परिवारका आठ सदस्यको हत्या गरेर फरक फरक घरमा फ्याँकियो शव

कात्तिक २८, २०७५

काठमाडौं — अमेरिकाको ओहायोमा खतरनाक अपराधको घटना सार्वजनिक भएको छ । 

पाइक काउन्टीमा बस्ने एक परिवारका चार सदस्यहरूलाई सन् २०१६ मा आठ मानिसको हत्या गरेको आरोपमा पक्राउ गरिएको थियो । 

स्थानीय मिडियाका अनुसार, आरोपितहरू जर्ज बिली वाग्नर, एन्जेला वाग्नर, जर्ज वाग्नर र एडवर्ड ज्याक वाग्नरले सन् २०१६ को अप्रिल २२ मा यो हत्या गरेका थिए । 

उनीहरूले रोडेन परिवारका आठजनाको हत्या गरेका हुन् । सबैको टाउकोमा गोली हानेर लाश चार फरक फरक घरमा फ्याँकिएको हो । 

अनुसन्धान अधिकारीहरूका अनुसार, हत्या हुँदा पीडितहरू सुतिरहेका थिए । 

महान्यायाधिवक्ता माइक डिभाइनले भने, ‘आरोपितहरूले योजना बनाएरै यो हत्या गरेका थिए । मारिने हान्नाह रोडेनको नवजात शिशु आफ्नी आमाको लाशनजिक जिउँदै भेटिएका थिए ।’ 

काउन्टीका प्रहरी अधिकारी चार्ल्स रीडरले आफ्नो कार्यकालमा यति वीभत्स घटना कहिल्यै नदेखेको बताए । हत्याको कारण अहिलेसम्म खुलेको छैन ।

एजेन्सी
 


ADVERTISEMENT

कात्तिक २८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस