनि आवश्यकताभन्दा धेरै कम मात्रै कर्मचारी प्रदेश र स्थानीय तहमा खटिएका छन् । 


सरकारले स्थानीय र प्रदेश तहमा कर्मचारी परिचालन गर्न कर्मचारी समायोजन ऐन– २०७४ जारी पनि गरेको थियो । उक्त ऐनको प्रभावकारी कार्यान्वयन हुन नसकेपछि अब अध्यादेशमार्फत् नयाँ कानून ल्याउने तयारी भएको छ । 

केन्द्र सरकारले कर्मचारी समायोजन अध्यादेश– २०७५ मार्फत् कर्मचारी समायोजन प्रक्रियालाई टुंग्याउने लक्ष्य लिएको छ । कर्मचारी समायोजन प्रक्रिया टुंग्याउनका लागि सरकारले संघ, प्रदेश र स्थानीय तहका लागि दरबन्दी पनि निर्धाण गरिसकेको छ ।  यसैबीच आफू निकटका कर्मचारीलाई सिंहदरबारमै राख्न नेताहरुबाटै चलखेल सुरु भएको छ । 
अहिले स्थानीय तहमा दरबन्दी भएका धेरै कर्मचारी काज मिलाएर सिंहदरबारका विभिन्न मन्त्रालय र विभागमा कार्यरत छन् । अब दरबन्दी भएको ठाउँमा ३ वर्ष अनिवार्य काम गनुपर्ने व्यवस्था गर्न लागिएपछि राजनीतिक दलकै नेताहरू आफन्त नाता पर्ने कर्मचारीलाई सिंहदबारमै राख्ने ध्याउन्नमा लागेका हुन् । 


भारतीय गृहमन्त्री सिंह र जनकपुर आउँदै 
भारतका केन्द्रीय गृहमन्त्री राजनाथ सिंह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरधाम आउने भएका छन् ।

मंसिर २६ गते रामजानकी विवाहपञ्चमी महोत्सवमा जन्ती बनेर गृहमन्त्री सिंह र मुख्यमन्त्री योगी आदित्यनाथ आउने सुनिश्चित भएको जानकी मन्दिरका सहायक महन्थ रामरोशन दास वैष्णवले बताए ।
 

मन्त्रालयको कार्यप्रगतिको अनुगमन गर्दै प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न मन्त्रालयको कामको प्रगति विवरण अनलाइनमार्फत अनुगमन गरिरहनु भएको छ । 

उहाँले आफ्नै कार्यालयमा बसेर मन्त्रालयका काम कारवाहीबारे नियमित अनुगमन गरिरहनुभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले जानकारी दिनुभयो । प्रधानमन्त्री कार्यालयले विकास गरेको सफ्टवेयरमा सबै मन्त्रालयका सचिवले आफ्नो मन्त्रालयको कार्ययोजनाको कार्यप्रगति विवरण राख्ने गर्छन् । ती विवरण प्रधानमन्त्री ओलीले अनलाइनमार्फत अनुगमन गर्नुहुन्छ ।


ओलम्पिक छनोटमा नेपाल दोस्रो चरणमा
ओलम्पिक महिला फुटबलको एशियन छनोटमा अपराजित रहँदै नेपाल दोस्रो स्थानमा पुग्न सफल भएको छ । 

मंगलबार भएको बङ्गलादेशसँगको तेस्रो खेलमा नेपाल र बङ्गलादेशको खेल एक÷एक गोलको बराबरीमा सकिएसँगै नेपाल दोस्रो चरणमा पुगेको हो । 

समूहको शीर्ष दुई टोली र तेस्रो हुने उत्कृष्ट दुई टोली अर्को चरणमा पुग्ने प्रावधान छ । यसका अनुसार नेपाल समूह विजेता वा उपविजेता नबने पनि उत्कृष्ट दुई घोषित हुँदै दोस्रो चरणमा पुगेको हो । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x