×

NMB BANK
NIC ASIA

पत्रकार स्वास्थ्य बीमामा सहभागी हुन मन्त्री भण्डारीको आग्रह

कात्तिक २८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत – कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले सरकारले ल्याउन लागेको पत्रकार स्वास्थ्य बीमामा सहभागी हुन कर्णालीका समस्त पत्रकारलाई आग्रह गरेका छन् ।

Muktinath Bank

केही समयमा नै कार्यविधि टुंग्याइने जानकारी दिँदै उनले प्रदेश सरकार सधैं प्रेसमैत्री हुने बताए । ‘पत्रकारविरुद्ध हुने अपराधको दण्डहिनता सम्बन्धी अन्तर्राष्ट्रिय दिवसको अवसरमा बुधबार सुर्खेतमा आयोजित ‘सुरक्षित पत्रकारिताका लागि दण्डहिनताको अन्त्य’ विषयक कार्यक्रममा मन्त्री भण्डारीले भ्रष्टाचार गरिएका समाचार र विकासमैत्री खोजमूलक समाचार लेख्न पत्रकारलाई आग्रह गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हो हामीलाई थाहा छ । हजुरले भ्रष्टाचार, ढिलासुस्तीजस्ता कार्यविरुद्धको समाचार लेखेको खण्डमा तपाईलाई असुरक्षा हुनसक्छ । जुनसुकै बेला आक्रमण पनि हुन सक्छ,’ मन्त्री भण्डारीले भने, ‘तर पनि त्यस्ता कुनैपनि चुनौतीको पर्वाह नगरी निर्भिकतापूर्वक आफ्नो दायित्व पूरा गर्नुहोस् । तपाईको आवश्यक सुरक्षाका लागि सरकार तयार छ ।’


Advertisment
Nabil box
Kumari

ज्यानको पर्वाह नगरी देश र जनताको पक्षमा, समाज रुपान्तरणको पक्षमा लाग्ने पत्रकारलाई जस्तोसुकै सुरक्षा दिन पनि सरकार तयार रहेको उनले बताए । ‘पत्रकारहरूको सकारात्मक परिवर्तनको अपेक्षाका कारण देशमा व्यवस्था बदलिएको छ,’ उनले भने, ‘युद्ध चलिरहेको बेला बम र गोलीको पर्वाह नगरी दायित्व पूरा गर्ने वीर पत्रकारप्रति गहिरो सम्मान छ ।’ कर्णाली प्रदेश सरकार पत्रकारमाथि हुने दण्डहिनता अन्त्यको लागि तयार रहेको उनले बताए ।

Vianet communication
Laxmi Bank

कार्यक्रममा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका उपाध्यक्ष डम्मर आचार्यले खोजी रिपोर्टिङ गर्दा पत्रकारहरू जोखिममा रहेको भन्दै पत्रकारको सुरक्षाको लागि राज्यले ध्यान दिनुपर्ने बताइन् । नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष गणेशकञ्चन भारतीले पत्रकारमाथि हुने दण्डहिनता अन्त्यको लागि कर्णाली सरकार पहल गर्नुपर्ने बताए ।

कार्यक्रममा प्रदेश प्रहरी कार्यालयका एसएसपी मोहन आचार्य, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक शंकर श्रेष्ठ, वीरेन्द्रनगर नगरपालिकाका उपमेयर मोहनमाया ढकाल लगायतको सहभागिता थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x