×

NMB BANK
NIC ASIA

सुविधासम्पन्न पर्यटक बसको नाममा भाडा उठाएर थोत्रो बसमा यात्रा गराएर ठगी

कात्तिक २८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ– सुविधासम्पन्न पर्यटक बसको महङ्गो भाडा लिएर साधारण बसमा यात्रा गराउने पोखराको शुभ अधिकारी ट्राभल्सलाई कारवाही गर्न महानगरीय ट्राफिक प्रहरीले यातायात व्यवस्था विभागमा सिफारिश गरेको छ । 

Muktinath Bank

पोखराबाट काठमाडौँको यात्रामा २१८ नंको टुरिष्ट बसमा यात्रा गराउने भनी जनही रु ७०० भाडा लिएको शुभ अधिकारी ट्राभल्सले रु ५०० भाडा लिने गरेको ७२४९ नंको साधारण बसमा यात्रा गराई ठगेपछि यात्रुले प्रहरीमा उजुरी गरेपछि कारवाही गराइएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चौतीस जना यात्रुलाई ठगेकाले ती दुईवटै बसलाई नियन्त्रणमा लिई महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा राखेर कारवाही गरिएको महाशाखा प्रमुख वसन्तकुमार पन्तले जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

गैरपर्यटक बसमा समेत टुरिष्ट लेखेर झुक्याउने गरेको गुनासो आइरहेको प्रहरी वरिष्ठ उपरीक्षक पन्तले बताए । 
 बढी भाडा लिने बसलाई यातायात व्यवस्था विभागले रु तीनदेखि रु पाँच हजारसम्म जरिवाना गर्नसक्ने व्यवस्था रहेको महाशाखा प्रमुख पन्तले उल्लेख गरे । 

Vianet communication
Laxmi Bank

उनले ठगी गर्ने बसका बारेमा प्रहरी वा ट्राफिक प्रहरीलाई खबर गरेमा कारवाही हुने भएकाले उजुरी गर्न सर्वसाधारणलाई आह्वान गरेका छन् । 
 यसअघि यही कात्तिक ७ गते पनि शुभ अधिकारी ट्राभल्सले पर्यटक बस भनी जनही रु ७०० भाडा लिएकामा जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले १५ जना यात्रुको भाडा फिर्ता गराउनुका साथै रु एक हजार ५०० जरिवाना गरेको थियो । 

पर्यटक बसको नम्बर हरियो प्लेटमा र गैरपर्यटक बसको नम्बर कालो प्लेटमा रहे पनि हतारमा रहेका यात्रुलाई झुक्याउन टुरिष्ट जनाउने गरी लेख्ने गरेकाले सोसमेत हटाउन लागिएको ट्राफिक प्रहरीले जनाएको छ । 

पोखरा रुटमा सरकारले तोकेको हालको भाडा दर रु ४२८ रहेको छ भने डिलक्स सुविधा रहेको भनी प्रमाणित गरिएका बसले २० प्रतिशत मात्रै थपेर लिन पाउने गरी तोकिएको देशभरको भाडा दर यातायात व्यवस्था विभागको वेबसाइटमा राखिएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x