कात्तिक २८, २०८०
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
काठमाडौँ– मुलुकको प्रमुख प्रशासनिक भवन सिंहदरबारको उत्तर, पूर्व र दक्षिण भागको प्रबलीकरण ( रेट्रोफिट) एक वर्षमा सम्पन्न हुने भएको छ ।
विसं २०३० असार ३० गते आगलागी हुँदा सिंहदरबारको उत्तर, पूर्व र दक्षिण भागमा क्षति पुगेको थियो । तत्कालीन राजा वीरेन्द्रले बम विष्फोट गर्न लगाई पश्चिम भाग बचाइएको थियो । तीन वर्ष अघिको भूकम्पले दरबारका चारै भागमा क्षति पुग्यो । दरबारको उत्तर, पूर्व र दक्षिण गरी तीन भागको प्रबलीकरण शुरु भएको छ महीना पुगेपछि बल्ल पश्चिम भाग पनि प्रबलीकरण गर्न सकिने टुङ्गो लागेको छ ।
‘न्यू क्लासिकल ब्रिटिश’ शैलीमा बनेको सिंहदरबारमा चार तला छ । आगलागी अघि सात चोक रहेकामा पुनःनिर्माण हुँदा एउटा चोकमात्र राखिएको थियो । शर्मा एण्ड न्यु टेक्निकल जेभीले प्रबलीकरण शुुरु गरेको छ महीना पुगेको छ । प्रबलीकरणका लागि गत जेठ २० गते सम्झौता भई केही दिनमै काम शुरु भएको हो । प्रबलीकरण भइरहेको दरबारमा प्राधिकरणकै कार्यालय छ ।
भूकम्पअघि राखिएका कार्यालयका सामग्री पनि कोठामा थुनिएकाले काममा समस्या भएको केन्द्रीय आयोजना कार्यान्वयन एकाई (भवन) ले जनाएको छ । तीन भागलाई भित्रबाट छड राखी ‘जाकेटिङ’ गरिने केन्द्रीय आयोजना कार्यान्वयन एकाई (भवन) का आयोजना निर्देशक नवराज प्याकुरेलले राससलाई जानकारी दिनुभयो । बाहिरी भागमा मौलिक बुट्टा कुँदिएकाले पहिलेकै अवस्थामा छोडिने छ ।
सिंहदरबारको पश्चिम भागलाई पनि प्रबलीकरण गर्न सकिने प्रारम्भिक प्रतिवेदन आएपनि थप के के गर्ने भन्नेबारे अध्ययन जारी रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।
विसं २०७२ वैशाख १२ गतेको भूकम्पले बढी क्षति पुगेको पश्चिमी भागलाई भत्काएर बनाउने कि प्रबलीकरण गर्ने भन्ने तीन वर्षसम्म अस्पष्ट थियो । त्यसको अध्ययन गर्न इन्फ्रास्टक्चर इन्जिनियरिङ्ग रिसर्च एण्ड कन्सलट्यान्ट प्रालिलाई जिम्मा दिइएको प्राधिकरणका सहसचिव राजुमान मानन्धरले बताउनुभयो ।
परामर्शदाता कम्पनीले २० दिनभित्र विस्तृत प्रतिवेदन बुझाउने उहाँले सुनाउनुभयो । पश्चिमी भाग बनाउन कति लागत लाग्छ भन्ने विषयमा हाल कम्पनीले अध्ययन जारी राखेको जनाइएको छ । विस्तृत प्रतिवेदन आएपछि प्रबलीकरणका लागि टेण्डर आह्वान लगायत काम शुरु हुने प्राधिकरणले जनाएको छ ।
सिंहदरबारको पश्चिम खण्ड राणा प्रधानमन्त्री चन्द्रशम्शेर जबराको पालामा निर्माण भएको हो । यो विसं २०३० को आगलागीबाट बचेको मौलिक भाग हो । उक्त आगलागीबाट उत्तर, पूर्व र दक्षिण भाग जलेर नष्ट भएको थियो । जसको पछि पुनःनिर्माण गरियो ।
उत्तर, पूर्व र दक्षिण भाग प्रबलीकरणका लागि रु २१ करोड ४९ लाख ६८ हजार ०५३ को लागतमा सम्झौता भई काम शुरु भएको हो । प्रबलीकरण २०७६ कात्तिक १९ गतेसम्म सम्पन्न गर्ने निर्माण व्यवसायीसँग सम्झौता भएको छ ।
–पूर्णप्रसाद मिश्र
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...