चैत ७, २०८०
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...
सुर्खेत – ईलाका प्रहरी कार्यालय ग्रामीण स्तरको प्रमुख प्रहरी संरचना हो । हरेक नागरिकसँग प्रत्यक्ष जोडिने इलाका प्रहरी कार्यालयको अवस्था नै नाजुक भएपछि सर्वसाधारणले सुरक्षाको प्रत्याभूति कसरी गर्ने ?
सुर्खेतको लेकबेसी नगरपाालिका–६ स्थित इलाका प्रहरी कार्यालय कागजमा ‘क’ वर्गको भएपनि काममा सुस्त छ ।
आवश्यक स्रोतसाधन र जनशक्ति नहुँदा काम गर्न नसकिएको जनाइएको छ । प्रहरी कार्यालयमा प्रहरी नायव निरीक्षक (सई) को नेतृत्वमा १० जना जनशक्ति ४ कोठाबाट सेवा प्रवाह गरिरहेका छन् ।
कार्यालय गत साउन १६ गते मन्त्रिपरिषद्को निर्णयबाट स्थापना गरिएको हो । ३० हजार जनसंख्या रहेको लेकबेसीको सुरक्षा जिम्मा लिएको ‘क’ वर्गको इलाका प्रहरी कार्यालयको नेतृत्व प्रहरी निरीक्षक (इन्सपेक्टर) ले गर्नुपर्ने हो । तर त्यहाँ सई मोहनलाल कुमाईले नेतृत्व गर्दै आइरहेका छन् ।
इलाका प्रहरी कार्यालयमा एउटा मोटरसाइकल नगरपालिकाले गस्तीका लागि प्रदान गरेको छ भने जिल्ला प्रहरी कार्यालयले पनि एउटा मोटरसाइकल प्रदान गरेको छ । इप्रकाको क्षेत्र हुँदै कर्णाली प्रदेशका कुनै न कुनै मन्त्रीको आवागमन भइरहन्छ ।
मन्त्री आफ्नो कार्यक्षेत्रमा आउँदा ‘स्कर्टिङ’ गर्न एउटा मोटरसाइकल पठाउनुपर्ने हुन्छ । ४७ जनाको दरबन्दी रहेको कार्यालयमा १ जना सई, ३ जना हवल्दार र ६ जना जवान कार्यरत छन् । १ जना कार्यालय सहयोगी रहेको कार्यालयबाट सेवा प्रवाहमा कठिनाइ भएको जनाइएको छ ।
कार्यालयमा कार्यरत प्रहरी हवल्दार बसन्त भण्डारीले नगर क्षेत्रमा रहेका गाउँबस्तीमा कुनै दुर्घटना भएमा सडकको अवस्था दर्दनाक भएका कारण समयमै पुग्न असहज रहेको बताए । ‘नयाँ बाटो काटिएको छ । धेरै स्थानमा बाटो पुगेको छैन । जनता छिटो सेवा चाहन्छन् । तर हामीलाई घटना घटेको स्थानसम्म पुग्न २ घण्टा बढी लाग्छ,’ उनले दुखेसो गर्दै भने, ‘गाडी नहुँदा पनि हामीलाई समस्या भएको छ ।’
प्रहरी नायव निरीक्षक कुमाईले मासिक १० हजार रुपैयाँ तिर्ने गरी भाडामा लिइएको भवनमा ४ वटा मात्रै कोठा रहेको बताए । ‘हामीलाई सबैभन्दा बढी समस्या भनेको बासको हो,’ उनले भने, ‘कार्यालय भएको कोठामा पनि हामीले ४ जना सुताउनुपर्ने बाध्यता रहेको छ ।’
उनले १ कोठामा भान्सा र अन्य ३ कोठामा आफूहरू सुत्ने गरेको बताए । ‘हामी बस्ने कोठाको भाडा लेकबेसी नगरपालिकाले तिर्दै आएको छ,’ उनले भने, ‘अलि राम्रो भवन भइदिएको भए हामीलाई सेवा प्रवाह गर्न सहज हुने थियो ।’
इलाका प्रहरी कार्यालय क्षेत्रमा कसैलाई पक्राउ गरेपछि र आवश्यक छानबिन गर्नुपरेको खण्डमा सिधै जिल्ला प्रहरी कार्यालय सुर्खेतमा पठाउने गरिएको उनले बताए । ‘हामीसँग भौतिक पूर्वाधार नहुँदा सामान्य घटनाका आरोपीलाई पक्राउ गरेर आवश्यक छानबिन गर्न समेत गाह्रो भएको छ,’ उनले भने, ‘त्यसका लागि पनि हामीले जिल्ला नै गुहार्नुपर्छ ।’
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक (एसपी) बसन्त रजौरेले स्थापना गर्नेपर्ने भएका कारण इलाका प्रहरी कार्यालय स्थापना गरिएको बताए । उनका अनुसार इलाका प्रहरी कार्यालयमा आगामी वर्षबाट बजेट पनि आउने र इन्सपेक्टर कुनै कारण नआएको हुनसक्ने बताउँदै १–२ दिनभित्रै आफू उक्त क्षेत्रको अवलोकनमा जाने बताए ।
एसपी रजौरेले लेकबेसी क्षेत्रमा समस्या रहेको स्वीकार गरे । ‘त्यहाँ बस्न र सेवा प्रवाह गर्न अत्यन्तै समस्या छ । त्यहाँ केही घटना भइहाले हामीले जानैपर्ने बाध्यता छ,’ उनले भने, ‘अब त्यहाँ गएर नगरपालिकासँग छलफल गरेर जग्गा प्राप्त भएको खण्डमा विभागसँग भवनका लागि बजेट माग गर्ने मेरो तयारी छ ।’
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...
काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...
संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...
प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...
यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...